प्रचण्ड भारतसँग असन्तुष्ट

Shikharkhabar Shikharkhabar
|
बिहिबार, माघ १, २०७७
|
|
५२ पटक हेरिएको
Shares
प्रचण्ड भारतसँग असन्तुष्ट

सारांश

  • नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भारतप्रति असन्तुष्ट देखिएका छन् ।
  • पत्नी सीता दाहाललाई उपचारका लागि मुम्बई लगेर फर्किएका प्रचण्डले भारतप्रति घुमाउरो तरिकाले असन्तुष्टि व्यक्त गरेका हुन् ।
  • ओलीले बुधबार आफ्नो समूहको काठमाडौं जिल्ला कमिटी भेलामा प्रधानमन्त्री केपी शर्मा ओलीको भारतसँगको निकटताबारे पनि प्रश्न उठाए ।

नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भारतप्रति असन्तुष्ट देखिएका छन् । पत्नी सीता दाहाललाई उपचारका लागि मुम्बई लगेर फर्किएका प्रचण्डले भारतप्रति घुमाउरो तरिकाले असन्तुष्टि व्यक्त गरेका हुन् ।

ओलीले बुधबार आफ्नो समूहको काठमाडौं जिल्ला कमिटी भेलामा प्रधानमन्त्री केपी शर्मा ओलीको भारतसँगको निकटताबारे पनि प्रश्न उठाए । उनले ओलीमाथि भारतको इशारामा चलेको आरोप लगाए । ओलीले नेकपा विभाजन र प्रतिनिधिसभा बिघटन पनि भारतको इशारामा गरेको प्रचण्डको आरोप छ ।

‘उहाँले अहिले पार्टी विभाजत गर्ने, संसद भंग गर्ने भारतले भनेर गरेको सारा जनताले बुझेका छन्, ’ प्रचण्डले ओलीलाई भारतको इशारामा चलेको आरोप लगाउँदै भने, ‘केपीजी यसलाई के भन्नुहुन्छ ?’

भारतले नेपालको राजनीतिमा हस्तक्षेप गरिरहेको प्रचण्डको आशय थियो । विगतमा प्रधानमन्त्री ओलीलाई भारतले हटाउन खोजेको भन्दा भारतले भनेकै भरमा हटाउनुहुँदै भनेर आफू हटाउने कदमको विपक्षमा उभिएको सुनाए ।

असारताका ओलीले भारतले आफूलाई प्रधानमन्त्रीबाट हटाउन खोजेको छ भनेको स्मरण गराउँदै प्रचण्डले त्यतिबेला भारतले भनेकै भरमा हटाउनु हुँदैन भनेर नहटाएको बताएका हुन् । उनले भने, ‘असारको हाम्रो स्थायी समिटिको बैठक बस्दा त मलाई भारतले हटाउन खोजेको छ । मेरा साथीहरुले नि हटाउन खोजेका छन् भन्नुहुन्थ्यो । त्यतिबेला भारतले भन्दा हटाउने हो र भनेर हामीले हटाएनौं ।’

भारतको गुप्तचर संस्था रअका प्रमुख सामन्तकुमार गोयलसँग ओलीले बालुवाटारमा गरेको भेटघाटमाथि पनि प्रश्न उठाए । गुप्तचरसँग तीन घन्टा बालुवाटारभित्र एक्लै कुरा गरेर अपारदर्शी तरिका अपनाएको बताए । प्रचण्डले एक दशकपछि भारतप्रति खुलेरै असन्तुष्टि व्यक्त गरेका हुन् । भारत भ्रमणबाट फर्किएको एक हप्तापछि प्रचण्डको पछिल्लो भनाई सार्वजनिक भएको हो ।

पछिल्लो समय प्रचण्ड भारतप्रति असन्तुष्ट छन् । ओलीलाई भारतले साथ दिएको उनको बुझाई रहेको देखिन्छ । ओलीले पछिल्लो समय भारतसँग निकटता बढाइरहेका छन् । भारतबाट उच्च पदस्थ अधिकारीहरुको विगत तीन महिनाभित्र भ्रमण हुँदै आएको छ । रअ प्रमुख सामन्तकुमार गोयल, भारतका सेनापति मनोज मुकुन्द नरवाणे, विदेश सचिव हर्षवद्र्धन श्रृंगला र भाजपा विदेश विभाग प्रमुख विजय चौथाइवालेले नेपाल भ्रमण गरेका छन् ।

नेकपाको निम्तोमा नेपाल भ्रमण गरेका चौथाइवाले प्रचण्ड र माधवकुमार नेपालसँग नभेटी फर्किएका थिए । यसलाई प्रचण्डले गम्भीरताका साथ लिएको बुझिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?