पूर्वडीआईजी नवराज सिलवालको ललितपुर २ मा उम्मेदवारी दर्ता !

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, कार्तिक १७, २०७४
|
|
३५ पटक हेरिएको
Shares
पूर्वडीआईजी नवराज सिलवालको ललितपुर २ मा उम्मेदवारी दर्ता !

सारांश

  • ललितपुर : आगामी मंसिर २१ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि यहाँ विभिन्न राजनीतिक दलका उम्मेदवारले मनोनयन दर्ता गरेका छन्।
  • नेपाली काँग्रेसका तर्फबाट क्षेत्र नं १ मा उदयशम्शेर राणा, २ मा चन्द्र महर्जन र ३ मा मदनबहादुर अमात्यले मनोनयन दर्ता गराउनुभएको मुख्य निर्वाचन अधिकृत बालमुकुन्द दवाडीले बताए।
  • यसैगरी नेकपा ९एमाले० र नेकपा (माओवादी केन्द्र) सम्मिलित वाम गठबन्धनका तर्फबाट क्षेत्र नं १ मा नवराज सिलवाल, २ मा कृष्णलाल महर्जन र ३ मा पम्फा भुसालले मनोनयन दर्ता गरेकी छिन्।

ललितपुर : आगामी मंसिर २१ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि यहाँ विभिन्न राजनीतिक दलका उम्मेदवारले मनोनयन दर्ता गरेका छन्। नेपाली काँग्रेसका तर्फबाट क्षेत्र नं १ मा उदयशम्शेर राणा, २ मा चन्द्र महर्जन र ३ मा मदनबहादुर अमात्यले मनोनयन दर्ता गराउनुभएको मुख्य निर्वाचन अधिकृत बालमुकुन्द दवाडीले बताए। यसैगरी नेकपा ९एमाले० र नेकपा (माओवादी केन्द्र) सम्मिलित वाम गठबन्धनका तर्फबाट क्षेत्र नं १ मा नवराज सिलवाल, २ मा कृष्णलाल महर्जन र ३ मा पम्फा भुसालले मनोनयन दर्ता गरेकी छिन्। यस्तै नयाँ शक्ति पार्टी नेपालका तर्फबाट क्षेत्र नं १ मा दीपक लामा, २ मा रत्न महर्जन र ३ मा दलबहादुर लिम्बूले मनोनयन दर्ता गरेका छन्।

प्रदेशसभाका लागि काँग्रेसबाट क्षेत्र नं १ (क) मा ऋषिराम घिमिरे र (ख) मा मीनकृष्ण महर्जन, क्षेत्र नं २ (क) मा पवनविक्रम थापा र खमा पे्रमकृष्ण महर्जन तथा क्षेत्र नं ३ (क) मा नवराज महत र खमा शिवराम बानियाँले मनोनयन दर्ता गराउनुभएको छ। यसैगरी वाम गठबन्धनका तर्फबाट क्षेत्र नं १ (क) मा सुशीला पुन र खमा चेतनाथ सञ्जेल, क्षेत्र नं २ (क) मा माधव पौडेल र खमा ज्ञानेन्द्र शाक्य तथा क्षेत्र नं ३ (क)मा राजकाजी महर्जन र खमा जीवन खड्काले मनोनयन दर्ता गराएका छन्।

नयाँ शक्ति पार्टीबाट क्षेत्र नं २ (क) मा चन्द्र महर्जन र खमा लक्ष्मीकुमार श्रेष्ठ तथा क्षेत्र नं ३ (क) मा विनोद महर्जन र ३ (ख) मा ईश्वर घिमिरेले उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृत दवाडीले बताए। प्रतिनिधिसभा निर्वाचनका लागि विभिन्न राजनीतिक दल र स्वतन्त्र गरेर १३ जनाबाट उम्मेदवारी दर्ता भएको जनाइएको छ।

(https://thereader.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?