मनाेरञ्जन समाचार : अप्रिल १९ मा हुने भनिएको अर्जुन कपूर र मलाइका अरोराको विवाह रोकियो

Shikharkhabar Shikharkhabar
|
बिहिबार, बैशाख ५, २०७६
|
|
३६ पटक हेरिएको
Shares
मनाेरञ्जन समाचार : अप्रिल १९ मा हुने भनिएको अर्जुन कपूर र मलाइका अरोराको विवाह रोकियो

सारांश

  • एजेन्सी ।
  • बलिउड अभिनेता अर्जुन कपूर र अभिनेत्री मलाईका अरोडाले आफ्नो विवाह 'पोस्टपोन' गरेका छन् ।
  • उनीहरु १९ अप्रिलमा विवाह गर्ने कुरा थियो ।
एजेन्सी । बलिउड अभिनेता अर्जुन कपूर र अभिनेत्री मलाईका अरोडाले आफ्नो विवाह 'पोस्टपोन' गरेका छन् । उनीहरु १९ अप्रिलमा विवाह गर्ने कुरा थियो । तर विवाहको मिति सर्नुको कारण भने बाहिर आएको छैन । स्रोतले जनाए अनुसार अर्जुनको परिवारले यस सम्बन्धलाई स्वीकार गरिरहेका छैनन् । बुबा बोनी कपूर, बहिनी अंशुला र कजिन सोनमले अर्जुनसँग कुरा गर्ने कोशिश गरे तर यसको कुनै पनि फाइदा भएन । 
अर्जुन अभिनित फिल्म ‘इन्डियाज मोस्ट वान्टेड’ आउँदो मेमा रिलिज हुँदै छ । फिल्मको प्रचारको समयमा अर्जुन आफ्नो व्यक्तिगत काम गर्न चाहँदैनन् भन्ने खबर पनि छ । जसकारण उनले विवाह पोस्टपोन गरेको भन्नेबारे चर्चा छ । 
मलाईका अरोडाले पनि पछिल्लो दिनहरुमा अर्जुनसँगको विवाहको खबरलाई खण्डन गर्दै आएकी छिन् । विवाहको कुरामा कुनै सच्चाइ नभएको उनले जनाएकी थिइन् । अरबाज खानसँग विवाह टुटेपछि ४५ वर्षिया मलाईका र ३३ वर्षीया अर्जुन प्रेम सम्बन्धमा भएको खबर बाहिरिएको हो । दुवैजना केही दिन पहिला मालदिभ्समा छुट्टी मनाएर फर्किएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?