जडीबुटी जाम हटाउन लेन थपिँदै

Shikharkhabar Shikharkhabar
|
सोमबार, माघ २०, २०७६
|
|
४३ पटक हेरिएको
Shares
जडीबुटी जाम हटाउन लेन थपिँदै

सारांश

  • कोटेश्वर–जडीबुटी सडक खण्डमा दैनिक हुने जामको अन्त्य गर्न सरकारले विकल्प खोजी गरेको छ ।
  • सो सडक खण्डको दायाँ बायाँ दुवैतर्फ विस्तारको तयारी गरी जाम हटाउन लागिएको जनाइएको छ ।
  • जामको दीर्घकालीन समाधान गर्न सरकारले ‘अण्डरपास’ वा ‘फ्लाइओभर’ निर्माणमा जापान अन्तर्रा्ष्ट्रिय सहयोग नियोग (जाइका) लाई अनुरोध गरिरहँदा तत्काल समाधानसमेत खोजिएको हो ।

कोटेश्वर–जडीबुटी सडक खण्डमा दैनिक हुने जामको अन्त्य गर्न सरकारले विकल्प खोजी गरेको छ । सो सडक खण्डको दायाँ बायाँ दुवैतर्फ विस्तारको तयारी गरी जाम हटाउन लागिएको जनाइएको छ । जामको दीर्घकालीन समाधान गर्न सरकारले ‘अण्डरपास’ वा ‘फ्लाइओभर’ निर्माणमा जापान अन्तर्रा्ष्ट्रिय सहयोग नियोग (जाइका) लाई अनुरोध गरिरहँदा तत्काल समाधानसमेत खोजिएको हो ।
मुख्य जाम हुने क्षेत्र लक्षित गर्दै सो खण्डमा तीनदेखि चार लेन थप्न सडकको चौडाइ विस्तार गर्न लागिएको हो । हाल सो सडक खण्डको उत्तरतर्फ एक लेन थपिने र दक्षिणतर्फ दुईतीन लेनसम्म थप्ने गरी योजना बनाइएको सडक विभागका प्रवक्ता शिवहरि सापकोटाले जानकारी दिनुभयो ।
उत्तरतर्फ एक लेनसम्म थप्न सडककै जग्गा रहेको छ । हाल पैदलयात्रु मार्ग र ढल रहेका स्थानलाई सारेर लेन तयार गर्न सकिन्छ । दक्षिणतर्फ चौडाइ बढाउन पर्यटन मन्त्रालयसँग छलफल भइरहेको छ । उहाँले भन्नुभयो, “मन्त्रालयसँगको समन्वयमा नागरिक उड्डयन प्राधिकरणको जग्गामा दुईतीन लेन थप्न सकिनेछ ।”
उत्तरतर्फको थप हुने भनिएको लेनमा हाल भौतिक संरचनाका रुपमा एउटा मात्रै घर रहेको प्रवक्ता सापकोटाले जानकारी दिनुभयो । उक्त घर तीनकुने– सूर्य्विनायक सडक विस्तारका क्रममा समेत भत्काउन सकिएको थिएन । मन्त्रिपरिषद् बैठकले उक्त घर भत्काउने निर्णय गरिसकेको जनाइएको छ । उहाँले भन्नुभयो, “त्यसलाई अधिग्रहण गरेपछि नै उत्तरतर्फ एक लेन थप गर्न सकिनेछ ।”
जडीबुटीबाट लोकन्थलीतर्फ जाने मात्रै होइन, पेप्सीकोलातर्फ जाने सवारीसाधनसमेत जाममा पर्ने गरेका छन् । त्यस्तै, कोटेश्वर चोकबाट तीनकुनेतर्फ जाने सवारीसाधनसँगै दैनिक बालकुमारीतर्फ जाने सवारीसाधनसमेत रोकिने गर्छन् । उत्तरतर्फ विस्तार हुने एक लेनले पेप्सीकोलातर्फ र कोटेश्वरबाट बालकुमारीतर्फ जाने सवारीसाधन निर्वाधरुपमा जान सक्ने प्रवक्ता सापकोटाले जानकारी दिनुभयो । विमानस्थलको ‘लाइटिङ सिस्टम’ का कारण बारभन्दाभित्रको क्षेत्र सडकले तत्काल पाउन नसक्ने देखिएको छ । दक्षिणतर्फ सडकको क्षेत्रबाट विमानस्थलको जग्गा लिएर थप गर्न सकिने देखिएको छ । उहाँले भन्नुभयो, “त्यसका लागि केही संरचना नै भत्काउनुपर्ने हुनसक्छ ।”

