पानीघट्टबाटै घर व्यवहार !

Shikharkhabar Shikharkhabar
|
बुधबार, आश्विन ३, २०७५
|
|
३० पटक हेरिएको
Shares
पानीघट्टबाटै घर व्यवहार !

सारांश

  • मुसिकोट, ३ असोज  ।
  • रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकाका बासिन्दा पानीघट्टबाट मनग्य आम्दानी गर्दै आएका छन् ।
  • साविकको पेउघा गाविसको काँइयो खोलामा ३० भन्दा बढी पानीघट्ट सञ्चालन गरेर स्थानीयवासीले पर्याप्त आम्दानी गर्न थालेका छन् ।

मुसिकोट, ३ असोज  । रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकाका बासिन्दा पानीघट्टबाट मनग्य आम्दानी गर्दै आएका छन् । साविकको पेउघा गाविसको काँइयो खोलामा ३० भन्दा बढी पानीघट्ट सञ्चालन गरेर स्थानीयवासीले पर्याप्त आम्दानी गर्न थालेका छन् । खोला किनारमा निर्माण गरिएका पानीघट्टमार्फत घरव्यवहार चलाउन सहयोग पुगेको छ । थोरै रकम र कम मेहनतले नै पानीघट्टबाट फाइदा लिन सकिने स्थानीयवासी निर्मल चन्दले बताए । पानीघट्टको आम्दानीले बालबालिकाको पढाइ लेखाइमा समेत सहयोग पुगेको उनको भनाइ छ ।

एक दशक अघिदेखि घर नजिकै पानीघट्ट सञ्चालन गरेका सेरमान खड्का सोचेभन्दा बढी आम्दानी गर्दै आएको बताउँछन् । “पानीघट्टकै आम्दानीले घरखर्च चलाउन सजिलो भएको छ,” उनले भने । यहाँका पानीघट्टमा गहुँ र मकै पिसानी गरेबापत घट्ट सञ्चालकलाई सोअनुसारको पीठो दिने प्रचलन छ । पानीघट्टमा दैनिक २० पाथीभन्दा बढी मकै र गहुँ पिस्ने गरिन्छ । पानीघट्टकै आम्दानीबाट कतिपय घट्ट सञ्चालकले गहुँ र मकै बिक्री गर्ने गरेका छन् । नगदेबाली तथा तरकारी उत्पादनका हिसाबले त्रिवेणी गाउँपालिकाको मुरु र पेउघालाई पकेट क्षेत्रका रुपमा लिने गरिन्छ । वडा नम्बर ७, ८, ९, र १० का झण्डै एक हजार ८०० घरधुरीले यहाँका पानीघट्टमा गहुँ, मकै र कोदोलगायत अन्न पिस्ने गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?