नयाँ प्रविधियुक्त संचार तालिम मंगलबार निर्देशनालयमा आयोजित एक समारोहबीच सम्पन्न

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आश्विन २४, २०७४
|
|
२० पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं ,२४ असोज राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा प्रहरी प्रधान कार्यालय संचार निर्देशनालयमा सञ्चालित नयाँ प्रविधियुक्त संचार दोस्रो समुहको तालिम मंगलबार निर्देशनालयमा आयोजित एक समारोहबीच  सम्पन्न भएको छ ।
  • तालिम समापन कार्यक्रमका प्रमुख अतिथी प्रहरी नायव महानिरीक्षक डा.
  • राजिब सुब्बाले प्रशिक्षार्थीह?

काठमाडौं ,२४ असोज
राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा प्रहरी प्रधान कार्यालय संचार निर्देशनालयमा सञ्चालित नयाँ प्रविधियुक्त संचार दोस्रो समुहको तालिम मंगलबार निर्देशनालयमा आयोजित एक समारोहबीच  सम्पन्न भएको छ ।
तालिम समापन कार्यक्रमका प्रमुख अतिथी प्रहरी नायव महानिरीक्षक डा. राजिब सुब्बाले प्रशिक्षार्थीह?लाई पुरस्कार तथा प्रमाणपत्र वितरण गर्नुहँुदै समयानुकुल परिर्वतनशिल प्रविधि सम्बन्धी ज्ञान प्रदान गर्न तालिम संचालन गरिएको बताउनुभयो । उहाँले तालिमबाट प्रशिक्षार्थीले प्राप्त गरेका व्यवसायिक ज्ञानलाई कार्यक्षेत्रमा लागू गर्न निर्देशन समेत दिनुभयो  ।
तालिम संयोजक प्रहरी नायव उपरीक्षक ई. गोपाल बहादुर रेग्मीले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
गत भदौ ११ गतेबाट संचालित १६ कार्यदिन अवधि रहेको उक्त तालिममा प्रहरी नायव निरीक्षक २ र प्रहरी सहायक निरीक्षक १८ गरी कुल २० जना प्रशिक्षार्थीको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?