विनोद हत्या प्रकरण : धादिङवेसीमा प्रदर्शन

Shikharkhabar Shikharkhabar
|
आइतबार, जेठ १४, २०८०
|
|
२६ पटक हेरिएको
Shares
विनोद हत्या प्रकरण : धादिङवेसीमा प्रदर्शन

सारांश

  • मलेखु ।
  • धादिङको गल्छी गाउँपालिका–८ गल्छीका विनोद थापामगरको आफन्त र स्थानीयले धादिङवेसीमा प्रदर्शन गरेका छन् ।
  • गल्छीकै शानदार होटलमा खाजा खान गएका विनोदको क्रुर हत्यामा संलग्नलाई आजीवन जेल सजायको माग राख्दै पीडितका परिवार र आफन्तले प्रदर्शन गरेका हुन् ।

मलेखु । धादिङको गल्छी गाउँपालिका–८ गल्छीका विनोद थापामगरको आफन्त र स्थानीयले धादिङवेसीमा प्रदर्शन गरेका छन् ।

गल्छीकै शानदार होटलमा खाजा खान गएका विनोदको क्रुर हत्यामा संलग्नलाई आजीवन जेल सजायको माग राख्दै पीडितका परिवार र आफन्तले प्रदर्शन गरेका हुन् । हत्याराको अवैध सम्पत्तिको छानबिन गर्न माग गरेका छन् ।

हत्यामा संलग्न भएको आरोपमा गल्छीकै शानदार होटलका सञ्चालक सरस्वती पनेरु पण्डित, उनका छोरा नीरज र पाल्पा तानसेन नगरपालिका–१४ घर भई हाल गल्छी–८ बस्दै आएका ३० वर्षीय किरण राना पक्राउ परेका छन् । उनीहरु तीनै जनामाथि अनुसन्धान जारी छ ।

नेपाल मगर संघको अगुवाइमा भएको प्रदर्शनपछि उनीहरुले धादिङका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएका छन् । अनुसन्धानको क्रममा पीडकले प्रहरी प्रशासन र अदालत आफ्नो पक्षमा पार्न सक्ने आशंका उब्जनी भएकाले दबाब स्वरुप प्रदर्शन गरी प्रमुख जिल्ला अधिकारी समक्ष ज्ञापनपत्र बुझाइएको गल्छी गाउँपालिकाका वडाध्यक्ष विशाल लुङ्गेली मगरले बताए ।

‘मान्छे मार्न पाइँदैन, आजीवन कारावासको सजाय गर, कानुनी राज्यको प्रत्याभूति गर’ लगायतका प्लेकार्डसहित नारा जुलुस गरेका थिए ।

शरीरको विभिन्न भागमा धारिलो हतियार प्रहार गरी गत वैशाख २८ गते राति विनोद विभत्स हत्या भएको थियो । पीडितका आफन्तले हत्यामा संलग्न भएको आरोपमा प्रहरी अनुसन्धानमा रहेका होटल सञ्चालक पण्डित, उनका छोरा नीरजमाथि मानव बेचविखन तथा ओसारपसार र देहव्यापारको अभियोगमा मुद्दा दर्ता गराएका छन् ।

पीडितको ज्ञापनपत्र बुझ्दै धादिङका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद अधिकारीले घटना भए लगत्तैदेखि आफूले नजिकबाट बुझिरहेको जनाउँदै घटनामा संलग्नलाई कानुनअनुसार कडाभन्दा कडा कारबाही हुनेमा विश्वस्त रहन पीडितका परिवार र आफन्तलाई आग्रह गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भोलि पनि काँग्रेससँग सहकार्य हुनसक्छ-अध्यक्ष दाहाल
भोलि पनि काँग्रेससँग सहकार्य हुनसक्छ-अध्यक्ष दाहाल
ओलीको नेतृत्वमा चुनाव परिचालन कमिटि
ओलीको नेतृत्वमा चुनाव परिचालन कमिटि
अकुत सम्पत्तिमा तानिँदै लोकमान, छानबिन गर्न सरकारलाई निर्देशन
अकुत सम्पत्तिमा तानिँदै लोकमान, छानबिन गर्न सरकारलाई निर्देशन
माईखोलाले बगाएर एकको मृत्यु
माईखोलाले बगाएर एकको मृत्यु
विप्लव दाई हाइड्रोजन बम चाहियो नाकाबन्दी गर्ने मोदीलाई उडाउछु:  पुर्ब जनमुक्तिसेना
विप्लव दाई हाइड्रोजन बम चाहियो नाकाबन्दी गर्ने मोदीलाई उडाउछु: पुर्ब जनमुक्तिसेना
उत्सर्गको मेगा अडिसनबाट ४६ जना प्रतिष्पर्धी छानिए
उत्सर्गको मेगा अडिसनबाट ४६ जना प्रतिष्पर्धी छानिए
प्रदेश प्रमुख नियुक्ति र अस्थायी राजधानीबाट फेरि किन पछि हटे देउवा
प्रदेश प्रमुख नियुक्ति र अस्थायी राजधानीबाट फेरि किन पछि हटे देउवा
प्रचण्डले ओलीको प्रशंसा गर्दै भने – ‘चुनावमा जिम्मेवार नेताको भूमिका निर्वाह गर्नुभयो
प्रचण्डले ओलीको प्रशंसा गर्दै भने – ‘चुनावमा जिम्मेवार नेताको भूमिका निर्वाह गर्नुभयो
दीपक मनाङे किन गएनन्  सपथ लिन ? यस्तो छ कारण…..!
दीपक मनाङे किन गएनन् सपथ लिन ? यस्तो छ कारण…..!
काङ्ग्रेसद्वारा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता
काङ्ग्रेसद्वारा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता

तपाईंले छुटाउनुभयो कि?