हजारका नक्कली नोटसहित मोहम्मद अनिल मिया पक्राउ

Shikharkhabar Shikharkhabar
|
बिहिबार, श्रावण २३, २०७६
|
|
३४ पटक हेरिएको
Shares
हजारका नक्कली नोटसहित मोहम्मद अनिल मिया पक्राउ

सारांश

  • उदयपुर।
  • प्रहरीले उदयपुरबाट हजारका नक्कली नोटसहित एक जनालाई पक्राउ गरेको छ।
  • चौदण्डीगढी नगरपालिका(५ सिवाई बस्ने मोहम्मद अनिल मियालाई प्रहरीले मंगलबार साँझ पक्राउ गरेको हो।

उदयपुर। प्रहरीले उदयपुरबाट हजारका नक्कली नोटसहित एक जनालाई पक्राउ गरेको छ।चौदण्डीगढी नगरपालिका(५ सिवाई बस्ने मोहम्मद अनिल मियालाई प्रहरीले मंगलबार साँझ पक्राउ गरेको हो।उनको साथबाट च्यातिएको अवस्थामा रहेको १ हजार दरका २ वटा र लुकाई राखेको १ हजार दरका थप ३९ वटा नक्कली नोट बरामद गरिएको छ।

मोहम्मदले सोही ठाउँस्थित किराना पसलमा १ सय ४० रुपैयाँको सामान किनी हजार रुपैयाँको नोट दिएर ८ सय ६० फिर्ता लिएका थिए।पछि उक्त हजारको नोट नक्कली भएको खुलासा भएपछि ईलाका प्रहरी कार्यालय सुन्दरपुरबाट खटिएको प्रहरीले मोहम्मदको घर तलासी गर्दा उक्त नोटहरु फेला परेको हो।यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

यो पनि पढ्नुहोस

निर्माणाधीन आश्रम भवनलाई पाँच लाख ६२ हजार सहयोग

चितवनको इच्छाकामना गाउँपालिका–४ कुरिनटारस्थित इच्छाकामना मन्दिर परिसरमा निर्माण भइरहेको आश्रमका लागि विभिन्न व्यक्तिबाट रु पाँच लाख ६२ हजार २०० सहयोग प्राप्त भएको छ । एक स्थानीयवासी इच्छाकामना–४ कुरिनटारका ध्रुवराज त्रिपाठीले रु पाँच लाखको चेक गाउँपालिका उपाध्यक्ष कृतिकुमार श्रेष्ठ र मन्दिर व्यवस्थापन समितिलाई हस्तान्तरण गर्नुभएको हो ।यसैबीच स्थानीय खोमप्रसाद त्रिपाठी र बिजुला त्रिपाठीले रु ५१ हजार १०१, पदमकुमारी सिलवालले रु पाँच हजार १०० र श्रीमाय अधिकारीले रु पाँच हजार सहयोग हस्तान्तरण गर्नुभएको छ । बुधबार एक कार्यक्रमबीच उहाँहरूले उक्त सहयोग रकम हस्तान्तरण गर्नुभएको हो ।

रु एक करोड लागतमा बन्ने उक्त भवन वृद्धाश्रम, सत्तल, पुस्तकालय सभाहललगायत सामाजिककार्यमा प्रयोग गरिने मन्दिर समितिका अध्यक्ष बुद्धिप्रसाद सिलवालले बताउनुभयो । भवन निर्माणका लागि गाउँपालिकाले गत वर्ष रु चार लाख सहयोग गरेको बताउनुभयो । साथै उहाँले अन्य रकम स्थानीयवासी विभिन्न उद्योगी÷व्यवसायी तथा सामाजसेवीको सहयोगमा भवन निर्माण भइरहेको बताउनुभयो । अहिलेसम्म रु १९ लाख खर्च भइसकेको र भवन निर्माण सम्पन्न गर्न रु एक करोड लाग्ने मन्दिर निर्माण समितिका अध्यक्ष शङ्कर सिलवालले बताउनुभयो । गाउँपालिका उपाध्यक्ष कृतिकुमार श्रेष्ठले भवन सम्पन्न गर्नका लागि गाउँपालिकाले यस आर्थिक वर्षमा रु ११ लाख रकम छुट्याइएको बताउनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आमाछोरी एउटै पदमा भिड्दै,आफन्त र भोटरहरु अन्योलमै
आमाछोरी एउटै पदमा भिड्दै,आफन्त र भोटरहरु अन्योलमै
सभामुख र उपसभामुख फरक दलको हुनुपर्ने भन्दै सर्वोच्चमा रिट
सभामुख र उपसभामुख फरक दलको हुनुपर्ने भन्दै सर्वोच्चमा रिट
शैक्षिक क्षेत्रको सुधारका लागि सरकारले कुनै कसर बाँकी राख्दैन : प्रधानमन्त्री
शैक्षिक क्षेत्रको सुधारका लागि सरकारले कुनै कसर बाँकी राख्दैन : प्रधानमन्त्री
गगनले भने अनुसार कार्वाही होला कांग्रेसभित्र!
गलत पत्र भाइरल भएपछि आइजिपी सर्वेन्द्र खनाललाई तनाव (पत्रसहीत)
गलत पत्र भाइरल भएपछि आइजिपी सर्वेन्द्र खनाललाई तनाव (पत्रसहीत)
काठमाडौ महानगरमा ६ हजार भन्दा बढी मतले बालेन शाहकाे अग्रता कायमै
काठमाडौ महानगरमा ६ हजार भन्दा बढी मतले बालेन शाहकाे अग्रता कायमै
एप्पलले ल्यायो भूउपग्रहसँग सम्पर्क र कार दुर्घटना पत्ता लगाउने क्षमता सहितको आईफोन र घडी सार्वजनिक
एप्पलले ल्यायो भूउपग्रहसँग सम्पर्क र कार दुर्घटना पत्ता लगाउने क्षमता सहितको आईफोन र घडी सार्वजनिक
सात करोडमा आश्रयस्थल
सात करोडमा आश्रयस्थल
कस्का लागि मर्दैछिन त जेनिशा यस्तो रहस्य बाहिरियो {भिडियो सहित }
कस्का लागि मर्दैछिन त जेनिशा यस्तो रहस्य बाहिरियो {भिडियो सहित }
लेकबेंसी–१ मा एमालेका पुन विजयी
लेकबेंसी–१ मा एमालेका पुन विजयी

तपाईंले छुटाउनुभयो कि?