बाजुरा वाम गठबन्धनको कब्जामा

Shikharkhabar Shikharkhabar
|
शनिबार, मंसिर २३, २०७४
|
|
५२ पटक हेरिएको
Shares
बाजुरा वाम गठबन्धनको कब्जामा

सारांश

  • बाजुरा जिल्लामा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा प्रत्येक्षतर्फका सबै सिटमा वाम गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।
  • प्रतिनिधिसभातर्फ एमालेका उम्मेदवार लाल बहादुर थापा भारी मतले विजयी भएका छन् ।
  • विजयी उम्मेदवार थापाले ४ हजार ८ आठ सय ७४ मतान्तरले प्रतिद्वन्द्वी कांग्रेसका कविराज पण्डितलाई पराजित गरेका छन् ।

बाजुरा जिल्लामा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा प्रत्येक्षतर्फका सबै सिटमा वाम गठबन्धनका उम्मेदवार विजयी भएका छन् । प्रतिनिधिसभातर्फ एमालेका उम्मेदवार लाल बहादुर थापा भारी मतले विजयी भएका छन् ।

विजयी उम्मेदवार थापाले ४ हजार ८ आठ सय ७४ मतान्तरले प्रतिद्वन्द्वी कांग्रेसका कविराज पण्डितलाई पराजित गरेका छन् । थापाले २८ हजार ६५ मत प्राप्त गरेका छन् भने कांग्रेसका पण्डितले २३ हजार १ सय ९१ मत प्राप्त गरेका थिए । विजयी उम्मेदवार थापा २०५४ सालमा जिल्ला विकास समितिका सभापति बनेका थिए । उनी एमालेका केन्द्रीय सदस्य हुन् ।

यसैगरी प्रदेशतर्फ ‘क’ मा नेकपा एमालेका उम्मेदावर बलदेव रेग्मीले ९ हजार ८ सय ४० मत प्राप्त गरी विजयी भएका छन् । रेग्मी एमाले बाजुरा जिल्ला कमिटी सचिव हुन् । रेकग्मीका प्रतिद्वन्दी काँग्रेसका जनकराज गिरीले ८ हजार ३ सय ११ मत प्राप्त गरे ।

त्यसैगरी प्रदेश सभाको निर्वाचन क्षेत्र नम्वर ‘ख’ बाट वाम गठवन्धन तर्फबाट एमालेका प्रकाश शाह भारी मतका साथ विजयी भएका छन् । उनले कांंग्रेसका पदम शाहीलाई ३ हजार ८ सय ५९ मतले पछि पार्दै विजयी भएका छन्। विजयी भएका शाहले १८ हजार ८ सय ३६ मत प्राप्त गरेका छन् ।

नेपाली कांग्रेसका पदम शाहीले १४ हजार ९ सय ७७ मत प्राप्त गरे । बाजुरामा ५२ हजार ९ मत ४५ मत खसेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अस्थायी राजधानी र प्रदेश प्रमुख तत्काल तोक्न मधेशवादी दलको माग
अस्थायी राजधानी र प्रदेश प्रमुख तत्काल तोक्न मधेशवादी दलको माग
सुबास नेम्वाङमा सहमति नभए शिवमाया तुम्बाहाङ्फेलाई सभामुख बनाउने ओलीको रणनीति
सुबास नेम्वाङमा सहमति नभए शिवमाया तुम्बाहाङ्फेलाई सभामुख बनाउने ओलीको रणनीति
इङ्गलिस प्रिमियर लिगमा आज ९ खेल हुँदै
इङ्गलिस प्रिमियर लिगमा आज ९ खेल हुँदै
आज नरक चतुर्दशी, कुकुर तिहार
आज नरक चतुर्दशी, कुकुर तिहार
एमालेले माओवादीलाई माइनस गर्न खोजेको हो ? यसो भन्छन माधव नेपाल
एमालेले माओवादीलाई माइनस गर्न खोजेको हो ? यसो भन्छन माधव नेपाल
आजदेखि काठमाडौंलाई ट्रान्जिट बनाएर भैरहवाबाट हङकङ र दिल्ली उडान
आजदेखि काठमाडौंलाई ट्रान्जिट बनाएर भैरहवाबाट हङकङ र दिल्ली उडान
स्वास्थ्य बीमा पहिलो प्राथमिकतामा : मन्त्री गिरी
स्वास्थ्य बीमा पहिलो प्राथमिकतामा : मन्त्री गिरी
उमा र प्रकाश को माया कसैले पनि छुटाउन नसक्ने उमा को यस्तो दाबी {भिडियो सहित }
उमा र प्रकाश को माया कसैले पनि छुटाउन नसक्ने उमा को यस्तो दाबी {भिडियो सहित }
बुलेटबाट एलपी ग्यास ल्याउनमा देखिएको समस्या कारण नाकाबन्दीमा भन्दा पनि बढी ग्यासको अभाव हुनसक्ने
बुलेटबाट एलपी ग्यास ल्याउनमा देखिएको समस्या कारण नाकाबन्दीमा भन्दा पनि बढी ग्यासको अभाव हुनसक्ने
ट्रम्पको फेसबुक र इन्स्टाग्राम एकाउन्ट २ साताका लागि बन्द
ट्रम्पको फेसबुक र इन्स्टाग्राम एकाउन्ट २ साताका लागि बन्द