नेपालले साढे २ अर्ब तिनुपर्ने ,हातहतियारको रकम मिनाहा गर्न, मानेन भारतले

Shikharkhabar Shikharkhabar
|
आइतबार, भाद्र ११, २०७४
|
|
३८ पटक हेरिएको
Shares
नेपालले साढे २ अर्ब तिनुपर्ने ,हातहतियारको रकम मिनाहा गर्न, मानेन भारतले

सारांश

  • ११ भदौ, काठमाडौं ।
  • भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीबार नेपाली समकक्षी शेरबहादुर देउवासँग भारत र नेपालका सेनाबीच सहकार्य थप सुदृढ गर्नुपर्ने प्रस्ताव गरे ।
  • भारत र चीनबीच दोक्लामका विषयमा चुलिएको विवादमाझ मोदीको प्रस्ताव अर्थपूर्ण थियो ।

११ भदौ, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीबार नेपाली समकक्षी शेरबहादुर देउवासँग भारत र नेपालका सेनाबीच सहकार्य थप सुदृढ गर्नुपर्ने प्रस्ताव गरे ।

भारत र चीनबीच दोक्लामका विषयमा चुलिएको विवादमाझ मोदीको प्रस्ताव अर्थपूर्ण थियो । प्रधानमन्त्री देउवाले नेपालले हतियार खरिद गरेबापत तिर्नुपर्ने रकम मिनाहाका लागि प्रस्ताव गरे । तर, मोदीले स्पष्ट जवाफ दिएनन् । भारतले यो प्रस्ताव स्वीकार नगरेको अर्थमा नेपालले बुझेको छ ।हैदरावाद हशाउसमा दुवै पक्षका १८–१८ जना अधिकारी सहभागी औपचारिक वार्तामा देउवाले प्रस्ताव गरे – नेपाली सेनाले सन् २००६ यता हतियार र सैन्य सामग्री किनेबापत अहिलेसम्म तिर्नुपर्ने २ अर्ब ४६ करोड ८० लाख रुपैयाँ मिनाहा गरिदिनुस् ।’ तर मोदीले मिनाहा गर्न मानेनन् । देउवाले मिनाहाको आग्रह गर्दा मोदीले ‘रक्षा सहकार्य गरौं’ भन्ने अर्थपूर्ण जवाफ मात्रै दिए ।आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

(Alprazolam)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?