आगामी वैशाख जेठ महिनामा ट्र्याक खोलेर सकेसम्म चाँडो सडक सञ्चालनमा ल्याउने विभागले जनाएको छ । दुवैतर्फ एकएक लेन मात्रै थप्दा पनि त्यसले यहाँको जामलाई थोरै भए पनि राहत दिनसक्ने प्रवक्ता सापकोटाले बताउनुभयो । उहाँले भन्नुभयो, “विमानस्थललाई असर नपर्ने गरी कति लेनसम्म थप्न सकिन्छ भन्ने अहिले छलफल भइरहेको छ ।”

जाइकाले यसअघि नै कोटेश्वर–जडीबुटी सडकमा पूर्वसम्भाव्यता अध्ययनसमेत गरिसकेको छ । विस्तार तत्काल समाधान मात्रै हुने जनाइएको छ । प्रवक्ता सापकोटाले भन्नुभयो, “यहाँको दीर्घकालीन समाधान भनेको ‘अण्डरपास’ हो ।”
जाइकाले गरेका पूर्वसम्भाव्यता अध्ययनमा मुख्य सडकमै वा विमानस्थलको क्षेत्रमा ‘अण्डरपास’ वा ‘फ्लाइओभर’ निर्माण गर्न सकिने पाइएको सडक विभाग, विकास समन्वय महाशाखा प्रमुख अर्जुनजङ्ग थापाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “विश्वका धेरै देशमा माथि ‘रनवे’ र तल ‘अण्डरपास’ हुने गरेको छ, मुख्य सडकमा निर्माण नगर्दा निर्माण अवधिमा समेत सवारीसाधन आवतजावतमा समस्या हुँदैन ।”

(https://yourolddog.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सन्दीप सर्वाधिक विकेट लिने स्पिनर
सन्दीप सर्वाधिक विकेट लिने स्पिनर
जितपछि बालेनले भने: काठमाडौंलाई विश्वकै उत्कृष्ट सहर बनाउन आफ्नो सबै क्षमता लगाउँछु
जितपछि बालेनले भने: काठमाडौंलाई विश्वकै उत्कृष्ट सहर बनाउन आफ्नो सबै क्षमता लगाउँछु
जापानसँगको ‘जिट्को’ सम्झौता परिमार्जनको तयारीमा
जापानसँगको ‘जिट्को’ सम्झौता परिमार्जनको तयारीमा
रुपन्देहीका काठ व्यवसायी पौडेलको हत्यामा संलग्न तीनजा पक्राउ
रुपन्देहीका काठ व्यवसायी पौडेलको हत्यामा संलग्न तीनजा पक्राउ
मुग्लिनमा बस दुर्घटना हुँदा ३२ जना घाइते, राजमार्ग एकतर्फी सञ्चालन
मुग्लिनमा बस दुर्घटना हुँदा ३२ जना घाइते, राजमार्ग एकतर्फी सञ्चालन
कोरोना जोखिम बढेपछि भारतबाट फर्किने निगरानीमा, सीमामा कडाइ
कोरोना जोखिम बढेपछि भारतबाट फर्किने निगरानीमा, सीमामा कडाइ
प्रचण्डको स्पीड तीव्र, माधव नेपाल र वामदेव गौतमसँगको भेट बाक्लियो
सर्वसाधारणलाई थाहा छैन आठ दिनपछि कार्यान्वयनमा आउने  नयाँ कानुनका बारे
सर्वसाधारणलाई थाहा छैन आठ दिनपछि कार्यान्वयनमा आउने नयाँ कानुनका बारे
महायज्ञका संयोजक ठग भएको समाचारपछि उपराष्ट्रपति पुन सहभागी नहुने
महायज्ञका संयोजक ठग भएको समाचारपछि उपराष्ट्रपति पुन सहभागी नहुने
भारतमा किसानको माग – चौबिसै घण्टा विद्युत नदेउ
भारतमा किसानको माग – चौबिसै घण्टा विद्युत नदेउ