डडेल्धुरामा निर्वाचित प्रतिनिधिद्वारा नै तालाबन्दी

Shikharkhabar Shikharkhabar
|
मंगलबार, मंसिर ५, २०७४
|
|
३६ पटक हेरिएको
Shares
डडेल्धुरामा निर्वाचित प्रतिनिधिद्वारा नै तालाबन्दी

सारांश

  • डडेल्धुराको अमरगढी नगरपालिका र भागेश्वर गाउँपालिकाको कार्यालयमा निर्वाचित जनप्रतिनिधिले नै तालाबन्दी गरेका छन् ।
  • अमरगढी नगरपालिका डडेल्धुराको कार्यालयमा पाँच वडाका वडाध्यक्षले पाँच दिन अघि तालाबन्दी गरेका हुन् भने भागेश्वर गाउँपालिमा सोमबार तालावन्दी गरिएको छ ।
  • कुल ११ वडा रहेको अमरगढी नगरपालिकाका पाँच जना वडाध्यक्ष र आठ जना कार्यपालिका सदस्यले विभिन्न माग राखी नगरपालिकाको प्रमुखको कार्यकक्ष, लेखा शाखा र कार्यकारी अधिकृतको कार्यालयमा तालबन्दी गरेका हुन् ।

डडेल्धुराको अमरगढी नगरपालिका र भागेश्वर गाउँपालिकाको कार्यालयमा निर्वाचित जनप्रतिनिधिले नै तालाबन्दी गरेका छन् ।

अमरगढी नगरपालिका डडेल्धुराको कार्यालयमा पाँच वडाका वडाध्यक्षले पाँच दिन अघि तालाबन्दी गरेका हुन् भने भागेश्वर गाउँपालिमा सोमबार तालावन्दी गरिएको छ ।

कुल ११ वडा रहेको अमरगढी नगरपालिकाका पाँच जना वडाध्यक्ष र आठ जना कार्यपालिका सदस्यले विभिन्न माग राखी नगरपालिकाको प्रमुखको कार्यकक्ष, लेखा शाखा र कार्यकारी अधिकृतको कार्यालयमा तालबन्दी गरेका हुन् ।

त्यस्तै भागेश्वर गाउँपालिकामा पाँच वडाध्यक्ष र गाउँपालिका सदस्यले सदरमुकाम र अन्य माग राखी तालाबन्दी गरेको बुझिएको छ ।

नगरवडाको वडा कार्यालयको स्थापना गरिनुपर्ने, अमरगढी नगरपालिकाको निर्माणाधीन भवन मापदण्ड विपरीत निर्माण भइरहेको र सो कार्य रोकिनपर्ने माग राखी तालाबन्दी गरिएको वडा नं ६ का अध्यक्ष गोविन्द भट्टले बताउनुभयो ।

आचारसंहिता लागू भएका समयमा नगरप्रमुखको एकल निर्णयमा मेयर कपको भलिबल खेलका लागि रु एक लाख ७५ हजार दिएको, ऐन कानून नबनाइकनै कार्यक्रम सञ्चालन गरिरहेकोलगायतका विषयलाई लिएर तालाबन्दी गर्नुपरेको अमरगढी नगरपालिका–३ का वडाध्यक्ष गोविन्द बोहराले जानकारी दिनुभयो ।

त्यस्तै कुनै जानकारी नदिई, गाउँपालिकाको बैठकमा छलफल नै नगरी राजनीतिक पूर्वाग्राही ढंगले गाउँपालिकामा तालाबन्दी गर्नुको अर्थ नहुने भागेश्वर गाउँपालिका प्रमुख कौशिला भट्टले बताउनुभयो ।

नगरपालिकामा काँग्रेसबाट चुनाव जितेका जनप्रतिनिधिले ताला लगाएका हुन् भने भागेश्वर गाउँपालिकामा एमालेबाट चुनाव जितेका वडाध्यक्षले ताला लगाएका छन् ।

नगरपालिकामा एमालेले प्रमुख र उपप्रमुख जितेको भए पनि वडा र कार्यपालिकामा काँग्रेसको बहुमत छ । भागेश्वर गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा काँग्रेसले जितेको भए पनि गाउँ कार्यपालिकामा एमालेको बहुमत छ ।

(finegrowndiamonds.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?