जुकरबर्ग दोस्रो सन्तानका लागि प्रतिक्षा

Shikharkhabar Shikharkhabar
|
मंगलबार, चैत्र १, २०७३
|
|
१०१८ पटक हेरिएको
Shares
जुकरबर्ग दोस्रो सन्तानका लागि प्रतिक्षा

सारांश

  • फेसबुकका सिइओ मार्क जुकरबर्ग र उनकी पत्नी पि्रसिल्ला दोस्रो सन्तानका लागि प्रतिक्षारत छन् ।
  • आफ्नी श्रीमतीले चाँडै अर्की छोरी जन्माउन लागेको जानकारी जुकरबर्गले फेसबुकमार्फत दिएका हुन् ।
  • यी दम्पत्तिसँग अहिले १५ महिनाकी छोरी म्याक्स छिन् ।

फेसबुकका सिइओ मार्क जुकरबर्ग र उनकी पत्नी पि्रसिल्ला दोस्रो सन्तानका लागि प्रतिक्षारत छन् । आफ्नी श्रीमतीले चाँडै अर्की छोरी जन्माउन लागेको जानकारी जुकरबर्गले फेसबुकमार्फत दिएका हुन् ।

यी दम्पत्तिसँग अहिले १५ महिनाकी छोरी म्याक्स छिन् । बिहिबार जुकरबर्गले आफ्नो फेसबुक पेजमा लेखेअनुसार म्याक्सलाई जन्माउँदा गर्भधारणमा समस्या आएकाले दोस्रो सन्तान जन्माउन सक्नेमा यी दम्पत्ति शशंकित थिए ।

उनले लेखेका छन्, ‘जब पि्रसिल्ला र मैले उनी फेरि गर्भवती भएको थाहा पयौं, हाम्रो पहिलो आशा बच्चा स्वस्थ जन्मिउन् भन्ने नै रह्यो । त्यसपछि मेरो दोस्रो आशा जन्मिने बच्चा छोरी नै होउन् भन्ने थियो । योभन्दा ठूलो उपहार हाम्रो लागि केही हुन सक्दैनथ्यो ।’

यी ३२ वषिर्य दम्पत्तिले २०१५ को डिसेम्बरमा आफूहरु पहिलोपटक आमाबाबु बन्न लागेको घोषणा गर्दै यो पनि खुलासा गरेका थिए कि पि्रसिल्लाको गर्भधारणमा निकै कठिनाइको सामना गर्नुपरेको थियो । गर्भवती हुनुअघि उनको तीन पटक गर्भ तुहिएको उनीहरुले बताएका थिए ।

जुकरबर्गले आफू र श्रीमती पि्रसिल्ला पनि दिदीबहिनीहरुसँगै हुर्केको बताएका छन् । उनले आफूहरुका दिदीबहिनीसँग खिचेका बाल्यकालका थुप्रै फोटोहरु सेयर गरेका छन् ।

‘म तीन दिदीबहिनीहरुसँग हुर्केको हुँ । उनीहरु मेरा दिदीबहिनी मात्र थिएनन् बल्कि मेरा निकट साथीजस्ता थिए । उनीहरुले मलाई कसरी प्रतिस्पर्धा गर्ने र मिलेर हाँस्ने भन्ने सिकाएका छन्,’ जुकरबर्गले लेखेका छन् ।

उनले फेरि लेखेका छन्, ‘पि्रसिल्ला पनि दुई दिदीबहिनीसँग हुर्केकी हुन् र उनीहरुले उनलाई परिवारको महत्व, अरुको सेवा र परिश्रमबारे सिकाएका छन् । उनीहरुसँग खास किसिमका जोक्सहरु पनि छन् जो ती दिदीबहिनीले मात्रै बुझ्न सक्छन् ।’

आफ्ना छोरीहरुलाई बलिया र आत्मविश्वासी बनाउने प्रण जुकरबर्गले गरेका छन् । यो जोडीको बिहे २०१२ मा भएको थियो । हार्वड विश्वविद्यालयमा पढ्दा भेट भएका उनीहरुले एक दशकसम्म डेटिङ गरेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

Chinese investors urged to spur investment in Nepal
Chinese investors urged to spur investment in Nepal
विश्वभर तेलको मूल्य बढ्यो, नेपालमा पनि बढाउने तयारी
विश्वभर तेलको मूल्य बढ्यो, नेपालमा पनि बढाउने तयारी
लकडाउन साउन ७ गतेसम्म, काठमाडौँ आउन यस्तो मापदण्ड
लकडाउन साउन ७ गतेसम्म, काठमाडौँ आउन यस्तो मापदण्ड
सवारी दुर्घटनामा एकको मृत्यु
सवारी दुर्घटनामा एकको मृत्यु
भारतको विरोधमा विद्यार्थी सडकमा आउनु गलतः लेखराज भट्ट
भारतको विरोधमा विद्यार्थी सडकमा आउनु गलतः लेखराज भट्ट
निर्वाचनकै मुखमा मधेस प्रदेश सरकारको जम्बो टोली युरोप भ्रमण जाँदै
निर्वाचनकै मुखमा मधेस प्रदेश सरकारको जम्बो टोली युरोप भ्रमण जाँदै
बालेनले प्रधानमन्त्री ओलीविरुद्ध खोले फायर, आफ्ना कार्यकर्तालाई सामान्य ज्ञान दिएर राजनीतिमा ल्याउन सुझाव
बालेनले प्रधानमन्त्री ओलीविरुद्ध खोले फायर, आफ्ना कार्यकर्तालाई सामान्य ज्ञान दिएर राजनीतिमा ल्याउन सुझाव
रुपन्देही क्षेत्र नम्बर ३ बाट गृहमन्त्री खाणको उम्मेदवारी दर्ता
रुपन्देही क्षेत्र नम्बर ३ बाट गृहमन्त्री खाणको उम्मेदवारी दर्ता
आजको राशिफलमा के छ तपाईंको भाग्य ? हेर्नुहोस्
आजको राशिफलमा के छ तपाईंको भाग्य ? हेर्नुहोस्
नेपालले साढे २ अर्ब तिनुपर्ने ,हातहतियारको रकम मिनाहा गर्न, मानेन भारतले
नेपालले साढे २ अर्ब तिनुपर्ने ,हातहतियारको रकम मिनाहा गर्न, मानेन भारतले