मानवीय संवेदना नभएका ती चालक र सहचालक, जब ह्वील चियरमा यात्रु देखेपछि भागे

Shikharkhabar Shikharkhabar
|
मंगलबार, माघ २२, २०७५
|
|
२५ पटक हेरिएको
Shares
मानवीय संवेदना नभएका ती चालक र सहचालक, जब ह्वील चियरमा यात्रु देखेपछि भागे

सारांश

  • काठमाडौँको सार्वजनिक सवारीको कुरा गर्दा जोकोही एक पटक तर्सिनु पर्ने अवस्था छ ।
  • राजधानीका सार्वजनिक यातायातमा यात्रा गर्नु कति असहज छ, त्यो यात्रा गर्नेलाई मात्रै थाहा होला ?
  • सहचालकको टर्रो बोली, सिन्की कोचेझै यात्रु कोच्ने शैली, खाल्डाखुल्डी सहितका सडकमा यात्रा गर्नु राजधानीका यात्रुका लागि साच्चिकै महाभारत नै छ ।

काठमाडौँको सार्वजनिक सवारीको कुरा गर्दा जोकोही एक पटक तर्सिनु पर्ने अवस्था छ । राजधानीका सार्वजनिक यातायातमा यात्रा गर्नु कति असहज छ, त्यो यात्रा गर्नेलाई मात्रै थाहा होला ? सहचालकको टर्रो बोली, सिन्की कोचेझै यात्रु कोच्ने शैली, खाल्डाखुल्डी सहितका सडकमा यात्रा गर्नु राजधानीका यात्रुका लागि साच्चिकै महाभारत नै छ ।

तर हामी कुरा गर्दैछौँ २ दिन अघि फेसबुकमा पोष्ट भएको एउटा तस्विरको । मनिषा गौचनको फेसबुक अकाउण्टबाट पोष्ट भएको त्यो तस्विरमा ललितपुरको एकान्तकुनामा ह्वील चियरमा बस कुरिरहेकी एक युवती छिन् । ह्वील चियरमा रहेकी युवती अगाडि एउटा बस छ । हेर्दा सामान्य लाग्ने त्यो तस्विर भित्रको पीडा भने गहिरो छ । ह्वील चियरमा बस कुरीरहेकी युवती देखेपछि उनलाई बसमा नराखी बसका चालकले गाडी अगाडी हुइक्याए । शारिरिक रुपमा अशक्त उनलाई बसमा चढाउन लाग्ने समय र झण्झटम महशुस गरी बा ५ ख ६८४३ नम्बरको उक्त दियालो यातायातका चालकले उनलाई बसमा चढाउनु भन्दा भाग्नु उपयुक्त ठाने । र, बसै नरोकी टाप ठोके ।

ह्वील चियरमा रहेकी युवतीलाई छोड्न गएकी मनिषा गौचनले बसका चालक र सहचालकको बदमासीलाई आफ्नो मोबाइलको क्यामेरा कैद गरी फेसबुकबाट सार्वजनिक गरिदिइन् । यसबाट पनि प्रष्ट हुन्छ यात्रुलाई सुविधा दिन सञ्चालन गरिएका सार्वजनिक यातायातका कारण यात्रु कति पीडित छन् भन्ने ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?