फूलपातीबाट नेपाली बक्सअफिसमा त्रिपक्षीय भिडन्त

Shikharkhabar Shikharkhabar
|
बुधबार, आश्विन २३, २०८१
|
|
२८ पटक हेरिएको
Shares
फूलपातीबाट नेपाली बक्सअफिसमा त्रिपक्षीय भिडन्त

सारांश

  • काठमाडौं।
  • दशैको फूलपातीबाट तीन नेपाली फिल्म ‘ज्वाइँ साब’, ‘१२ गाउँ’ र ‘छक्का पञ्जा ५’ एकसाथ प्रदर्शनमा आउने भएका छन्।
  • ठूला तीन फिल्मको भिडन्तले नेपाली बक्स अफिसलाई रोमाञ्चक बनाउने भएको छ।

काठमाडौं। दशैको फूलपातीबाट तीन नेपाली फिल्म ‘ज्वाइँ साब’, ‘१२ गाउँ’ र ‘छक्का पञ्जा ५’ एकसाथ प्रदर्शनमा आउने भएका छन्। ठूला तीन फिल्मको भिडन्तले नेपाली बक्स अफिसलाई रोमाञ्चक बनाउने भएको छ।

सोमबारबाट यी तिनै फिल्मको मल्टीप्लेक्सहरुमा अग्रिम बुकिङ खुला भैसकेको छ। मल्टीप्लेक्सहरुमा सुपरहिट सिरिज‘छक्का पञ्जा ५’ अन्य दुई फिल्मभन्दा धेरै शोज पाएको छ।

देशकै ठूलो मल्टीप्लेक्स चेन क्यूएफएक्सले ‘छक्का पञ्जा ५’ लाई कूल ९० शोज दिएको छ। यस्तै, काठमाडौंका आईएनआई, वान् सिनेमाज्, बिग मुभिज, बिएसआर मुभिज्, एफक्यूब, रञ्जना सिनेप्लेक्ससहित उपत्यकाबाहिरका मल्टीप्लेक्सहरुले पनि ‘छक्का पञ्जा ५’लाई उच्च प्राथमिकतामा राखेका छन्।

देशभर ‘छक्का पञ्जा ५’ पहिलो दिन करिब ३ सय शोज पाउने सम्भावना दिएको छ। त्यसपछि भने फिल्मप्रति दर्शकको प्रतिक्रियाका आधारमा शोज तय हुने छ।

त्यसै विराज भट्टको फिल्म ‘१२ गाउँ’ ले क्यूएफएक्स चेनमा ५३ शोज पाएको छ। यस फिल्मले सबै गरेर पहिलो दिन डेढ सयको हाराहारीमा शोज पाउने देखिएको छ। फिल्मको ट्रेलरले दर्शकमा निकै राम्रो उत्साह देखाएको छ भने फिल्मको एड्भान्स बुकिङ पनि राम्रो रहेको छ।

त्यसैगरी जितु नेपालको फिल्म ‘ज्वाइँ साब’ पहिलो दिन देशभर सयको हाराहारीमा शोज पाउने भएको छ। क्यूएफएक्सले फिल्मलाई ४० शोज दिएको छ। त्यस्तै घटस्थापनाबाट रिलिज भएको‘बेहुली फ्रम मेघौली’ को भने फूलपातीबाट शोज कम हुने देखिएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?