पूर्व प्रधानमन्त्री बाजपेयीको स्वास्थ्य अवस्था गम्भीर
सारांश
- काठमाडौं साउन,३१।
- भारतीय पूर्वप्रधानमनत्री अटल बिहारी वाजपेयीको स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ।
- गत जुनमा मिर्गौलाको संक्रमण भएपछि दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान मा उपचार रत बाजपेयीको स्वास्थ्य अवस्था गम्भीर बनेको हो।
काठमाडौं साउन,३१। भारतीय पूर्वप्रधानमनत्री अटल बिहारी वाजपेयीको स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ। गत जुनमा मिर्गौलाको संक्रमण भएपछि दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान मा उपचार रत बाजपेयीको स्वास्थ्य अवस्था गम्भीर बनेको हो।
आज अखिल भारतीय आयुर्विज्ञान संस्थान एक प्रेस विज्ञप्ति जारी गर्दै भनेको छ, ‘उहाको स्वास्थ्य अवस्था गम्भीर छ, पछिल्लो २४ घन्टामा उहाँको अवस्था थप खराब बनेको छ। स्वास्थ्य अवस्था नाजुक बनेपछि हाल उहाँलाई ‘भेन्टिलेटर’मा राखिएको छ।भारतीय जनता पार्टीका संस्थापक नेता समेत रहेका बाजपेयीलाई पछिल्लो ९ सातादेखि अखिल भारतीय आयुर्विज्ञान संस्थान मा भर्ना गरिएको हो। ९३ वर्षीय नेता बाजपेयीलाई मिर्गौला संक्रमणका अलावा अन्य समस्या पनि देखिएको अस्पताल द्वारा जारी विज्ञप्तिमा उल्लेख छ। बुधबार राति बाजपेयीको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिन प्रधानमन्त्री नरेन्द्र मोदी एम्स पुगेका थिए।
३ पटकसम्म भारतको प्रधानमन्त्री भइसकेका बाजपेयीलाई सर्वोच्च नागरिक सम्मान भारत रत्नसमेत प्रदान गरिएको छ।
(Xanax)
प्रतिक्रिया