३३ किलो सुन तस्करीमा मुख्य अभियुक्त ‘गोरे जेल चलान !
सारांश
- मोरङ, १३ जेठ ।
- ३३ किलो सुन तस्करीमा मुख्य अभियुक्त चूडामणि उप्रेती ‘गोरे’लाई जेल चलान गरीएकाे छ ।
- ‘गोरे’लाई जिल्ला अदालत मोरङले पूर्पक्षका लागि थुनामा राख्न अाइतबार आदेश दिएको हाे ।
मोरङ, १३ जेठ । ३३ किलो सुन तस्करीमा मुख्य अभियुक्त चूडामणि उप्रेती ‘गोरे’लाई जेल चलान गरीएकाे छ ।
‘गोरे’लाई जिल्ला अदालत मोरङले पूर्पक्षका लागि थुनामा राख्न अाइतबार आदेश दिएको हाे ।
गोरेको बयान सकिएपछि भएको थुनछेक बहसमा अदालतले उप्रेतीलाई पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो ।
३३ किलो सुन तस्करी र सनम शाक्य हत्याका मुख्य अभियुक्तका रुपमा प्रहरीले उनीविरुद्ध ज्यान मार्ने उद्योग, अवैध तस्करी र ठगी मुद्दामा अनुसन्धान गरिरहेको छ । गोरेलाई प्रहरीले गएको हप्ता काठमाडौँको गौरीघाटबाट पक्राउ गरेको थियो ।
गोरेले दिएको बयान र सुन तस्करीको अभियोगमा पक्राउ परेका अरु अभियुक्तले दिएको बयान केही फरक परेपछि उनको बयान लम्बिएको थियो ।
गाेरेकाे बयान माेरङ जिल्ला अदालतले ३२ पेजमा उतारेकाे छ ।
प्रतिक्रिया