शेरबहादुर देउवाको दशाग्रह विग्रदा चुनाव हारियो : रामचन्द्र पौडेल

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, माघ ५, २०७४
|
|
१९ पटक हेरिएको
Shares
शेरबहादुर देउवाको दशाग्रह विग्रदा चुनाव हारियो : रामचन्द्र पौडेल

सारांश

  • काठमाडौं, ४ माघ।
  • नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा दशाग्रह विग्रेको कारण पार्टी चुनावमा पराजित भएको बताएका छन्।
  • प्रतिनिधि र प्रदेशसभा निर्वाचनपछि बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको केन्द्रीय समितिको बैठकमा सदस्यहरु प्रधानमन्त्रीसमेत रहेका सभापति देउवामाथि पौडेलले व्याङ्ग गर्दै खनिएका थिए।

काठमाडौं, ४ माघ। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा दशाग्रह विग्रेको कारण पार्टी चुनावमा पराजित भएको बताएका छन्।

प्रतिनिधि र प्रदेशसभा निर्वाचनपछि बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको केन्द्रीय समितिको बैठकमा सदस्यहरु प्रधानमन्त्रीसमेत रहेका सभापति देउवामाथि पौडेलले व्याङ्ग गर्दै खनिएका थिए।

नेतृत्वकै कारण जनतामा सकारात्मक प्रभाव पर्न नसकेको जनाउँदै नेता रामचन्द्र पौडेलले देउवाले सरकारको नेतृत्व गरेपिच्छे पार्टीलाई क्षतिमात्र पुगेको आरोप लगाए । ‘ज्योतिषीले सभापतिजीलाई सातपटक प्रधानमन्त्री बन्नुहुन्छ भनेका छन् क्यारे तर, उहाँले सरकारको नेतृत्व गर्दा पार्टीलाई फाइदा होइन सधै घाटा भइरहेको छ,’ पौडेलले बैठकमा भने, ‘सभापतिको ग्रहदशा बिग्रेका कारण निर्वाचनमा पराजय भोग्नुपरेको हो । यसको सम्पूर्ण जिम्मेवारी उहाँले नै लिनुपर्छ ।’

त्यसको जबाफमा सभापति देउवाले भने, ‘पौडेलजी, मेरो ग्रहदशा बिग्रेर तपाईंले चुनाव हार्नुभएको हो?’

संसद्को दोस्रो र तेस्रो दल चुनावी तालमेल गरेर जाने तयारीको नेतृत्वले सुइँको पनि नपाएको र त्यसपछि चुनावी रणनीति बनाउन नसकेको सदस्यहरुको गुनासो छ । निर्वाचनका क्रममा नयाँ र पुराना मतदातालाई आकर्षण र भरोसा जगाउने खालका कुनै पनि कार्यक्रम दिन नसकेको भन्दै उनीहरुले पार्टीले विगतमा पुर्‍याएको योगदानसमेत चर्चा गर्न नसकेको धारणा राखेका थिए।

प्रदेश तथा प्रतिनिधिसभा चुनावपछि भएको पहिलो केन्द्रीय समिति बैठकमा शुक्रबार पनि जारी रहने छ।

(Klonopin)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?