त्रिकोणात्मक सिरिज नेपालद्धारा अमेरिका ८ विकेटले पराजित, सन्दिप बने नायक

Shikharkhabar Shikharkhabar
|
बुधबार, माघ २९, २०७६
|
|
७३ पटक हेरिएको
Shares
त्रिकोणात्मक सिरिज  नेपालद्धारा अमेरिका ८ विकेटले पराजित, सन्दिप बने नायक

सारांश

  • काठमाडौं, २९ माघ ।
  • त्रिकोणात्मक सिरिज अन्तगर्त अन्तिम एकदिवसीय खेलमा नेपालले अमेरिकालाई ८ विकेटले पराजित गरेको छ।
  • आज बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा अमेरिकाले दिएको ३६ रनको न्यून लक्ष्य नेपालले ५.

काठमाडौं, २९ माघ । त्रिकोणात्मक सिरिज अन्तगर्त अन्तिम एकदिवसीय खेलमा नेपालले अमेरिकालाई ८ विकेटले पराजित गरेको छ। आज बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा अमेरिकाले दिएको ३६ रनको न्यून लक्ष्य नेपालले ५.१ ओभरमा पूरा गर्यो।

लेग स्पिनर सन्दीप लामिछाने र अर्का स्पिनर सुसान भारी चम्किएपछि अमेरिकाको ब्याटिङ ध्वस्त भएको थियो। सन्दीपले ६ र सुसानले ४ विकेट लिए। जितसँगै नेपालले त्रिकोणात्मक सिरिजमा दुई जित हात पारेको छ। त्रिकोणात्मक सिरिज अन्तर्गत अमेरिकी र ओमानी टोली नेपाल भ्रमणमा थिए। ओमानले भने सिरिजको चारवटै खेल जितेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?