सिकिस्त विरामी लिन घर पुग्यो डाक्टरको टोली, एम्बुलेन्स लिएर महिला फरार
सारांश
- एजेन्सी ।
- यो संसारमा मानिहरुले के–केसम्म गर्न सक्छन् भन्ने विषयमा हामीले तपाइँहरुलाई जानकारी दिँदै आएका छौं ।
- रोचक तथा समाजको ध्यान पुग्न नसकेका यस्ता घटनाले मानिसलाई सचेत हुने अवसर पनि दिन्छ ।
एजेन्सी । यो संसारमा मानिहरुले के–केसम्म गर्न सक्छन् भन्ने विषयमा हामीले तपाइँहरुलाई जानकारी दिँदै आएका छौं । रोचक तथा समाजको ध्यान पुग्न नसकेका यस्ता घटनाले मानिसलाई सचेत हुने अवसर पनि दिन्छ । आज हामी तपाइँलाई यस्तै विषयमा एउटा रोचक जानकारी दिन गइरहेका छौं ।
अमेरिकाको ओरेगन राज्यमा एक अचम्ममा पार्ने घटना सार्वजनिक भएको छ । ३७ वर्षीया एक महिला त्यतिबेला एम्बुलेन्स लिएर भागिन् जतिबेला एम्बुलेन्स आपतकालीन अवस्थामा एक विरामी लिन गइरहेको थियो । महिलाले एम्बुलेन्स लिएर भागेको सूचना प्रहरीलाई दिएपछि प्रहरीले करिव ४० किलोमिटर टाढा पुगेर महिलालाई पक्राउ गरेको छ ।
एम्बुलेन्स आपतकालीन अवस्थामा एक विरामी लिन उनको घर पुगेको थियो । मेडिकल टिम घरभित्र विरामीलाई अस्पताल पुराउने बेलासम्मका लागि सीपीआर दिइरहेका थिए । यही क्रममा वुड नाम गरेकी महिला त्यहाँ पुगिन् र एम्बुलेन्स लिएर भागिन् । एम्बुलेन्स नदेखेपछि मेडिकल टिम आत्तियो । किनभने उनीहरु आपतकालीन अवस्थामा विरामी लिन गएका थिए । उनीहरुले एम्बुलेन्स हराएको सूचना तत्काल प्रहरीलाई दिए । प्रहरीले करिव ४० किलोमिटरसम्म ती महिलाको पिछा गर्यो तर उनी रोकिएनन् । अन्तिममा प्रहरीले एम्बुलेन्सको टायर पंचर गरिदियो । त्यसपछि उनले एम्बुलेन्स रोकिन् । र, प्रहरीले उनलाई घेरा हालेर हिरासतमा लियो ।
प्रहरीले ती महिलालाई एम्बुलेन्स लिएर फरार हुनुको कारण सोध्दा उनले आफ्नो गल्तीसमेत स्वीकार गरिनन् । उनले मेडिकल टिमलाई दोष दिँदै उनीहरुले एम्बुलेन्स खुला छोड्न नहुने बताइन् । उनले आफूलाई कुशल चालक भएको बताउँदै एम्बुलेन्समा कुनै क्षति नभएको बताइन् ।
आरोपी महिलालाई कानुन तोडेको अभियोगमा यसअघि पनि धेरे उजुरी परेका थिए । अहिले पनि यी महिलाले एम्बुलेन्स भगाएको आरोपमा सजाय भोग्नु पर्ने भएको छ ।
प्रतिक्रिया