पत्रकारलाइ विपद् व्यवस्थापन तालीम

Shikharkhabar Shikharkhabar
|
बिहिबार, फाल्गुन १६, २०७५
|
|
२० पटक हेरिएको
Shares
पत्रकारलाइ विपद् व्यवस्थापन तालीम

सारांश

  • रुपन्देही, १६ फागुन , विपद्को जोखिम न्यूनीकरणका लागि पत्रकारहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको प्रदेशस्तरीय तालीम आज समापन भएको छ ।
  • विपद् व्यवस्थापन, जोखिम न्यूनीकरण, प्रकोपको पूर्वतयारी विषयमा पत्रकारको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले सिडिएम नेपाल र कारितास नेपालको सहयोगमा नेपाल पत्रकार महासङ्घ, प्रदेश नं ५ ले तीनदिने ‘विपद् जोखिम न्यूनीकरण तथा मानवीय प्रतिकार्यका लागि पत्रकारहरुको क्षमता अभिवृद्धि’ तालीम आयोजना गरेको थियो ।
  • तालीम समापन कार्यक्रममा अग्रज पत्रकार शेरबहादुर केसीले प्रकोप तथा विपद् व्यवस्थापन सम्बन्धमा पत्रकारहरुका समाचार कम आउने गरेकाले अबका दिनमा सचेतनाका लागि खोजमूलक समाचार प्रसारण र प्रकाशनमा मिडियाले ध्यान दिनुपर्ने धारणा राख्नुभयो ।

रुपन्देही, १६ फागुन , विपद्को जोखिम न्यूनीकरणका लागि पत्रकारहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको प्रदेशस्तरीय तालीम आज समापन भएको छ ।

विपद् व्यवस्थापन, जोखिम न्यूनीकरण, प्रकोपको पूर्वतयारी विषयमा पत्रकारको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले सिडिएम नेपाल र कारितास नेपालको सहयोगमा नेपाल पत्रकार महासङ्घ, प्रदेश नं ५ ले तीनदिने ‘विपद् जोखिम न्यूनीकरण तथा मानवीय प्रतिकार्यका लागि पत्रकारहरुको क्षमता अभिवृद्धि’ तालीम आयोजना गरेको थियो ।

तालीम समापन कार्यक्रममा अग्रज पत्रकार शेरबहादुर केसीले प्रकोप तथा विपद् व्यवस्थापन सम्बन्धमा पत्रकारहरुका समाचार कम आउने गरेकाले अबका दिनमा सचेतनाका लागि खोजमूलक समाचार प्रसारण र प्रकाशनमा मिडियाले ध्यान दिनुपर्ने धारणा राख्नुभयो ।

महासङ्घ प्रदेश ५ का कावा अध्यक्ष भरत केसीले तालीमपछि विपद् व्यवस्थापन र जोखिम न्यूनीकरण सम्बन्धमा सहभागीको बुझाइ स्पष्ट भएको बताउँदै त्यसले समाचार सङ्कलनमा सहयोग पुग्ने बताउनुभयो ।

कार्यक्रममा महासङ्घ, रुपन्देहीका अध्यक्ष यानेन्द्र जिसी, पत्रकार भवानी पाण्डे लगायतले विपद् व्यवस्थापनका लागि तीनै तहका सरकारका योजना र कार्यक्रमबारे पत्रकारले खोजी गर्नुपर्ने बताउनुभयो । बुटवलमा चलेको तालीममा प्रदेश नं ५ का २५ जना पत्रकारको सहभागिता रहेको थियो । तालीममा नेपाल पत्रकार महासङ्घका उपाध्यक्ष विपुल पोखरेल, विपद् विशेषज्ञ रामनाथ ओझा लगायतले सहजीकरण गर्नुभएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?