पदमा बस्नेका सम्पत्ति छानबिन गर्न आयोग गठन माग

Shikharkhabar Shikharkhabar
|
सोमबार, मंसिर २४, २०७५
|
|
३१ पटक हेरिएको
Shares
पदमा बस्नेका सम्पत्ति छानबिन गर्न आयोग गठन माग

सारांश

  • काठमाडौं ।
  • भ्रष्टाचारविरूद्ध ऐक्यबद्ध नागरिक समाजले सार्वजनिक पदधारण गर्ने व्यक्तिहरूका सम्पत्ति छानबिनका लागि ‘उच्चस्तरीय सम्पत्ति छानबिन आयोग’ गठन गर्न माग गरेको छ ।
  • भ्रष्टाचारविरुद्ध प्रदेश र स्थानीय तह अनुकूल संरचना निर्माण, कार्यान्वयन, मन्त्रालयस्तरबाटै गर्नुपर्ने ठेक्कापट्टासम्बन्धी निर्णय मन्त्रिपरिषद्बाट हुने परिपाटी अन्त्यलगायतका माग विषयमा समाजले ध्यानाकर्ण गराएको हो ।

काठमाडौं । भ्रष्टाचारविरूद्ध ऐक्यबद्ध नागरिक समाजले सार्वजनिक पदधारण गर्ने व्यक्तिहरूका सम्पत्ति छानबिनका लागि ‘उच्चस्तरीय सम्पत्ति छानबिन आयोग’ गठन गर्न माग गरेको छ ।

भ्रष्टाचारविरुद्ध प्रदेश र स्थानीय तह अनुकूल संरचना निर्माण, कार्यान्वयन, मन्त्रालयस्तरबाटै गर्नुपर्ने ठेक्कापट्टासम्बन्धी निर्णय मन्त्रिपरिषद्बाट हुने परिपाटी अन्त्यलगायतका माग विषयमा समाजले ध्यानाकर्ण गराएको हो ।

भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा समाजले प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख कृष्णबहादुर महरा र संसद्को राज्य व्यवस्था तथा सुशासन समितिका सभापति शशी श्रेष्ठलाई भेटी माग गरेको हो ।

समाजले प्रधानमन्त्री ओलीलाई ज्ञापनपत्र बुझाउँदै भ्रष्टाचार नियन्त्रणका लागि स्थापना भएका संयन्त्रहरु छरिएर रहेकाले विभिन्न अध्ययन प्रतिवेदनको सिफारिसका आधारमा काम गर्न सक्ने र परिणाम दिन सक्ने गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई सशक्त बनाउन माग गरेको छ ।

नागरिकस्तरबाट गरिएको यस पहललाई प्रधानमन्त्री ओली र सभामुख महराले सकारात्मक रुपमा लिएर आगामी दिनमा अगाडि बढ्ने प्रतिबद्धता जनाएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एमाले अध्यक्ष अोली झापा क्षेत्र नं ५ बाट सिफारिस
एमाले अध्यक्ष अोली झापा क्षेत्र नं ५ बाट सिफारिस
राप्रपाका अध्यक्ष कमल थापाले किन गरे गुन्यूचोलीका कुरा ?
राप्रपाका अध्यक्ष कमल थापाले किन गरे गुन्यूचोलीका कुरा ?
किन आत्महत्या ‘छक्का पञ्जा’ पाइरेसीमा संलग्न युवाले(भिडियो सहित)
मोटरसाइकलमा पछाडि बस्नेले पनि हेलमेट लाउनु पर्ने
मोटरसाइकलमा पछाडि बस्नेले पनि हेलमेट लाउनु पर्ने
गायिका विष्णु माझीलाई श्रीमानले किन बन्धक बनाए ?
गायिका विष्णु माझीलाई श्रीमानले किन बन्धक बनाए ?
गीत, सङ्गीत र नृत्यको उत्पत्ति नेपालमै भएको हो : अध्यक्ष ओली
गीत, सङ्गीत र नृत्यको उत्पत्ति नेपालमै भएको हो : अध्यक्ष ओली
एनपिएल : हालसम्मको खेलमा मार्की खेलाडीको प्रदर्शन कस्तो रह्यो ?
एनपिएल : हालसम्मको खेलमा मार्की खेलाडीको प्रदर्शन कस्तो रह्यो ?
चिनियाँ प्राध्यापककाे नेपाललाइ प्रश्नः उत्तर कोरिया बन्ने कि अमेरिका, जापान?
चिनियाँ प्राध्यापककाे नेपाललाइ प्रश्नः उत्तर कोरिया बन्ने कि अमेरिका, जापान?
ह्वात्तै घट्यो डलरको भाउ, कति छ अन्य विदेशी मुद्राको विनिमय दर?
ह्वात्तै घट्यो डलरको भाउ, कति छ अन्य विदेशी मुद्राको विनिमय दर?
मन्त्री बास्कोटाले डा. केसीको अनसन तोडाउने जिम्मा ‘बोक्ने’हरुलाई दिए

तपाईंले छुटाउनुभयो कि?