बालुवाटार जग्गा प्रकरणका श्रेष्ठले गरे आत्महत्या, शंकास्पद भन्दै छानविन सुरु

Shikharkhabar Shikharkhabar
|
सोमबार, श्रावण १३, २०७६
|
|
२२ पटक हेरिएको
Shares
बालुवाटार जग्गा प्रकरणका श्रेष्ठले गरे आत्महत्या, शंकास्पद भन्दै छानविन सुरु

सारांश

  • बालुवाटारको ललिता निवास जग्गा प्रकरणमा मुछिएका पूर्वनायब सुब्बा युक्तप्रसाद श्रेष्ठले आत्महत्या गरेका छन् ।
  • काठमाण्डौको माछापोखरीस्थित हिमालय सिटी सपिङ सेन्टरको ८ औं तलाबाट हामफालेर श्रेष्ठले आत्महत्या गरेका हुन् ।
  • हामफालेर घाइते भएका श्रेष्ठलाई तत्काल पिपुल्स हस्पिटल लगिएको थियो ।

बालुवाटारको ललिता निवास जग्गा प्रकरणमा मुछिएका पूर्वनायब सुब्बा युक्तप्रसाद श्रेष्ठले आत्महत्या गरेका छन् । काठमाण्डौको माछापोखरीस्थित हिमालय सिटी सपिङ सेन्टरको ८ औं तलाबाट हामफालेर श्रेष्ठले आत्महत्या गरेका हुन् । हामफालेर घाइते भएका श्रेष्ठलाई तत्काल पिपुल्स हस्पिटल लगिएको थियो । तर अस्पताल पुर्याउँदा उनको मृत्यु भइसकेको थियो ।

नेपाली कांग्रेस पर्वतका सचिवसमेत रहेका श्रेष्ठ विगतमा डिल्लीबजार मालपोत कार्यालयमा कार्यरत थिए । थिए त्यसबेला ललिता निवास जग्गा व्यक्तिको नाममा सार्न सहयोग गरेको आरोप उनीमाथि लागेको थियो । पछिल्ले समय अख्तियारले छानविनका क्रममा श्रेष्ठसँग बयान पनि लिएको थियो ।
अख्तियारले बयानमा बोलाएपछि श्रेष्ठ आफ्नो गृहजिल्ला पर्वत फर्केका थिएनन ।

२०२१ सालमै मुआब्जा दिएर अधिग्रहण गरिएको सरकारी जग्गा आर्थिक प्रलोभनमा परेर तत्कालिन भोगिधिकारीका नाममा कायम गर्न उनीसहित डिल्लीबजार मालपोत कार्यालयका कर्मचारीले नक्कली फाइल खडा गरेको आरोप छ । २०५८ सालमा सरकारी सेवाबाट अवकाश लिएका श्रेष्ठ त्यसपछि भने विभिन्न संघसंस्था हुँदै नेपाली कांग्रेससँग आवद्ध भएका थिए ।

२०४९ सालमा तत्कालिन प्रमुख मालपोत अधिकृत कलाधर देउजा लगायतको निर्देशनमा आफूले सरकारी जग्गा व्यक्तिका नाममा कायम गर्न फायल खडा गरेको बयान उनले अख्तियारलाई दिएका छन् । श्रेष्ठले आत्महत्या गरे वा संकास्पद मृत्यु भन्नेबारे प्रहरीले अनुसन्धान अघि बढाएको छ । श्रेष्ठको शव त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

टिकट खोसिएपछि कांग्रेसका पुराना नेतालेे पार्टी छाडे
टिकट खोसिएपछि कांग्रेसका पुराना नेतालेे पार्टी छाडे
मध्यरातमा निगमले फेरि बढायो इन्धनमा मूल्य, हेर्नुहोस् नयाँ मूल्यसूची
मध्यरातमा निगमले फेरि बढायो इन्धनमा मूल्य, हेर्नुहोस् नयाँ मूल्यसूची
सरकार निर्वाचन बाट उम्कन खोज्दैछ् तर हामी भाग्न दिदैनौ : एमाले;
सरकार निर्वाचन बाट उम्कन खोज्दैछ् तर हामी भाग्न दिदैनौ : एमाले;
सुरक्षित सडक यात्राको नीति कडाइका साथ कार्यान्वयन गरिने  मन्त्री कार्की
सुरक्षित सडक यात्राको नीति कडाइका साथ कार्यान्वयन गरिने  मन्त्री कार्की
चट्याङले भेडा मर्दा रु १० लाख बराबरको क्षति
चट्याङले भेडा मर्दा रु १० लाख बराबरको क्षति
लकडाउनको सम्भावना औल्याउँदै प्रधानमन्त्री ओलीले भनेः वाध्य भएर ठप्प पार्ने अवस्था आउँछ
चीनमा घुस लिएको आरोपमा बैंकका पूर्वप्रमुखलाई निलम्बित मृत्युदण्डको सजाय
चीनमा घुस लिएको आरोपमा बैंकका पूर्वप्रमुखलाई निलम्बित मृत्युदण्डको सजाय
बौद्धबाट एघार महीनामा आपराधिक घटनामा संलग्न ८४४ जना पक्राउ
बौद्धबाट एघार महीनामा आपराधिक घटनामा संलग्न ८४४ जना पक्राउ
यू-१७ पुरुष साफ च्याम्पियनसिपको उपाधीको लागि नेपाल र भारतबीच प्रतिस्पर्धा हुँदै
यू-१७ पुरुष साफ च्याम्पियनसिपको उपाधीको लागि नेपाल र भारतबीच प्रतिस्पर्धा हुँदै
धरानमा बस दुर्घटना चार जनाको मृत्यु
धरानमा बस दुर्घटना चार जनाको मृत्यु

तपाईंले छुटाउनुभयो कि?