नेपालमा पेट्रोल डिजेल कति धेरै खपत! भारतभन्दा सस्तो

Shikharkhabar Shikharkhabar
|
बिहिबार, फाल्गुन १७, २०७४
|
|
२८ पटक हेरिएको
Shares
नेपालमा पेट्रोल डिजेल कति धेरै खपत! भारतभन्दा सस्तो

सारांश

  • काठमाडौं, १७ फागुन- चालु आर्थिक वर्षको पछिल्लो ६ महिनामा ७५ अर्ब २० करोड रुपैयाँको १३ लाख २५ हजार दुई सय ७५ किलोलिटर/मेट्रिकटन इन्धन आयात भएको छ।
  • नेपाल आयल निगमले विगतका वर्षको यसै अवधिको तुलनामा यो आयात हालसम्मकै उच्च भएको जानकारी दिएको छ।
  •  आजको अन्नपूर्ण पोष्टमा खबर छ ।

काठमाडौं, १७ फागुन- चालु आर्थिक वर्षको पछिल्लो ६ महिनामा ७५ अर्ब २० करोड रुपैयाँको १३ लाख २५ हजार दुई सय ७५ किलोलिटर/मेट्रिकटन इन्धन आयात भएको छ। नेपाल आयल निगमले विगतका वर्षको यसै अवधिको तुलनामा यो आयात हालसम्मकै उच्च भएको जानकारी दिएको छ। आजको अन्नपूर्ण पोष्टमा खबर छ ।

आर्थिक वर्ष २०७२/७३ को तुलनामा चालु आर्थिक वर्षको ६ महिनामा १६ अर्ब २६ करोड रुपैयाँ बढी मूल्यको इन्धन आयात भएको छ। खपत यसरी नै वृद्धि भइरहने हो भने चालु आर्थिक वर्षमा अहिलेकै मूल्यका आधारमा एक खर्ब ५० अर्ब ४० करोडको इन्धन आयात हुनेछ।

आर्थिक वर्ष २०७२/७३ मा ५८ अर्ब ९४ करोड रुपैयाँको १३ लाख ३९ हजार एक सय ७७ किलोलिटर/मेट्रिकटन इन्धन आयात भएको थियो। निगमका प्रवक्ता वीरेन्द्र गोइतका अनुसार सवारीसाधनको बढ्दो चाप, विकास निर्माण, जलविद्युत्लगायत कारण पछिल्लो समयमा इन्धनको खपत उच्च परिमाणमा बढेको छ।

‘स्थायी सरकार बनेसँगै विकास निर्माणले गति लिएको छ’, गोइतले भने, ‘त्यसबाहेक सडक खन्न अहिले प्रत्येक गाउँपालिकाले स्काभेटर र डोजर खरिद गरेका छन्। गाउँगाउँमा इन्धनमा आधारित कृषि यन्त्र पुगेका छन्। सोहीअनुपातमा जलविद्युत् उत्पादन र नयाँनयाँ सवारीसाधन पनि थपिने क्रम झनै बढ्ेको छ।’ यसले गर्दा इन्धनको खपत उच्च परिमाणमा बढेको हो। मागअनुसार इन्धनको आयात पनि वृद्धि भएको छ।

प्रादेशिक सरकार, गाउँपालिका र नगरपालिकाका कारण पनि इन्धन खपत बढेको हो। अहिले प्रत्येक प्रादेशिक सरकार संरचनाअनुसार सांसद र मन्त्री गरी दर्जनौं परिमाणमा सवारीसाधन थपिएका छन्। यस्तै गाउँपालिका र नगरपालिकामा पनि सवारीसाधन थपिएका छन्। ‘यसले गर्दा यो वर्षको ६ महिनामै उच्च परिमाणमा इन्धन आयात देखिएको हो’, गोइतले भने,‘मन्त्रीमण्डलले पूर्णता पाएपछि र सम्पूर्ण प्रदेशमा मन्त्रालय सञ्चालनमा आएपछि थप परिमाणमा खपत र आयात वृद्धि हुने अनुमान छ।’

आर्थिक वर्ष २०६९/७० को तुलनामा यो वर्षको ६ महिनामा २६ हजार सात सय नौ सय किलोलिटर बढी इन्धन आयात भएको छ। आर्थिक वर्ष २०७३/७४ मा भने एक खर्ब आठ अर्ब ९५ करोड मूल्यको २२ लाख २९ हजार सात सय ४० किलोलिटर/मेट्रिकटन इन्धन आयात भएको थियो। चालु आर्थिक वर्ष वाहेक पछिल्लो पाँच आर्थिक वर्षमा सबैभन्दा बढी इन्धन गत आर्थिक वर्ष आयात भएको थियो। गोइतका अनुसार खपत वृद्धिका कारण हाल थानकोट डिपोबाट दैनिक आठ सय किलोलिटर/मेट्रिकटन बिक्री हुन थालेको छ। अघिल्लो वर्षमा थानकोट डिपोबाट दैनिक दुई सय ५० किलोलिटर बिक्री हुन्थ्यो।

निगमका नायव कार्यकारी निर्देशक नागेन्द्र साहले चालु आर्थिक वर्षको जनवरीमा सबैभन्दा बढी इन्धन आयात भएको बताए। पछिल्लो चार वर्षको अवधिमा सबैभन्दा बढी इन्धन आयात गत जनवरीमा भएको हो। जनवरीमा दुई लाख ४२ हजार दुई सय चार किलोलिटर/मेट्रिकटन इन्धन आयात भएको थियो।

भारतभन्दा नेपालमा सस्तो

भारतभन्दा नेपालमा इन्धन सस्तो हुँदा सीमा क्षेत्रमा इन्धनको अवैध रूपमा चोरी निकासीसमेत हुने गरेको छ। अवैध रूपमा हुने चोरी निकासीका कारण पनि नेपालमा इन्धन आयात वृद्धि भएको हुन सक्ने अनुमान निगमको छ।

भारतीय सीमासँग जोडिएका नेपाली बजारबाट मोटरसाइकल, ग्यालेन, चार पांगे्र सवारीसाधनमा पेट्रोल र डिजेल भरी भारतीय क्षेत्रमा बिक्री गर्ने दर्जनौं तस्कर नै सक्रिय रहेको निगमको भनाइ छ। भारतभन्दा नेपालमा पेट्रोल २२ रुपैयाँ २३ पैसा र डिजेल २८ रुपैयाँ प्रतिलिटर सस्तो पर्छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?