पहुँच विस्तारसँगै गुणस्तर सुधार्न टेलिकमलाई निर्देशन

Shikharkhabar Shikharkhabar
|
बुधबार, माघ २२, २०७६
|
|
४० पटक हेरिएको
Shares
पहुँच विस्तारसँगै गुणस्तर सुधार्न टेलिकमलाई निर्देशन

सारांश

  • सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले पहुँचको विस्तारसँगै गुणस्तर सुधारमा लाग्न नेपाल टेलिकमको व्यवस्थापन र कर्मचारीलाई निर्देशन दिनुभएको छ ।
  • नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को १६औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा उहाँले प्रतिस्पर्धा र नयाँ चुनौतीलाई स्वीकारेर जनताको सेवामा समर्पित हुन आग्रह गर्नुभएको हो ।
  • मन्त्री बाँस्कोटाले गत वर्ष देशभर फोरजी सेवा पु¥याउने सङ्कल्प गर्दा नपत्याइए पनि हाल देशभर सो सेवा पुगेकामा खुशी व्यक्त गर्दै कम्पनीको स्वस्थ्य जीवनका निम्ति इमानदार भएर आफ्नो सम्पूर्ण क्षमता देशका लागि प्रयोग गर्न आग्रह गर्नुभयो ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले पहुँचको विस्तारसँगै गुणस्तर सुधारमा लाग्न नेपाल टेलिकमको व्यवस्थापन र कर्मचारीलाई निर्देशन दिनुभएको छ ।

नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को १६औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा उहाँले प्रतिस्पर्धा र नयाँ चुनौतीलाई स्वीकारेर जनताको सेवामा समर्पित हुन आग्रह गर्नुभएको हो ।

मन्त्री बाँस्कोटाले गत वर्ष देशभर फोरजी सेवा पु¥याउने सङ्कल्प गर्दा नपत्याइए पनि हाल देशभर सो सेवा पुगेकामा खुशी व्यक्त गर्दै कम्पनीको स्वस्थ्य जीवनका निम्ति इमानदार भएर आफ्नो सम्पूर्ण क्षमता देशका लागि प्रयोग गर्न आग्रह गर्नुभयो ।

वार्षिकोत्सवस्थलमा कम्पनीमा क्रियाशील एक कर्मचारी युनियनले विरोध जनाएकामा असन्तोष व्यक्त गर्दै मन्त्री बाँस्कोटाले प्रश्न गर्दै भन्नुभयो, “आमाको जन्मदिनका दिन मङ्गलधुन बजाउने कि शोकधुन बजाउने ? यो त गाईजात्रा देखियो । पञ्चायतको टालोजस्तो पहेँलो टालो बाँधेर विरोध गरिनु कुनै बहादुरी होइन, निराशाको सन्देश हो ।

मन्त्री बाँस्कोटाले लोकसेवा आयोगमा पुगेपछि टेलिकमको कर्मचारी विनियमावली आउने भएकाले विरोधका नाममा राजनीति नगर्न र राजनीति गर्नु छ भने पार्टी कार्यालयतिर जान सुझाव दिनुभयो । उहाँले भन्नुभयो, “अहिले सरकारले यो संस्थालाई कान्छा छोरा, छोरीजस्तै माया गरेको छ, यो बेलामा पनि उँभो लाग्न सकेन भने यो संस्था आफ्नो मलामी आफँै जान्छ । हामी यस्ता गाईजात्रा पन्छाउँदै देशको विकासमा लाग्नेछौँ ।”

विरोध प्रदर्शन गर्ने कर्मचारीप्रति कडा शैलीमा प्रस्तुत हुँदै मन्त्री बाँस्कोटाले भन्नुभयो, “रचनात्मक सुझावहरु ग्रहण गरिन्छ तर राजनीतिका लागि राजनीति सह्य हुन सक्दैन । अनुशासन र नियममा रहनुस् । अन्यथा यसको हिसाबकिताब राम्रैसँग राखिनेछ । चुनौती सम्झिए चुनौती सम्झिनुस् । राजनीतिका लागि राजनीति गर्ने विध्वांशात्मक विरोधलाई म पराजित गर्छु ।” असन्तुष्ट कर्मचारीलाई मन्त्री बाँस्कोटाको प्रश्न थियो, “के देशभरि फोरजी सेवा जानु हुँदैनथ्यो ? त्यसकारण तपार्ईंहरु दुःखी हुनुभयो ? संस्थाको छवि माथि जान लागेको हो भनेर चिन्ता लागेको हो ?”

