५ सय ११ नेपाली युक्रेनको सीमावर्ती देश पुगे, भारतीय विमानबाट नेपाल ल्याउने तयारी

Shikharkhabar Shikharkhabar
|
शनिबार, फाल्गुन २१, २०७८
|
|
१९ पटक हेरिएको
Shares
५ सय ११ नेपाली युक्रेनको सीमावर्ती देश पुगे, भारतीय विमानबाट नेपाल ल्याउने तयारी

सारांश

  • युक्रेनबाट पाँच सय ११ जना नेपाली सीमावर्ती छिमेकी देशमा पुगेका परराष्ट्र मन्त्रालयले जनाएको छ ।
  • अहिलेसम्म युक्रेनबाट पोल्यान्डमा चार सय तीन, स्लोभाकियामा ७१, रोमानियामा २७, हङ्गेरीमा ६ तथा मोल्दोभामा ४ जना नेपाली पुगेका छन् ।
  • उनीहरुलाई भारतीय उडानबाट स्वदेश ल्याउने तयारी छ ।

युक्रेनबाट पाँच सय ११ जना नेपाली सीमावर्ती छिमेकी देशमा पुगेका परराष्ट्र मन्त्रालयले जनाएको छ । अहिलेसम्म युक्रेनबाट पोल्यान्डमा चार सय तीन, स्लोभाकियामा ७१, रोमानियामा २७, हङ्गेरीमा ६ तथा मोल्दोभामा ४ जना नेपाली पुगेका छन् । उनीहरुलाई भारतीय उडानबाट स्वदेश ल्याउने तयारी छ ।

युक्रेनबाट निस्केका नेपाली नागरिकलाई भारत सरकारबाट सञ्चालित उडानमार्फत ल्याउनका लागि भारत सरकारलाई अनुरोध गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

उद्धारका लागि भारतबाट सकारात्मक जवाफ प्राप्त भएको र युक्रेनको सुरक्षा अवस्थालाई ध्यानमा राखेर त्यहाँ रहेका नेपालीलाई सुरक्षित ठाउँमा पुर्याउन र देश फर्काउन पनि सहजीकरण भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

उद्धार कार्यमा बर्लिनमा रहेको नेपाली राजदूतावास र मस्कोमा रहेको नेपाली राजदूतावासलाई परिचालन गरिएको छ । युक्रेनको विभिन्न ठाउँमा रहेका बाँकी केही नेपाली पनि तुलनात्मक रुपमा सुरक्षित रहेको र पश्चिम क्षेत्रतर्फ जाँदै गरेको परराष्ट्र मन्त्रालयले निकालेको विज्ञप्तिमा उल्लेख छ ।

उद्धार र राहत कार्यमा समन्वय गर्न नेपाली राजदूतको अध्यक्षतामा गैरआवासीय नेपाली सङ्घका उपाध्यक्ष सम्मिलित एक कार्यसमिति गठन गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?