पेट्रोलपम्पमा यसरी भइरहेछ कालोबजारी
सारांश
- काठमाडौं, ७ असोज ।
- इन्धन अभावको मौका छोपेर काठमाडौंका पेट्रोल पम्पले कालोबजारी गरेको खुलेको छ ।
- काठमाडौको सुकेधारास्थित राजधानी आयल नामक पेट्रोल पम्पले इन्धन कालोबजारी गरेको छ ।
काठमाडौं, ७ असोज । इन्धन अभावको मौका छोपेर काठमाडौंका पेट्रोल पम्पले कालोबजारी गरेको खुलेको छ । काठमाडौको सुकेधारास्थित राजधानी आयल नामक पेट्रोल पम्पले इन्धन कालोबजारी गरेको छ । सो पम्पका ञ्चालककै संलग्नतामा इन्धन अभावको समयमा लाइनमा बसेकालाई इन्धन नदिई बढि मूल्य लिई भाँडोमा भरेर बिक्री गरिएको तथ्य फेला परेको हो। सरकारले कोटा तोकेर इन्धन भर्न दिएको निर्देशन अवज्ञा गर्दै करिब दुई हजार लिटर पेट्रोल बढि मूल्य लिई भाँडोमा भरेर बिक्री वितरण गरिएको छ ।
शुक्रबार राति अबेर थानकोटबाट इन्धन लिएर गएको सो पम्पले शनिबार विहानैदेखि इन्धन वितरण सुरु गरेको थियो । सो क्रममा आफ्ना चिनेजानेकालाई मात्रै इन्धन वितरण गरिएको लाइन बसेका पीडितले आरोप लगाएका छन् । पम्पका सञ्चालककै मिलेमतोमा खुलेआम भाँडोमा इन्धन भरेको फेला परेपछि लाइन बसेका पीडितहरुले प्रहरी बोलाएका थिए । करिब ८ः३० बजे प्रहरी आएपछि मात्रै तस्करी रोकिएको प्रत्यक्षदर्शीले बताए । अभावको समयमा इन्धन तस्करी गर्नेलाई सरकारले कालोबजारी ऐन अन्तर्गत कारवाही गर्न सक्ने व्यवस्था छ ।
(दृष्टि साप्ताहिकबाट)
प्रतिक्रिया