ओली भन्छन्ः ललिता निवासको जग्गा प्रकरणमा यसअघिका सरकारले के हेरेर बसेका थिए ?

Shikharkhabar Shikharkhabar
|
मंगलबार, श्रावण १४, २०७६
|
|
१९ पटक हेरिएको
Shares
ओली भन्छन्ः ललिता निवासको जग्गा प्रकरणमा यसअघिका सरकारले के हेरेर बसेका थिए ?

सारांश

  • प्रधानमन्त्री केपी शर्मा ओलीले ‘ललिता निवास’को जग्गा प्रकरणबारे वर्तमान सरकारले छानबिन थालेको स्पष्ट पारेका छनु ।
  • तर यही सरकारले जग्गा हडपेको जस्तो गरी मान्छेहरू कराइरहेका छन्’, राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री चित्र बहादुर केसी नेतृत्वको प्रतिनिधिमण्डलसँग मंगलबार कुरा गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।
  • उनले अहिले भ्रष्टाचारीहरू धमाधम पक्राउ परिरहेको पनि सुनाए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले ‘ललिता निवास’को जग्गा प्रकरणबारे वर्तमान सरकारले छानबिन थालेको स्पष्ट पारेका छनु । तर यही सरकारले जग्गा हडपेको जस्तो गरी मान्छेहरू कराइरहेका छन्’,

राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री चित्र बहादुर केसी नेतृत्वको प्रतिनिधिमण्डलसँग मंगलबार कुरा गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । उनले अहिले भ्रष्टाचारीहरू धमाधम पक्राउ परिरहेको पनि सुनाए । उनले भने,‘योभन्दा अघिका सरकारहरू के हेरेर बसेका थिए। त्यतिबेला सरकारमा बसेका मान्छे नै अहिले ठूला–ठूला कुरा गर्छन्।’

भ्रष्टाचार नियन्त्रणमा सरकार सक्रिय रहेको पनि उनको दाबी थियो । उनले थपे,‘सरकारले भ्रष्टाचार गर्नेलाई अहिले धमाधम पक्राउ गरिरहेको छ, अहिले भ्रष्टाचार बढेको होइन गिरफ्तारी बढेको हो। भ्रष्टाचारमा संलग्नलाई सानो ठूलो भनेर हेरिँदैन। सबैलाई कारबाही हुन्छ।’

प्रधानमन्त्री ओलीले सरकारी जग्गा अतिक्रमण गर्नेलाई पनि सरकारले नछोड्ने चेतावनी दिए । विभिन्न ठाउँमा अतिक्रमण भएका र भू(माफियाले कब्जा गरेका सरकारी जग्गाहरू पनि सरकारले विधि पुर्‍याएर फिर्ता लिने ओलीले विश्वास दिलाए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?