पाकिस्तानसँग नेपाल पराजित

Shikharkhabar Shikharkhabar
|
बिहिबार, माघ ११, २०८०
|
|
१८ पटक हेरिएको
Shares
पाकिस्तानसँग नेपाल पराजित

सारांश

  • काठमाडौं ।
  • यु–१९ विश्वकपमा नेपाल आफ्नो दोस्रो खेलमा पाकिस्तानसँग ५ विकेटले पराजित भएको छ ।
  • दक्षिण अफ्रिकामा भएको खेलमा १९८ रनको लक्ष्य पाएको पाकिस्तानले ४७.

काठमाडौं । यु–१९ विश्वकपमा नेपाल आफ्नो दोस्रो खेलमा पाकिस्तानसँग ५ विकेटले पराजित भएको छ । दक्षिण अफ्रिकामा भएको खेलमा १९८ रनको लक्ष्य पाएको पाकिस्तानले ४७.४ ओभरमा ५ विकेट गुमाएर पुरा गर्‍यो ।

पाकिस्तानको जितमा अजान अवाइसले अर्धसतक प्रहार गरे । उनले ८२ बलमा ६३ रन बनाए । यस्तै शामिल हुसेन र शाहजैब खानले ३७ ३७ रन बनाए भने अहमद हसनले २९ रन बनाए । नेपालका आकाश चन्दले ३ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै १९७ रन बनाएको थियो ।

नेपालका लागि ओपनर विपिन रावलले सर्वाधिक ३९ रन बनाए । यस्तै दिपक डुम्रेले २६ तथा कप्तान देव खनालले २३ र सुवास भण्डारीले २० रन बनाए । पाकिस्तानका अराफत मिनासले ३ विकेट लिए भने अहमद हुसेन र उवेद शाहले २/२ विकेट लिए ।

नेपालले लगातार दुई खेलमा दुई हार व्यहोरेको छ । पहिलो खेलमा न्यूजिल्याण्डसँग ६४ रनले पराजित भएको थियो । नेपालले अब समूह चरणको अन्तिम खेलमा अफ्गानिस्तानको सामना गर्नेछ ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Afterwest

    I do agree with all the ideas you have introduced on your post They are very convincing and will definitely work Still the posts are very short for newbies May just you please prolong them a little from subsequent time Thank you for the post

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?