भरतपुर पुनः मतदानको सुनुवाइ फेरि सर्दै

Shikharkhabar Shikharkhabar
|
बुधबार, जेठ ३१, २०७४
|
|
१७ पटक हेरिएको
Shares
भरतपुर पुनः मतदानको सुनुवाइ फेरि सर्दै

सारांश

  • चितवन ।
  •  भरतपुर महानगरपालिका वडा नम्बर १९ मा पुनः मतदान गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमाथिको सुनुवाइ फेरि सरेको छ ।
  • २३ जेठको पहिलो पेसीमा अदालतले २८ जेठमा लिखित बहस नोट माग गरेको थियो ।

चितवन । भरतपुर महानगरपालिका वडा नम्बर १९ मा पुनः मतदान गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमाथिको सुनुवाइ फेरि सरेको छ । २३ जेठको पहिलो पेसीमा अदालतले २८ जेठमा लिखित बहस नोट माग गरेको थियो । २८ जेठमा पनि सुनुवाइ नभएपछि ३० जेठका लागि सुनुवाइ सरेको थियो । तर, ३० जेठमा कामु प्रधानन्यायाधीश गोपाल पराजुली र न्यायाधीश हरिकृष्ण कार्कीको संयुक्त इजलासले ‘हेर्न नभ्याइने’ उल्लेख गरेका छन् ।

भरतपुर वडा नम्बर १९ मा पुनः मतदान वा मतगणना भन्नेबारे अदालतको निर्णयको प्रतीक्षामा रहेका मतदाता अदालतको निर्णयबाट अचम्मित बनेका छन् । मतदान वा गणनाबारे तत्कालै निर्णय आउनुपर्ने मतदाताको चाहना छ ।

पेसी नम्बर पछि पर्दा ढिलाइ
अदालतमा परेको रिटको पेसी सुरुमा १८ नम्बरमा भए पनि २९ जेठमा १७ नम्बरमा चढेको थियो । अदालतको मुद्दा फैसला आदेश प्रक्रियाअनुसार १० नम्बरभित्र पेसी परे मात्रै छिटै निर्णय आउन सक्छ । मंगलबार उल्लिखित न्यायाधीशको इजलासमा कुल ४२ वटा पेसी रहेका थिए । भरतपुर महानगरको मुद्दा १७औँ नम्बरमा थियो । इजलासले ९ वटा मुद्दाका सम्बन्धमा मात्र आदेश र फैसला गरेको छ । कुल पेसीमध्ये २७ वटा हेर्न नभ्याइने भनी अदालतले जानकारी गरेको थियो । मंगलबारको कुल ४२ पेसीमध्ये २ वटा फैसला, १२ वटा आदेश र एउटा हेर्न नमिल्ने भनी उल्लेख छ ।

निर्वाचन आयोगले २० जेठमा भरतपुर नगरपालिकाको वडा नम्बर १९ मा पुनः मतदान गर्ने निर्णय गरेको थियो । आयोगको निर्णय खारेजीको मागसहित वडा सदस्यका उम्मेदवार गुञ्जमान विक र अधिवक्ता तुलसीराम पाण्डेले निर्वाचन ऐनको दफा ५१ बमोजिम च्यातिएको मत बदर गरी बाँकी मतपत्र गणना गर्न माग गर्दै रिट दायर गरेका थिए ।

गत आइतबार सर्वोच्चले न्यायाधीशद्वय विश्वम्भरप्रसाद श्रेष्ठ र प्रकाशमान सिंह राउतको संयुक्त इजलासमा तोकेको बेन्च ८ नम्बर इजलासको क्रम संख्या ध। मा राखेकाले मुद्दा पेसी नै नचढी समय सकिएको थियो । यसअघि न्यायाधीश चोलेन्द्रशमशेर जबराको एकल इजलासले चितवन भरतपुर महानगरपालिका वडा नम्बर १९ मा २८ जेठसम्मका लागि निर्वाचन आयोगको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको थियो

(www.newsoftwares.net)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?