पानी जहाज मैले दिउँसै देखेको सपना हो, राति होइन: प्रधानमन्त्री ओली

Shikharkhabar Shikharkhabar
|
आइतबार, जेठ १३, २०७५
|
|
२९ पटक हेरिएको
Shares

सारांश

  • काठमाडाै, १३ जेठ ।
  • प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री केपी शर्मा ओलीले रेल पनि बन्ने र पानी जहाज पनि चलाउने बताएका छन् ।
  • सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिँदै ओलीले रेल र पानी जहाज मजाकमा उडाउने विषय नभएको बताए ।

काठमाडाै, १३ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री केपी शर्मा ओलीले रेल पनि बन्ने र पानी जहाज पनि चलाउने बताएका छन् ।

सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिँदै ओलीले रेल र पानी जहाज मजाकमा उडाउने विषय नभएको बताए । उनले भने, ‘हेर्दाहेर्दै इष्टटिमोरमा समुन्द्रबाट जान्छौं । जलमार्गबाटै ढुवानी गर्छौं ।’

‘पानी जहाज निदाएका बेला देखेको सपना ब्यूँझिएको बेला भनेको होइन’ उनले अघि भने ।

पानी जहाजको योजनालाई विपक्षी सांसदहरुले दिवासप्ना भनेको उल्लेख गर्दै उनले भने, ठीकै भन्नुभयो । मैले दिउँसै देखेको सपना हो, राति होइन ।’

सरकारका नीति तथा कार्यक्रम आकाक्षाहीन र कर्मकाण्डी नभएको अाेलीले स्पस्ट पारे ।

असम्भव महत्वकाक्षा नभइ सम्भव र सकिने खालका महत्वकाँक्षा नीति तथा कार्यक्रममा समेटिएको उनको दाबी छ ।

प्रतिनिधि सभाको बैठकमा सरकारका नीति तथा कार्यक्रममाथि भएको छलफलमा उठेका प्रश्नको आइतवार जवाफदिने क्रममा प्रधानमन्त्री ओलीले सरकारका नीति तथा कार्यक्रमका आकाँक्षा ठीक रहेको र यसलाई पूरा गर्न सरकार प्रतिबद्ध रहेको बताएका हुन् । नीति तथा कार्यक्रमले सही दिशा लिएको समेत उनले दावी गरे ।

संसदमा भएको छलफलमा प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारका नीति तथा कार्यक्रम अति महत्वकाक्षी र कार्यान्वयनकालागि आधारहीन भएको बताएको थियो ।

‘नीति तथा कार्यक्रम आकाक्षाहीन छैन, सम्पूर्ण नेपाली जनताका आकाक्षाहरु, राम्रा आकाँक्षाको समष्टि छ’ ओलीले भने, ‘राष्ट्रलाई तेस्रो विश्वबाट पहिलो विश्वमा पुर्‍याउन नपाइने ?’

राष्ट्रपति विद्या भण्डारीले जेठ ७ गते संसदका दुवै सदनमा पेश गरेको सरकारका नीति तथा कार्यक्रम आइतवार नै पारित गर्ने तयारी छ ।

प्रतिक्रिया

7 कमेन्ट

    Comment Author

    Krishna Shrestha

    रोग लागेछ ़ पागल होला है

    Comment Author

    Bishnu Sitaula

    तपाईं ले जति सपना कसले पो देख्ला र…???

    Comment Author

    सन्देश घर्ती मगर

    पनि जहाज साउने को बर्खे भल मा त होला नि गुडाउने

    Comment Author

    Dip Deepika Cp

    काकै ले धेरै सपना पूरा गर्नु भो
    । काकै अब सबै सुबिधा पुराउनु भो अब ठुक्क बस्नु

    Comment Author

    Rarahang Kulman

    मेची देखी महाकाली सम्म भन्नु पर्दा, हिमाली क्षेत्र,पहाडी क्षेत्र जस्तो बिकट ठाउमा गाडिको बाटो पुर्याउन नसक्नेहरुले नेपालमा पानीजाहाज ल्याउछु भन्नु चाही मोदिको फोस्रो आस्वासन हो। तेरो देश मेरो भारतमा सबै मिला त जे भन्छस म तेहि पुरा गर्दिन्छु ।

    Comment Author

    Dipendra KC

    राम्रो मान्छे ले सपना देख्ने भनेको त राति हो ,,,,,,,,,,,?

    Comment Author

    Kedar Dotel

    हवाई जहाजको ब्यबस्थापन गर्न नसक्ने निर्लजहरु पाइपमा ग्यास आउछ भने झैँ अझै पानीजहाज चलाउने गफ दिई रहेछन् । त्यसो हो भने TU को पाठ्यक्रममा पनि यो बिषयमा पढाउन थाल्न ढिलो भएन ????????? सब मेरिन चलाएको सपना पनि देखि दिनुहोस् न प्लिज !!!!!!!

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 7
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?