परराष्ट्रमन्त्री ज्ञवाली अमेरिका भ्रमणमा

Shikharkhabar Shikharkhabar
|
सोमबार, पौष २, २०७५
|
|
४६ पटक हेरिएको
Shares
परराष्ट्रमन्त्री ज्ञवाली अमेरिका भ्रमणमा

सारांश

  • काठमाडौं, २ पुस ।
  • परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र अमेरिकी विदेशमन्त्री माइकल पोम्पियोबीच द्विपक्षीय वार्ता हुने भएको छ ।
  • आज बिहान अमेरिकाको भ्रमणमा निस्किएका परराष्ट्रमन्त्री ज्ञवालीले भोलि समकक्षी पोम्पियोसाग द्विपक्षीय वार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

काठमाडौं, २ पुस । परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र अमेरिकी विदेशमन्त्री माइकल पोम्पियोबीच द्विपक्षीय वार्ता हुने भएको छ । आज बिहान अमेरिकाको भ्रमणमा निस्किएका परराष्ट्रमन्त्री ज्ञवालीले भोलि समकक्षी पोम्पियोसाग द्विपक्षीय वार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौडेलका अनुसार भ्रमणका क्रममा मन्त्री ज्ञवालीले अमेरिकी राष्ट्रपति कार्यालयका उच्च अधिकारी, अन्तराष्ट्रिय विकासका लागि अमेरिकी नियोग यूएसएआईडी र मिलेनियम च्यालेञ्ज कर्पोरेसनका उच्च अधिकारीसँग पनि भेटवार्ता गर्नेछन् । मन्त्री ज्ञवाली शुक्रबार स्वदेश फर्कनेछन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?