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव दीपक सुवेदीलगायत सहभागी कार्यक्रममा उहाँले देशकै समृद्धिको कुरा गरेर हिँडेको सरकार दुई–चारजनाको विरोधबाट नहच्किने र गाईजात्रा पन्छाउँदै देशको समृद्धितर्फ अघि बढ्छ ।”

कम्पनीका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले देशका ७७ वटै जिल्लामा हालै फोरजी सेवा सञ्चालन गरेको, सूचना प्रविधि महामार्ग निर्माणको काम भइरहेको र राष्ट्र निर्माणमा सञ्चार क्षेत्रबाट अग्रणी भूमिका निर्वाह गरेको बताउनुभयो ।

कार्यक्रममा टेलिकमको वार्षिकोत्सवसँग सम्बन्धित स्मारिका विमोचन गरिएको थियो भने विभिन्न सेवा र विधामा उत्कृष्ट सेवा प्रदायक र कर्मचारीलाई पुरस्कृत गरिएको थियो ।

कर्मचारी युनियनको प्रदर्शन

कम्पनीमा क्रियाशील नेपाल टेलिकम वकर्स युनियनले कम्पनी व्यवस्थाले पर्याप्त नाफा वृद्धि गर्न नसकेको र कर्मचारीको वृत्ति विकासका काममा प्राथमिकता नदिएको भन्दै कार्यक्रमस्थलमा आफ्ना मागसहितको प्ले कार्ड भिरेर विरोध गरेको छ । सो युनियनका वाग्मती प्रदेशका अध्यक्ष अच्युतकुमार ओझाले ट्रेड युनियन अधिकारको रक्षाका लागि आफूहरुले शान्तिपूर्ण खबरदारी गरेको बताउनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

उत्साहपुर्वक मतदान अर्घाखाँचीमा
उत्साहपुर्वक मतदान अर्घाखाँचीमा
सङ्गीतकार सि.एल शर्माको ‘शितल शितल’मा प्रिन्स र मल्लिका
सङ्गीतकार सि.एल शर्माको ‘शितल शितल’मा प्रिन्स र मल्लिका
सामाजिक सञ्जाल र पत्रपत्रिका तथा अनलाइनहरूमा मेराविरुद्ध क्यापेनिङ नै भयो: वामदेव गौतम
सामाजिक सञ्जाल र पत्रपत्रिका तथा अनलाइनहरूमा मेराविरुद्ध क्यापेनिङ नै भयो: वामदेव गौतम
प्रधानमन्त्री अाेली नेपाली कांग्रेसका पूर्वमन्त्रीका ‘फ्यान’,
प्रधानमन्त्री अाेली नेपाली कांग्रेसका पूर्वमन्त्रीका ‘फ्यान’,
मत पत्रमा दलीय रोलक्रमः ‘सूर्य’ पहिलो, ‘रूख’ दोस्रो
मत पत्रमा दलीय रोलक्रमः ‘सूर्य’ पहिलो, ‘रूख’ दोस्रो
लैङ्गिक हिंसाविरुद्धको कानून कार्यान्वयनमा जोड दिइनेः मन्त्री थापा
लैङ्गिक हिंसाविरुद्धको कानून कार्यान्वयनमा जोड दिइनेः मन्त्री थापा
प्रधानमन्त्री ओलीले आयोगको कार्यक्रम बहिस्कार गर्छु भनेपछि…
प्रधानमन्त्री ओलीले आयोगको कार्यक्रम बहिस्कार गर्छु भनेपछि…
ढाकाकुमार श्रेष्ठको रिट न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासमा
ढाकाकुमार श्रेष्ठको रिट न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासमा
आजको राशीफल
आजको राशीफल
ट्रम्पद्वारा अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार बर्खास्त
ट्रम्पद्वारा अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार बर्खास्त

तपाईंले छुटाउनुभयो कि?