११ करोड पाए के गर्छिन् प्रियंका कार्की ?
सारांश
- अहिलेकी सर्वाधिक व्यस्त हिरोइन मध्येकी एक हुन् प्रियंका कार्की ।
- उनको व्यस्तता फिल्म, म्यूजिक भिडियो, विज्ञापन, स्टेज कार्यक्रम जताततै उस्तै छ ।
- यसरी उनी व्यस्त बनिरहेको देख्दा कतिपयले उनलाई पैसाका लागि जता पनि हात हाल्ने हिरोइन भन्ने आरोप पनि नलगाएका होइनन् ।
अहिलेकी सर्वाधिक व्यस्त हिरोइन मध्येकी एक हुन् प्रियंका कार्की । उनको व्यस्तता फिल्म, म्यूजिक भिडियो, विज्ञापन, स्टेज कार्यक्रम जताततै उस्तै छ । यसरी उनी व्यस्त बनिरहेको देख्दा कतिपयले उनलाई पैसाका लागि जता पनि हात हाल्ने हिरोइन भन्ने आरोप पनि नलगाएका होइनन् । आइतबार फिल्म ‘बटरफ्लाइ’ले राखेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले आफु यसरी व्यस्त हुनुको कारण खुलाइन् । फिल्ममा काम गर्नु आफ्नो पेसा भएकाले उज्ज्वल भविष्यका लागि पनि लगातार काम गरिरहेको उनले स्पष्ट पार्दै भनिन् ‘न मेरो बुटीक छ, न त ब्यूटी पार्लर नै’ फिल्ममा अभिनय गरेकै भरमा आफ्नो जीवन चलिरहेको भन्दै उनले आफु यसरी व्यस्त हुँदा रमाइरहेको पनि बताइन् । यद्यपी पैसाकै लागि मात्रै नभई आफ्नो खुशीको लागि पनि फिल्ममा काम गर्दै आइरहेको उनको भनाई थियो ।
एक पछि अर्को काममा हात हालेको देखेर आलोचना गर्नेहरुलाई जवाफ फर्काउँदै उनले आफुले अरु जस्तो एउटा फिल्ममा अभिनय गरेर १०, १२ लाख रुपैयाँ लिन नसक्ने भन्दै यसलाई सकरात्मकरुपमा बुझिदिन आग्रह पनि गरिन् । कुनै निर्माताले ११ करोड रुपैयाँ पारिश्रामिक दिए आफु वर्षमा एउटा मात्रै फिल्ममा काम गर्न तयार रहेको पनि प्रियंकाले बताइन् । प्रियंका र आर्यन अधिकारी लिड रोलमा रहेको फिल्म ‘बटरफ्लाई’ यही पुस २८ गतेदेखि प्रदर्शन हुँदैछ । साधारण लभस्टोरीमा निर्मित यो फिल्ममा निर्वाह गरेको भूमिकाबाट प्रियंका सन्तुष्ट देखिएकी छिन् । लामो समयदेखि यस्तै किशिमको भूमिकामा अभिनय गर्न चाहिरहेको उनले पत्रकार भेटघाटमा बताइन् ।
प्रतिक्रिया