सरकारले भ्रष्टाचारी जोगाएको कांग्रेस नेताको आरोप
सारांश
- काठमाडौं ।
- स्याङ्जा पुगेका पूर्वउपप्रधानमन्त्री एवं नेपाली कांग्रेसका नेता गोपालमान श्रेष्ठले सरकार भ्रष्टाचारीलाई जोगाउन लागिपरेको आरोप लगाएका छन् ।
- सरकारले वाइडबडी विमान खरीद प्रकरणका दोषीलाई जोगाउनकै लागि छानबिन समिति गठन गरेको बताउनुभयो ।
काठमाडौं । स्याङ्जा पुगेका पूर्वउपप्रधानमन्त्री एवं नेपाली कांग्रेसका नेता गोपालमान श्रेष्ठले सरकार भ्रष्टाचारीलाई जोगाउन लागिपरेको आरोप लगाएका छन् ।
सरकारले वाइडबडी विमान खरीद प्रकरणका दोषीलाई जोगाउनकै लागि छानबिन समिति गठन गरेको बताउनुभयो । वालिङ उद्योग वाणिज्य संघले आयोजना गरेको सातौँ महोत्सवको समापन समारोहमा श्रेष्ठले कम्युनिष्ट सरकार गठन भएको एक वर्ष भैसकेको, मुलुकमा महंगी र भ्रष्टाचार दिनानुदिन बढ्दै गएको बताएका छन् । उनले सरकारले ठूला माछा समाउन नसकेको दाबी गरे ।
निर्वाचनमा कांग्रेस पराजित हुनुको कारण कसैलाई दोष नलगाउने उनले बताए । आफ्नैका कारण हार बेहोर्नुपरेको बताए । कार्यक्रममा कांग्रेसका केन्द्रीय सदस्य धनराज गुरुङले नेपाल समृद्धिको नाममा छट्पटाइरहेको बताए ।
महोत्सव अवधिभर पाँच लाख बढी दर्शकले अवलोकन गरेका छन् भने रु २० करोड बढीको आर्थिक कारोवार भएको संघका अध्यक्ष एवं आयोजक मूलसमिति संयोजक शोभाकान्त पौडेलले जानकारी दिए । माघ १७ गतेदेखि शुरु भएको महोत्सव माघ २८ गतेसम्मका लागि आयोजना गरिए पनि वर्षाका कारण दुई दिन स्थगन भएको थियो । फेरि तीन दिन थप गरी शुक्रबार समापन हुँदैछ ।
प्रतिक्रिया