सुर्खेतका ७ हजार सवारी साधन ट्राफिक कारवाहीमा

Shikharkhabar Shikharkhabar
|
शनिबार, मंसिर १५, २०७५
|
|
३९ पटक हेरिएको
Shares
सुर्खेतका ७ हजार सवारी साधन ट्राफिक कारवाहीमा

सारांश

  • सुर्खेत, १५ मंसिर – जिल्ला ट्राफिक कार्यालयले चालु आवको पहिलो चौमासिकमा ट्राफिक नियम उल्लङ्घन गर्ने सात हजार सवारी साधनलाई कारवाही गरेको छ ।
  • ट्राफिक कारवाहीमा परेका सात हजार २४२ सवारीबाट चार महीनामा प्रहरीले ४३ लाख ८० हजार राजश्व सङ्कलन गरेको छ ।
  • ट्राफिक नियम विपरीत सञ्चालन भएका सवारीलाई कारवाही गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख वसन्त रजौरेले राससलाई जानकारी दिए ।

सुर्खेत, १५ मंसिर – जिल्ला ट्राफिक कार्यालयले चालु आवको पहिलो चौमासिकमा ट्राफिक नियम उल्लङ्घन गर्ने सात हजार सवारी साधनलाई कारवाही गरेको छ ।

ट्राफिक कारवाहीमा परेका सात हजार २४२ सवारीबाट चार महीनामा प्रहरीले ४३ लाख ८० हजार राजश्व सङ्कलन गरेको छ । ट्राफिक नियम विपरीत सञ्चालन भएका सवारीलाई कारवाही गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख वसन्त रजौरेले राससलाई जानकारी दिए ।

“नियम विपरीत सञ्चालन गरी ट्राफिक कारवाहीमा पर्ने सवारीमा सबैभन्दा बढी मादकपदार्थ सेवनका छन्,” प्रहरी उपरीक्षक रजौरेले भने, ‘साउनमा एक हजार ४४१, भदौमा एक हजार ६९७, असोजमा एक हजार ८१४ र कात्तिकमा दुई हजार २९० सवारी कारवाहीमा परेका थिए ।’ उनका अनुसार ट्राफिक कारवाही प्रक्रिया बढे पनि ट्राफिक नियम विपरीत सञ्चालन हुने सवारी सङ्ख्या घटेको छैन ।

त्यसैगरी उहाँले अवैध रुपमा नदीजन्य पदार्थको अवैध निकासी पैठारी गर्ने कार्यमा संलग्न २२ ट्र्याक्टर, पाँच टिपर, तीन ट्रक र एक डोजर गरी ३१ सवारी साधनलाई आवश्यक कारवाहीका लागि स्थानीय तहमा पठाइएको जनाए । त्यस्तै सात हजार ३२० लिटर कच्चा, तीन हजार ५१४ लिटर तयारी र ५१ थान उत्पादन सामग्रीसहित अवैध स्थानीय मदिरा बरामद गरिएको उनले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?