सांसद उत्तरकुमार ओलीका स्वकीय सचिवकाे घरमा प्रहरीकाे छापा !

Shikharkhabar Shikharkhabar
|
शनिबार, कार्तिक २४, २०७५
|
|
५७ पटक हेरिएको
Shares
सांसद उत्तरकुमार ओलीका स्वकीय सचिवकाे घरमा प्रहरीकाे छापा !

सारांश

  • घोराही, २४ कात्तिक ।
  • दाङमा प्रहरीले विभिन्न स्थानमा छापामारेर ३९ जना जुवाडे पक्राउ गरेको छ ।
  • उनीहरूको साथबाट प्रहरीले ३ लाख ३६ हजार रकम बरामद गरेको छ ।

घोराही, २४ कात्तिक । दाङमा प्रहरीले विभिन्न स्थानमा छापामारेर ३९ जना जुवाडे पक्राउ गरेको छ ।उनीहरूको साथबाट प्रहरीले ३ लाख ३६ हजार रकम बरामद गरेको छ । शनिबार बिहान पश्चिम दाङका दुई स्थानमा प्रहरीले छापा मारेको छ । ती स्थानबाट २ लाख ७६ हजार रुपियाँसहित ३९ जना जुवाडे पक्राउ परेका छन् ।

तुलसीपुर उपमहानगरपालिका वडा नं. १२ टरिगाउँस्थित रमेश चौधरी र दंगीशरण गाउँपालिका वडा नं. २ सरुवा डाँडास्थित वीरबहादुर शाह भनिने यामेन शाहको घरमा छापा हान्दा ३९ जुवाडे सहित २ लाख ७६ हजार बरामद भएको प्रहरीले जनाएको छ । शाह सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता एवम् प्रदेश सांसद उत्तरकुमार ओलीका स्वकीय सचिव पनि हुन् । प्रदेश सांसद ओलीका स्वकीय सचिव शाहको घरमा छापाहानेर जुवाडेलाई पक्राउ गरे पनि शाहलाई पक्राउ नगरिएको दाङका निमित्त प्रहरी प्रमुख रामप्रसाद घर्तीले बताए ।

उनले टरिगाउँस्थित चौधरीको घरमा आइतबार बिहान २ बजेतिर छापाहान्दा १५ जना जुवाडेसहित ८७ हजार ३ सय रुपियाँ बरामद भएको बताए । दंगीशरण गाउँपालिका वडा नं. २ को सरुवा डाँडास्थित नेकपाका नेता शाहको घरमा छापा हान्दा २४ जना जुवाडेका साथबाट १ लाख ८९ हजार नगद बरामद भएको बताएका छन् । नेकपाका नेता एवम् प्रदेश सांसद ओलीका स्वकीय सचिव शाहको घरबाट ४८ थान कौडा र चौधरीको घरबाट १०४ थान तास बरामद भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

लम्जुङमा आग्लागी, २० लाखको धनमाल क्षति भएको अनुमान
लम्जुङमा आग्लागी, २० लाखको धनमाल क्षति भएको अनुमान
६ नम्बर प्रदेशमा एमालेले किन झिक्यो लफडा ? मुख्यमन्त्रीका उम्मेदवार शाही अलपत्र
६ नम्बर प्रदेशमा एमालेले किन झिक्यो लफडा ? मुख्यमन्त्रीका उम्मेदवार शाही अलपत्र
ललितपुर मेयर कप : एपीएफ क्लब लिग चरणका खेलमा अपराजित
ललितपुर मेयर कप : एपीएफ क्लब लिग चरणका खेलमा अपराजित
मिटरब्याज पीडितलाई आन्दोलन फिर्ता लिन सरकारको आग्रह
मिटरब्याज पीडितलाई आन्दोलन फिर्ता लिन सरकारको आग्रह
काठमाण्डाैकाे फोहोर उठ्न अझै १ हप्ता लाग्ने
काठमाण्डाैकाे फोहोर उठ्न अझै १ हप्ता लाग्ने
काठमाडौं महानगरका मेयर र उपमेयरले लिए पद तथा गोपनियताको सपथ
काठमाडौं महानगरका मेयर र उपमेयरले लिए पद तथा गोपनियताको सपथ
वाम गठबन्धनले मात्र जनताको अधिकार दिलाउन सक्ने दाबी
वाम गठबन्धनले मात्र जनताको अधिकार दिलाउन सक्ने दाबी
एमाले-माओवादीबीच मिल्यो भागबण्डा ! अव मार्क्स जयन्तीका घोषण
उदयपुरमा एकै दिन ४ जनाको सव फेला
उदयपुरमा एकै दिन ४ जनाको सव फेला
ओली यस्ता घोडा हुन्, जो तगडा सवारी चलाउने क्षमता राख्छन्। तर चाबुक लगाइरहनुपर्छ।’