पहिरो पीडितलाई राहत

Shikharkhabar Shikharkhabar
|
शनिबार, श्रावण १४, २०७४
|
|
४८ पटक हेरिएको
Shares
पहिरो पीडितलाई राहत

सारांश

  • तेह्रथुम, १४ साउन ।
  • कुलो थुनिएर गएको पहिराले घर पुरिँदा आमा र छोराछोरी गुमाएका म्याङ्लुङ नगरपालिका–५, आम्दिमका सोमकुमार सोदेम्बाको परिवारलाई शुक्रबार राहत प्रदान गरिएको छ ।
  • सोदेम्बाको परिवारलाई जिल्ला दैवीप्रकोप उद्धार समितिले रु तीन लाख ३० हजार र समाजसेवी राधिका पोखरेलले रु २० हजार राहतस्वरुप प्रदान गर्नुभएको हो ।

तेह्रथुम, १४ साउन । कुलो थुनिएर गएको पहिराले घर पुरिँदा आमा र छोराछोरी गुमाएका म्याङ्लुङ नगरपालिका–५, आम्दिमका सोमकुमार सोदेम्बाको परिवारलाई शुक्रबार राहत प्रदान गरिएको छ ।

सोदेम्बाको परिवारलाई जिल्ला दैवीप्रकोप उद्धार समितिले रु तीन लाख ३० हजार र समाजसेवी राधिका पोखरेलले रु २० हजार राहतस्वरुप प्रदान गर्नुभएको हो । सदरमुकाम म्याङ्लुङमा पोखरेलले पहिरोपीडित परिवारलाई पठाएको सहयोग रकम रु २० हजार प्रजिअ वेदनिधि खनालले पीडित सोदेम्बाको परिवारलाई हस्तान्तरण गर्नुभयो ।

प्रजिअ खनालले उद्धार समितिले पीडित परिवारलाई राहत, क्षतिपूर्ति र काजकिरिया खर्चबापत एकमुष्ट रकम उपलब्ध गराइएको बताउनुभयो । गत असार १७ गते घरमाथिको कुलो थुनिएर पहिरो जाँदा सोदेम्बाको घर पुरिएको थियो । पहिराले सोदेम्बाका आमा ५० वर्षीया कुमारी, छोरी १२ वर्षीया प्रीति र छोरा नौवर्षीय प्रेमको ज्यान गएको थियो ।

घर पुरिँदा घाइते भएका ३६ वर्षीय सोदेम्बा उपचाररत छन् । मंगलबार मात्रै उनकी छोरी प्रियाको हातको शल्यक्रिया भएको छ । उनको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।

घरसहित परिवारका सदस्य नै गुमाएका सोदेम्बाको परिवार अर्थ अभावले पिल्सिरहेको छ । उहाँको परिवारको पीडा शान्त पार्न आफूले सहयोग गरेको जिल्लाकै सोल्मा घर भई हाल अष्ट्रेलियामा कार्यरत पोखरेलले बताउनुभयो । पीडित परिवारले भने सरकारबाट तर्फबाट आफूले पाउने राहतसमेत पाउन ढिलाइ भएकामा गुनासो गरेको छ । परिवारका खातामा राहत रकम जम्मा भइसके पनि झिक्न नपाएको सोदेम्बाले गुनासो गर्नुभयो ।

(nuttyscientists.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राष्ट्रपति भण्डारी विरुद्द परेको रिटमा सर्वोच्चले दियो यस्तो आदेश
राष्ट्रपति भण्डारी विरुद्द परेको रिटमा सर्वोच्चले दियो यस्तो आदेश
नेइमार बार्सिलोना जान्छन् कि रियल मड्रिड ? मेस्सी बन्नेछन् निर्णायक
नेइमार बार्सिलोना जान्छन् कि रियल मड्रिड ? मेस्सी बन्नेछन् निर्णायक
घनश्याम भुसालको टिप्पणी : भन्नलाई समृद्ध नेपाल सुखी नेपाली, तर कसरी आउँछ थाहा छैन
घनश्याम भुसालको टिप्पणी : भन्नलाई समृद्ध नेपाल सुखी नेपाली, तर कसरी आउँछ थाहा छैन
दरमा पुलाउ, पनिरको तरकारी, अचार खाँदा काभ्रेमा ४ सय बिरामी
दरमा पुलाउ, पनिरको तरकारी, अचार खाँदा काभ्रेमा ४ सय बिरामी
तीनमहिनापछि तातोपानी नाका सञ्चालनमा
तीनमहिनापछि तातोपानी नाका सञ्चालनमा
प्रदेश सरकारले समृद्धिको बाटोेलाई अगाडि बढाएको छ : मुख्यमन्त्री गिरी
प्रदेश सरकारले समृद्धिको बाटोेलाई अगाडि बढाएको छ : मुख्यमन्त्री गिरी
अनुमति लिएर खानी उत्खनन नगर्ने २० कम्पनी खारेज
अनुमति लिएर खानी उत्खनन नगर्ने २० कम्पनी खारेज
वैद्य माओवादीले बनायो तीन कम्युनिष्ट पार्टीसँग एकता गर्न वार्ता टोली
वैद्य माओवादीले बनायो तीन कम्युनिष्ट पार्टीसँग एकता गर्न वार्ता टोली
श्री एयरले काठमाडौं-पोखरा उडानमा एउटा टिकट खरिद गर्नेलाई अर्को सित्तैमा दिने
श्री एयरले काठमाडौं-पोखरा उडानमा एउटा टिकट खरिद गर्नेलाई अर्को सित्तैमा दिने
आगलागीबाट रु १२ लाखको क्षति
आगलागीबाट रु १२ लाखको क्षति