आइसक्रिम चाट्दा ३० दिन जेल

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, फाल्गुन २३, २०७६
|
|
४० पटक हेरिएको
Shares
आइसक्रिम चाट्दा ३० दिन जेल

सारांश

  • टेक्सास, फागुन २३ ।
  • अमेरिकाको टेक्ससमा एउटा वालमार्ट सुपरमार्केटमा बेच्न राखिएको आइसक्रिम चाट्दै गरेको भिडिओ सामाजिक सञ्जालमा हाल्ने एक व्यक्तिलाई ३० दिन जेल सजाय सुनाइएको छ।
  • सो भिडिओ २४ वर्षीय डीुएड्रियन एन्डरसनले सन् २०१९को अगस्ट महिनामा सामाजिक सञ्जालमा हालेका थिए।

टेक्सास, फागुन २३ । अमेरिकाको टेक्ससमा एउटा वालमार्ट सुपरमार्केटमा बेच्न राखिएको आइसक्रिम चाट्दै गरेको भिडिओ सामाजिक सञ्जालमा हाल्ने एक व्यक्तिलाई ३० दिन जेल सजाय सुनाइएको छ।

सो भिडिओ २४ वर्षीय डीुएड्रियन एन्डरसनले सन् २०१९को अगस्ट महिनामा सामाजिक सञ्जालमा हालेका थिए।भिडिओमा उनले आइसक्रिम चाटेर फ्रिजमा फिर्ता राखेको देखिन्छ।

पसलको सीसीटीभी क्यामरामा भने उनले भिडिओ खिचिसकेपछि सो आइसक्रिम झिकेर किनेको देखिन्छ।उनलाई अदालतले छ महिनाको निलम्बित जेल सजाय, १०० घन्टाको ज्याला नपाउने काम, १,००० अमेरिकी डलर जरिबाना र आइसक्रिम कम्पनीलाई १,५६५ डलर तिर्नुपर्ने आदेश सुनाएको हो।

अमेरिकी टीभी एबीसीका अनुसार एन्डरसन र उनका बाबुले प्रहरीलाई सो आइसक्रिम किनेको बिल देखाएका थिए।तर भिडिओ सार्वजनिक भएपछि आइसक्रिम कम्पनी ब्लू बेल क्रिमरीज्‌ले सो फ्रिजको सबै आइसक्रिम फेरेको थियो।बीबीसीका अनुसार एन्डरसनले अदालतमा आफूबाट गल्ती भएको स्वीकारेका थिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?