साझेदारीमा बिजनेस नगर्नुस्-अलिबाबा का ceo ज्याक मा

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, माघ ११, २०७५
|
|
२१ पटक हेरिएको
Shares
साझेदारीमा बिजनेस नगर्नुस्-अलिबाबा का ceo ज्याक मा

सारांश

  • काठमाडौं ।
  • स्वीटजरल्याण्डको डाबोसमा विश्व आर्थिक मञ्चको ४९ औं बैठक जारी छ, जसमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले पनि भाग लिएका छन् ।
  • त्यही बैठकमा सहभागी छन् चीनको ई-कमर्स कम्पनी  अलीबाबाका कार्यकारी अध्यक्ष ज्याक मा पनि ।

काठमाडौं । स्वीटजरल्याण्डको डाबोसमा विश्व आर्थिक मञ्चको ४९ औं बैठक जारी छ, जसमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले पनि भाग लिएका छन् । त्यही बैठकमा सहभागी छन् चीनको ई-कमर्स कम्पनी 

अलीबाबाका कार्यकारी अध्यक्ष ज्याक मा पनि । चिनियाँ नागरिक ज्याक मा एसियाकै धनाड्य व्यक्ति हुन् । उनले आफ्नो सफलताको सूत्रबारे डाबोस बैठकमा जानकारी दिएका छन् ।

उनले भने, ‘यदि बिजनेसमा दबावको डर छ भने तपाईंलाई बिजेनसम्यान बन्ने हक छैन । त्यसको सट्टा तपाईंलाई जागीर नै ठीक छ ।’

बैठकमा सहभागीले ज्याक मालाई कस्ता व्यक्तिलाई तपाईंले जागीर दिनुहुन्छ भनेर सोधेका थिए । उक्त प्रश्नको जवाफमा उनले भने- म त्यो व्यक्तिलाई जागीर दिन्छु जो मभन्दा बढी स्मार्ट होस् र आगामी चार-पाँच वर्षभित्रै मेरो बोस बन्न सक्ने क्षमताको होस् । म यस्ता व्यक्तिलाई लिन चाहान्छु जसले सकारात्मक सोच राख्छ र कहिल्यै हार मान्दैन ।’

ज्याक मा भविष्यमा अफ्रिकाको समुन्नतीमा आशावादी देखिए । उनले भने, ‘म केन्या र नामिबिया जस्ता देश घुमिसकेको छु । ति देश मलाई यस्तो लाग्यो जस्तो २० वर्ष अगाडि चीन थियो ।’

२० वर्षको अवधिमा अलीबाबालाई सफलताको सिँढी चढाउने क्रममा डर या सन्देहको सामना गर्नु पर्‍यो कि परेन भन्ने अर्को जिज्ञासामा उनले भने, ‘भविष्यमा कोही पनि विशेषज्ञ रहँदैन । विज्ञता भूतकालको कुरा बन्छ ।’

केही बदल्न सक्नुहुन्न भने आफै बदलिनुस्

डाबोस बैठकमा सहभागीहरुलाई उनले आफ्ना बच्चाहरुलाई रचनात्मक सोचयुक्त बनाउन पनि सुझाव दिए । बच्चाहरुलाई यस्तो काम गर्न प्रेरित गर्नुपर्छ जुन मेशिनले गर्न सक्दैन ।  मेशिनमा चिप हुनेछ, तर मानिसमा मुटु । शिक्षालाई यही दिशामा बढाउनुपर्छ ।’

ज्याक मा भन्छन्- म २० वर्ष यसकारण टिकिरहें किनकी म शिक्षक थिएँ । तपाईं सधैं चाहानुहन्छ कि तपाईंको विद्यार्थी तपाईंभन्दा राम्रो होस् । पहिलो नियम- मानिसहरुलाई तपाईं भन्दा राम्रो बनाउन सहयोग गर्नुस् । र, दोस्रो नियम- यदि तपाईंले केही पनि परिवर्तन गर्न सक्नु हुँदैन भने आफै बदलिनुस् ।

ज्याक माले उद्यमीहरुलाई साझेदारीमा व्यापार विजनेस नगर्न पनि सल्लाह दिएका छन् । उनले भने- आफ्ना साथीहरुसँग मिलेर ब्यापार बिजनेस नगर्नुस् किनभने मित्रता व्यापार बिजनेसभन्दा मूल्यवान हुन्छ ।’

उनले प्रकृतिअनुसार चल्न पनि सुझाव दिएका छन् । ज्याक मा भन्छन्- प्रविधि मानिसका लागि जरुरी छ भन्ने कुरा म मान्दछु । तर गलत कामका लागि प्राविधिको प्रयोग गर्नु हुँदैन । प्रविधि पर्यावरणलाई राम्रो बनाउनका लागि प्रयोग गर्नुपर्दछ ।

तपाईंले आफूलाई यही पृथ्वीको मानिस भन्नुहुन्छ र यही पृथ्वीको गर्भबाट कोइला र तेल निकालेर जलाइरहनु भएको छ । यसको बदला एक दिन पृथ्वीले अवश्य लिने छ ।

Sent from Gmail Mobile using iphone 6 plus !

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?