बलात्कारका घटना रोक्न गृहमन्त्रीले आइजिपीलाई दिए यस्तो निर्देशन

Shikharkhabar Shikharkhabar
|
बिहिबार, भाद्र १४, २०७५
|
|
२९ पटक हेरिएको
Shares
बलात्कारका घटना रोक्न गृहमन्त्रीले आइजिपीलाई दिए यस्तो निर्देशन

सारांश

  • काठमाडौँ, १४ भदौ ।
  • गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले महिला हिंसा र बलात्कारका घटनाको न्युनीकरण गर्नका लागि तत्कालै विशेष योजना बनाउन प्रहरीलाई निर्देशन दिएका छन् ।
  • आज गृहमन्त्रालयमा नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनाललाई बोलाएर गृहमन्त्री थापाले पछिल्लो समय महिला हिंसा र बलात्कारका घटनाका समाचारले आफ्नो ध्यानाकर्षण भएको भन्दै त्यस्ता घृणित कार्य रोक्नका लागि विशेष योजना बनाउन निर्देशन दिएका हुन् ।

काठमाडौँ, १४ भदौ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले महिला हिंसा र बलात्कारका घटनाको न्युनीकरण गर्नका लागि तत्कालै विशेष योजना बनाउन प्रहरीलाई निर्देशन दिएका छन् । आज गृहमन्त्रालयमा नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनाललाई बोलाएर गृहमन्त्री थापाले पछिल्लो समय महिला हिंसा र बलात्कारका घटनाका समाचारले आफ्नो ध्यानाकर्षण भएको भन्दै त्यस्ता घृणित कार्य रोक्नका लागि विशेष योजना बनाउन निर्देशन दिएका हुन् ।

बलात्कारका घटना न्युनिकरणका लागि देशव्यापीरुपमा अभिभावकदेखि बालबालिकासम्मलाई सचेतनामूलक कार्यक्रम र जागरण अभियान सञ्चालन गर्नुपर्ने गृहले ठहर गरेको छ । गृहमन्त्री थापाले यस्ता घटनामा मिलापत्र गराउन खोज्नु पनि अपराध भएको भन्दै कहीँकतै त्यस्तो भएको भए उनीहरुलाई समेत कारवाहीको दायरामा ल्याउन प्रहरी महानिरीक्षकलाई निर्देशन दिए ।

महिला हिंसा र बलात्कारका घटनाका उजुरीमा लापरवाही नगरी गम्भीरतापूर्वक कारवाही अघि बढाउन समेत उनले प्रहरीलाई निर्देशन दिए । गृहसचिव प्रेमकुमार राई समेत सहभागी सो छलफलमा गृहमन्त्री थापाले कञ्चनपुरकी बालिकाको मृत्युको घटनाको सत्यतथ्य बाहिर ल्याउनका लागि गठित छानविन समितिलाई सहयोग पुग्नेगरी सबै पक्षले काम गर्नुपर्ने पनि बताए ।

(Diazepam Online)

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Suman Mainali

    ig लाई किन दोस दिनु , कानुन तपाईं हरुले बनाउने हो

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आज सोनाम ल्होसार पर्व, देशभर सार्वजनिक विदा
आज सोनाम ल्होसार पर्व, देशभर सार्वजनिक विदा
सार्वजनिक सेवामा अतिरिक्त दस्तुर तिर्नुपर्ने अवस्था विद्यमान
सार्वजनिक सेवामा अतिरिक्त दस्तुर तिर्नुपर्ने अवस्था विद्यमान
पूर्वकप्तान सन्दीप लामिछानेलाई क्यानले गर्याे निलम्बन
पूर्वकप्तान सन्दीप लामिछानेलाई क्यानले गर्याे निलम्बन
नयाँ बानेश्वरमा आकाशे पुल निर्माण शुरु हुँदै…
नयाँ बानेश्वरमा आकाशे पुल निर्माण शुरु हुँदै…
फोरम र नयाँ शक्ति मिलेर गठन भयो ‘समाजवादी पार्टी नेपाल’
फोरम र नयाँ शक्ति मिलेर गठन भयो ‘समाजवादी पार्टी नेपाल’
नेकपा स्थापना दिवस: आन्तरिक एकता सुदृढ बनाइन्छ : प्रधानमन्त्री
नेकपा स्थापना दिवस: आन्तरिक एकता सुदृढ बनाइन्छ : प्रधानमन्त्री
प्रियंका गान्धीले किन सोधिन् प्रधानमन्त्री नरेन्द्र मोदीको जात ?
प्रियंका गान्धीले किन सोधिन् प्रधानमन्त्री नरेन्द्र मोदीको जात ?
दीपकराज र दीपाश्री अब छक्कापञ्जा– ३ को तयारीमा
दीपकराज र दीपाश्री अब छक्कापञ्जा– ३ को तयारीमा
वाम गठबन्धनलाई बदनाम गर्ने कांग्रेस रणनीतिःमाओवादी मन्त्री हटाउने  तयारी  !
वाम गठबन्धनलाई बदनाम गर्ने कांग्रेस रणनीतिःमाओवादी मन्त्री हटाउने तयारी !
अमेरिकी सेनालाई निकालिए इराकविरुद्ध कडा प्रतिबन्ध लाउने ट्रम्पको धम्की
अमेरिकी सेनालाई निकालिए इराकविरुद्ध कडा प्रतिबन्ध लाउने ट्रम्पको धम्की

तपाईंले छुटाउनुभयो कि?