दुईतिहाईको शक्तिशाली सरकार केही गर्न नसकिने मनोविज्ञानका साथ पूर्व तयारीमा: लेखक

Shikharkhabar Shikharkhabar
|
शनिबार, बैशाख ८, २०७५
|
|
२२ पटक हेरिएको
Shares
दुईतिहाईको शक्तिशाली सरकार केही गर्न नसकिने मनोविज्ञानका साथ पूर्व तयारीमा: लेखक

सारांश

  • काठमाडौं, ८ बैशाख ।
  • प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री रमेश लेखकले वर्तमान सरकार केही पनि गर्न नसक्ने मनोविज्ञानका साथ पूर्वतयारीमा लागेको बताएका छन् ।
  • उनले दुईतिहाईको शक्तिशाली भनिएको सरकारको बारेमा अहिल्यै टिकाटिप्पणी गर्नु हतारो हुने भए पनि सरकार भने हतार गरेर अघि बढेको आरोप लगाए ।

काठमाडौं, ८ बैशाख । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री रमेश लेखकले वर्तमान सरकार केही पनि गर्न नसक्ने मनोविज्ञानका साथ पूर्वतयारीमा लागेको बताएका छन् । उनले दुईतिहाईको शक्तिशाली भनिएको सरकारको बारेमा अहिल्यै टिकाटिप्पणी गर्नु हतारो हुने भए पनि सरकार भने हतार गरेर अघि बढेको आरोप लगाए ।

रिपोर्टर्स क्लवमा बोल्दै लेखकले भने, “वर्तमान सरकार केही गर्न नसक्ने मनोविज्ञानका साथ पूर्व तयारी गरिरहेको छ ।” केही गर्न नसकिने अवस्थामा अपजस नलिनेगरी वर्तमान पूर्व तयारीमा लागेको उनको तर्क थियो ।

कांग्रेस नेता लेखकले भने, “सरकार अहिले जुन हतार गरेर अघि बढेको छ । यो राम्रो भएन । सरकारले हतार गरेर राष्ट्रपतिलाई ठिक÷बेठिक प्रक्रियामा सलंग्न गराएको थियो । अब अर्थमन्त्रीले जारी गरेको स्वेतपत्रकै कुरा गर्नुहुन्छ भने उहाँले राज्यको ढुकुटी रित्तियो भन्नुभयो, तर अहिले पनि पूँजीगत खर्च डेढ खर्ब छ । यो तीन महिनाभित्र प्रतिदिन १३ अर्ब रुपैयाँ खर्च गर्नुपर्छ भनेर कान्तिपुर पत्रिकाले तथ्यसहित समाचार प्रकाशन गरेको छ । कान्तिपुरको समाचार सत्य हो कि अर्थमन्त्रीको स्वतेपत्र ?” हो, यही हो सरकारको हतारो ।”

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Paudel Laxman

    Haruwa deuba Ko tail dherai bak bak nagar

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?