पहिलो अभ्यास खेलमा नेपालको जित, बसन्त र सोमपालको साथमा आरिफ बने नाएक !

Shikharkhabar Shikharkhabar
|
बुधबार, भाद्र ६, २०७५
|
|
१९ पटक हेरिएको
Shares
पहिलो अभ्यास खेलमा नेपालको जित, बसन्त र सोमपालको साथमा आरिफ बने नाएक !

सारांश

  • काठमाडौँ, ६ भदौ ।
  • एसिया कप छनोट खेलका लागि श्रृलंकामा अभ्यासरत नेपाली राष्ट्रिय क्रिकेट टोलिले स्थानिय क्लबलाई ६७ रनले हराएको छ ।
  • श्रृलंकाको आर्मि क्लबसँग पहिले ब्याटिङ गर्ने क्रममा नेपालले आरिफको ८९ रनको मद्दतमा १९४ रन बनाएको थियो ।

काठमाडौँ, ६ भदौ । एसिया कप छनोट खेलका लागि श्रृलंकामा अभ्यासरत नेपाली राष्ट्रिय क्रिकेट टोलिले स्थानिय क्लबलाई ६७ रनले हराएको छ । श्रृलंकाको आर्मि क्लबसँग पहिले ब्याटिङ गर्ने क्रममा नेपालले आरिफको ८९ रनको मद्दतमा १९४ रन बनाएको थियो । १९५ रनको लक्ष्य पछ्याएको विपक्षि टोलि नेपाली बलरको कसिलो बलिङ सामु निरिह हुँदै ३६ ओभर १ बलमा १२७ रन बनाउँदै अल आउट भयो ।

खराब सुरुवात गरेको नेपालले १०० भित्रै महत्वपूर्ण ७ विकेट गुमाइसकेको थियो । त्यस्तोमा युवा खेलाडी आरिफ शेख ‘वान मेन आर्मि’ भएर डटिरहे । अन्ततः ४८ दशमलब ४ बलमा लामो सट प्रहार गर्ने क्रममा पोइन्टमा नेपालको दशौँ विकेटको रुपमा क्याच आउट हुन पुगे । आउट हुनु अघि उनले ११८ बल खेल्दै ८९ रन बनाएका थिए ।

आर्मिलाई १२७ रनमा अल आउट गर्ने क्रममा बसन्त रेग्मी, सोमपाल कामी दिपेन्द्र सिँह ऐरिले उत्कृष्ट बलिङ गरे । नेपालका लागि बसन्त रेग्मी र सोमपाल कामीले ३÷३ विकेट लिए भने दिपेन्द्रले २ विकेट लिए । त्यस्तै ललित नारायण राजवंशी र ललित भण्डारीले १÷१ विकेट लिए ।
आर्मिका लागि जगथ राजपाक्षले ४६ रन बनाउनु बाहेक अरुले सम्झन लाएक पारि खेलेनन् ।
नेपालले अर्को अभ्यास खेल शुक्रबार श्रृलंकाको स्थानिय क्लब ब्लुमफिल्डसँग खेल्नेछ ।

प्रतिक्रिया

5 कमेन्ट

    Comment Author

    Netra Bhusal

    Good

    Comment Author

    HS MJ Tamu

    यो गेम सन्दीप त छैन के हावा पोस्टिङ्

    Comment Author

    Surendra Chhetri

    Badhai6

    Comment Author

    Bir Shrestha

    Good

    Comment Author

    Mina Poudyal

    dami

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 5
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?