पत्रकार सम्मेलन सकेर प्रहरीचाैकि पुगे यि नेता !
सारांश
- काठमाडाै, २५ वैशाख ।
- नेकपा निकट अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङ्घका अध्यक्षसहित १२ जनलाई प्रहरीले पक्राउ गरेको छ ।
- काठमाडौंको संवाद डबलीमा मंगलबार आयोजित पत्रकार सम्मेलन गरी बाहिरिने क्रममा महासंघका अध्यक्ष अमर झाँक्रीसहित १२ जनालाई प्रहरीले गिरफ्तार गरेको हो ।
काठमाडाै, २५ वैशाख । नेकपा निकट अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङ्घका अध्यक्षसहित १२ जनलाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौंको संवाद डबलीमा मंगलबार आयोजित पत्रकार सम्मेलन गरी बाहिरिने क्रममा महासंघका अध्यक्ष अमर झाँक्रीसहित १२ जनालाई प्रहरीले गिरफ्तार गरेको हो ।
पक्राउ पर्नेमा महासंघका केन्द्रीय महासचिव गोकुल दाहाल, सचिव देव परियार, केन्द्रीय सदस्यहरु शिशिर थापा, एलवि बुढाथोकी, टेक प्रधान, हरिचन्द्र खड्का, भिम अधिकारी, केशवबहादुर बुढा, विनोद सिर्पाइली, शिव परियार र नितु शाह रहेका छन्।
पक्राउ पर्ने सबैलाई सिंहदरबार वृतमा राखिएको जनाइएको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया