परराष्ट्रमन्त्री ज्ञवाली आज मंगोलिया जाँदै
सारांश
- काठमाडौँ, २६ जेठ- परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली एक कार्यक्रममा भाग लिन आज मंगोलिया जाँदैछन् ।
- मन्त्री ज्ञवाली भूपरिवेष्ठित विकासशील देशको अन्तर्राष्ट्रिय विज्ञको बैठकमा सहभागी हुन आज मंगोलिया जान लागेका हुन् ।
- भ्रमण टोलीमा मंगोलियाका लागि नेपालका गैरआवासीय राजदूतसमेत रहनुभएका लीलामणि पौड्याल पनि सहभागी हुने कार्यक्रम छ ।
काठमाडौँ, २६ जेठ- परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली एक कार्यक्रममा भाग लिन आज मंगोलिया जाँदैछन् । मन्त्री ज्ञवाली भूपरिवेष्ठित विकासशील देशको अन्तर्राष्ट्रिय विज्ञको बैठकमा सहभागी हुन आज मंगोलिया जान लागेका हुन् ।
भ्रमण टोलीमा मंगोलियाका लागि नेपालका गैरआवासीय राजदूतसमेत रहनुभएका लीलामणि पौड्याल पनि सहभागी हुने कार्यक्रम छ ।
जेठ २८ र २९ गते हुने बैठकमा सहभागी हुनका लागि नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मन्त्री ज्ञवाली मंगोलियाको उलानबटार जान लागेका हुन् । भ्रमणका क्रममा परराष्ट्रमन्त्री ज्ञवालीले उच्चस्तरीय भेटघाट गर्नुका साथै त्यहाँका समकक्षीसँग द्विपक्षीय हितका विषयमा कुराकानीसमेत गर्ने उल्लेख छ ।
मन्त्री ज्ञवाली यही जेठ ३० गते स्वदेश फर्कने मन्त्रालयले जनाएको छ । बैठकमा वैदेशिक लगानी, सूचना प्रविधिलगातयका विभिन्न विषयमा छलफल हुने मन्त्रालयद्वारा जारी गरिएको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
प्रतिक्रिया