राजपाद्वारा आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै प्रतिनिधिसभा बैठक अवरुद्ध

Shikharkhabar Shikharkhabar
|
बुधबार, फाल्गुन २९, २०७५
|
|
५१ पटक हेरिएको
Shares
राजपाद्वारा आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै प्रतिनिधिसभा बैठक अवरुद्ध

सारांश

  • काठमाडौं।
  • राष्ट्रिय जनता पार्टी (राजपा) ले मधेस आन्दोलनका क्रममा भएका मानवअधिकार उल्लघंनका घटनाबारे छानवीन गर्न गठित न्यायिक आयोगको प्रतिवेदन सार्वजनिक  गर्न माग गर्दै प्रतिनिधिसभा बैठक अवरोध गरेको छ।
  • बैठकको सुरुमा राजपाका सांसदहरु एकैसाथ उठेपछि सभामुख कृष्णबहादुर महराले राजपाका नेता राजकिशोर यादवलाई बोल्न समय दिएका थिए।
काठमाडौं। राष्ट्रिय जनता पार्टी (राजपा) ले मधेस आन्दोलनका क्रममा भएका मानवअधिकार उल्लघंनका घटनाबारे छानवीन गर्न गठित न्यायिक आयोगको प्रतिवेदन सार्वजनिक  गर्न माग गर्दै प्रतिनिधिसभा बैठक अवरोध गरेको छ।
बैठकको सुरुमा राजपाका सांसदहरु एकैसाथ उठेपछि सभामुख कृष्णबहादुर महराले राजपाका नेता राजकिशोर यादवलाई बोल्न समय दिएका थिए। यादवले अघिल्लो बैठकमा नै आफूहरुले सो बारेमा कुरा उठाएकोमा गृहमन्त्री रामबहादुर थापाले हल्काफुल्का जवाफ दिएको भन्दै आपत्ति जनाएका थिए। उनले मधेश आन्दोलन र थारु आन्दोलनलाई आपराधिक भनिदै आएकोले सो रिपोर्ट सार्वजनिक भएमा धेरै कुरा खुल्ने जनाएका थिए ।लाल आयोगले २०७४ माघ २९ गते प्रतिवेदन बुझाएको थियो।
यसअघि राजपाले उक्त प्रतिवेदन सार्वजनिक गर्न सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराएका थिए। सभामुख कृष्णबहादुर महराले पनि प्रतिवेदन सार्वजनिक गर्न सरकारलाई रुलिङ गरेका थिए। 
सरकारले मधेस आन्दोलन एवं थारु आन्दोलनका क्रममा भएका मानवअधिकार उल्लघंनका घटनाबारे छानवीन गर्न पूर्वन्यायाधीश गिरिशचन्द्र लालको नेतृत्वमा आयोग गठन गरेको थियो। आयोगले २०७४ साल माघ २९ गते तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रतिवेदन बुझाइसकेको छ। तर सरकारले उक्त प्रतिवेदन सार्वजनिक गरेको छैन।
राजपाले आफूहरुको माग सम्वोधन गर्ने शर्तसहित सरकारलाई बाहिरै बसेर समर्थन गर्दै आएको थियो। तर कैलाली जिल्ला अदालतले टिकापुर घटनामा दोषी ठहर गर्दै कैलाली निर्वाचन क्षेत्र नम्बर एकबाट निर्वा्चित रेशम चौधरीलाई जन्म कैदको फैसला सुनाएपछि राजपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो।
राजपाले संविधान संशोधन हुनुपर्ने, मधेस आन्दोलनका क्रममा पक्राउ परेका कार्यकर्तालाई रिहा गर्नुपर्ने, घाइतेको उपचार गर्नुपर्ने तथा आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने माग राख्दै आएको छ। 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बैतडीमा अनौठो चलन, जेठो सन्तान छोरा जन्मिए गाउँलेलाई खसी काटी खुवाउनुपर्ने
बैतडीमा अनौठो चलन, जेठो सन्तान छोरा जन्मिए गाउँलेलाई खसी काटी खुवाउनुपर्ने
युनाइटेड र एस्टन भिल्लाको बराबर
युनाइटेड र एस्टन भिल्लाको बराबर
न्याय माग्न काठमाडौं आएका निर्मलाका बाआमाको प्रहरीमाथि शंका, प्रमाण नष्ट गर्नेलाई अनुसन्धानको माग
न्याय माग्न काठमाडौं आएका निर्मलाका बाआमाको प्रहरीमाथि शंका, प्रमाण नष्ट गर्नेलाई अनुसन्धानको माग
डेङ्गु विरुद्ध देशव्यापी तीनमहिने अभियान सुरु: ‘सफा शुक्रबार’ मार्फत लामखुट्टेको बासस्थान नष्ट गरिने, जनसचेतनाका कारण सङ्क्रमण घट्दो
डेङ्गु विरुद्ध देशव्यापी तीनमहिने अभियान सुरु: ‘सफा शुक्रबार’ मार्फत लामखुट्टेको बासस्थान नष्ट गरिने, जनसचेतनाका कारण सङ्क्रमण घट्दो
नेप्से परिसूचक अाेरालाे, करिब नाै अंकले घट्याे शेयर मूल्य
नेप्से परिसूचक अाेरालाे, करिब नाै अंकले घट्याे शेयर मूल्य
जाडोमा कपालको सुरक्षा कसरी गर्ने ?
जाडोमा कपालको सुरक्षा कसरी गर्ने ?
खुकुरी प्रहार गरी हत्या प्रयास
खुकुरी प्रहार गरी हत्या प्रयास
एम्बिसन एकेडेमीले गर्यो डान्सिङ् स्टारको खोजी
एम्बिसन एकेडेमीले गर्यो डान्सिङ् स्टारको खोजी
Casino Free Spins Bonus Code
‘राष्ट्र र जनताका लागि प्रहरी प्रशासन’ भन्ने मान्यतासहित काम गर्नुपर्छ : मन्त्री श्रेष्ठ
‘राष्ट्र र जनताका लागि प्रहरी प्रशासन’ भन्ने मान्यतासहित काम गर्नुपर्छ : मन्त्री श्रेष्ठ