सोलुखुम्बुमा वाम गठबन्धन बलियो

Shikharkhabar Shikharkhabar
|
शनिबार, कार्तिक ११, २०७४
|
|
३८ पटक हेरिएको
Shares
सोलुखुम्बुमा वाम गठबन्धन बलियो

सारांश

  • सोलुखुम्बु, कात्तिक ११ – सोलुखुम्बुमा नेपाली कांगे्रस भन्दा वाम गठबन्धन बलियो देखिएको छ ।
  • स्थानीय तहको चुनावको नतिजा केलाउने हो भने कुल ८ वटा स्थानीय तह रहेको सोलुखुम्बुमा वाम गठबन्धनमा आवद्ध दल ७ वटा स्थानीय तहमा विजयी भएका छन् ।
  • सोलुखुम्बुमा वाम गठबन्धनले २१ हजार ६ सय ९९ मत पाएको थियो भने नेपाली कांग्रेसले १२ हजार ७ सय १८ मत पाएको थियो ।

सोलुखुम्बु, कात्तिक ११ – सोलुखुम्बुमा नेपाली कांगे्रस भन्दा वाम गठबन्धन बलियो देखिएको छ । स्थानीय तहको चुनावको नतिजा केलाउने हो भने कुल ८ वटा स्थानीय तह रहेको सोलुखुम्बुमा वाम गठबन्धनमा आवद्ध दल ७ वटा स्थानीय तहमा विजयी भएका छन् ।

सोलुखुम्बुमा वाम गठबन्धनले २१ हजार ६ सय ९९ मत पाएको थियो भने नेपाली कांग्रेसले १२ हजार ७ सय १८ मत पाएको थियो । यस आधारमा यहाँ वाम गठबन्धनको मत कांग्रेसले पाएको भन्दा ८ हजार ९ सय ८१ भन्दा धेरै छ । सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिकामा मात्रै नेपाली कांग्रेस २७५१ मत ल्याएर स्थानीय चुनावमा विजयी भएको थियो । दोश्रो रहेको एमालेको २६०५ मत थियो । नेकपा माओवादी केन्द्रले २ र नेकपा एमालेले ५ तह जितेका थिए ।

तर सबै तहमा दोस्रो स्थानमा नेपाली कांग्रेस छ । विजयी उम्मेदवार र दोस्रो स्थानमा मतपरिणाम ल्याएका उम्मेदवारको बिचमा मतान्तर धेरै छैन । यसरी हेर्दा वाम गठबन्धन बलियो अबस्था देखिएता पनि कांग्रसको लोकतान्त्रिक गठबन्धनमा आवद्ध दलले गर्दा चुनावी प्रतिस्पर्धा भने रोचक हुने देखिएको छ ।

जसमा वाम गठबन्धनको तर्फबाट माओवादी केन्द्रका हेमकुमार राई र लोकतान्त्रिकबाट नेपाली कांग्रेसकोतर्फबाट निवर्तमान सांसद बलबहादुर केसी उम्मेदवार बनेका छन् ।

प्रदेशसभा चुनावमा भने वाम गठबन्धनबाट एमालेका उत्तम बस्नेत प्रदेशसभा क मा र बुद्धिकुमार राजभण्डारी ख मा तथा कांग्रेसका प्रकाशसिंह कार्की क मा र आङगेलु शेर्पा ख मा उम्मेदवार हुनुहुन्छ । संविधानसभा अन्तर्गत २०६४ सालमा माओवादीले र २०७० सालमा कांग्रेसले जितेको सोलुखुम्बुमा यस पटकको चुनावमा भने वाम गठबन्धनले लोकतान्त्रिक गठबन्धनलाई कडा टक्कर दिने देखिन्छ ।

जिल्लाको तिगंलाबासीले आफूहरुको माग पूरा नभएको भन्दै स्थानीय तहको चुनाव पनि बहिष्कार गरेका थिए भने अबको चुनावमा पनि भाग नलिने बताएका छन । प्रतिनिधिसभाका लागि एउटा मात्र निर्वाचन क्षेत्र रहेको सोलुखुम्बुमा ६९ हजार ४ सय २२ मतदाता रहेका छन् ।

प्रतिक्रिया

2 कमेन्ट

    Comment Author

    Magar Sanu

    सिखरनुउजकाे,पेसा,तहाे

    Comment Author

    Om Gautam

    मेरो १ मत रूखमा

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मनोरञ्जन क्षेत्रमा जोखिमयुक्त कार्यमा संलग्न ३०० बालबालिकाको उद्धार
मनोरञ्जन क्षेत्रमा जोखिमयुक्त कार्यमा संलग्न ३०० बालबालिकाको उद्धार
खुमबहादुर खड्कालाई भेन्टिलेटरमा राखेर उपचार
खुमबहादुर खड्कालाई भेन्टिलेटरमा राखेर उपचार
तरकारी खेतीबाटै करोडौँको मालिक
तरकारी खेतीबाटै करोडौँको मालिक
विश्व सम्पदा सूचीमा सूचीकृत हुँदै पनौती
विश्व सम्पदा सूचीमा सूचीकृत हुँदै पनौती
किन लगाए राजपा नेताले यस्तो  आरोपः उपेन्द्र सरकारसँग पैसा लिएर चुनावमा गएका हुन्…
किन लगाए राजपा नेताले यस्तो आरोपः उपेन्द्र सरकारसँग पैसा लिएर चुनावमा गएका हुन्…
न्यूजिल्यान्डले आफ्नो विद्यमान बन्दुकसम्बन्धी कानुन परिवर्तन गर्ने
न्यूजिल्यान्डले आफ्नो विद्यमान बन्दुकसम्बन्धी कानुन परिवर्तन गर्ने
कृषि सहकारी सस्थाको अध्यक्षद्वारा किर्ते भरपाई
कृषि सहकारी सस्थाको अध्यक्षद्वारा किर्ते भरपाई
बेरोजगारी समाधान गर्न कृषिको आधुनिकीकरण आवश्यक : प्रधानमन्त्री
बेरोजगारी समाधान गर्न कृषिको आधुनिकीकरण आवश्यक : प्रधानमन्त्री
फिल्डमा म्यादीः मधेस प्रदेशमा धेरै, काठमाडौंमा कम
फिल्डमा म्यादीः मधेस प्रदेशमा धेरै, काठमाडौंमा कम
चाँगुनारायण केन्द्रबिन्दु भएर ४‍‍.७ म्याग्निच्युडको भूकम्प
चाँगुनारायण केन्द्रबिन्दु भएर ४‍‍.७ म्याग्निच्युडको भूकम्प