लापरवाहीले दुर्घटना

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, माघ २४, २०७६
|
|
४० पटक हेरिएको
Shares
लापरवाहीले दुर्घटना

सारांश

  • तीन जनाको ज्यान जाने गरी तमानखोला गाउँपालिका–३ बुलबुलेमा बिहीबार साँझ भएको ट्र्याक्टर दुर्घटना लापरवाहीका कारण भएको पाइएको छ ।
  • ग १ त ५७६२ नम्बरको ट्र्याक्टर म्याग्दीको मालिका गाउँपालिका–२ बाट तमानखोला गाउँपालिका–१ बोङ्गादोभान जाने क्रममा दुर्घटनामा परेको थियो ।
  • ट्र्याक्टरमा मालिकाका प्रताप पुनको बिहेमा हिँडेका ३५ जन्ती सवार थिए ।

तीन जनाको ज्यान जाने गरी तमानखोला गाउँपालिका–३ बुलबुलेमा बिहीबार साँझ भएको ट्र्याक्टर दुर्घटना लापरवाहीका कारण भएको पाइएको छ ।

ग १ त ५७६२ नम्बरको ट्र्याक्टर म्याग्दीको मालिका गाउँपालिका–२ बाट तमानखोला गाउँपालिका–१ बोङ्गादोभान जाने क्रममा दुर्घटनामा परेको थियो । ट्र्याक्टरमा मालिकाका प्रताप पुनको बिहेमा हिँडेका ३५ जन्ती सवार थिए ।

कच्ची सडकमा ट्र्याक्टरमा जन्ती बोकेर चालकले कमजोरी गरेको बागलुङका प्रहरी उपरीक्षक नवराज भट्टले बताउनुभयो । “चालक, यात्रु दुवै पक्षको लापरवाही देखिन्छ”, उहाँले भन्नुभयो, “सामान्य सजगता पनि अपनाएको पाइएन ।” प्रहरीले चालक ३५ वर्षीय रमेश घर्तीलाई नियन्त्रणमा लिई दुर्घटनाबारे थप अनुसन्धान गरिरहेको छ ।

पैदल जान गाह्रो भएपछि कुखुराको दाना लिन हिँडेको ट्र्याक्टरमा जन्ती चढेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । ट्र्याक्टर दुर्घटना हुँदा मालिका गाउँपालिका–२ का २१ वर्षीया रीता पुन, ५२ वर्षीया मनकुमारी पुन र ५७ वर्षीय ओमप्रकाश पुनको मृत्यु भएको थियो ।

ट्र्याक्टर सडकदेखि करिब ५० मिटर तल खसी दुर्घटनाग्रस्त भएको थियो । दुर्घटनाका तीन गम्भीर घाइतेलाई उद्धार गरी बिहीबार साँझ बुर्तिवाङस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याइएको थियो । घाइतेमध्ये खगेन्द्र पुनलाई बुटवल, मनप्रसाद पुन र गौमाया पुनलाई थप उपचारको लागि पाल्पा अस्पतालमा पु¥याइएको छ । तीनै जनाको अवस्था खतरामुक्त रहेको जनाइएको छ ।

बाँकी सात जना सामान्य घाइते तमानखोला स्वास्थ्यचौकीमै उपचार गरेर घर फर्केका छन् । मृतकको शव परीक्षणपछि आज परिवारले बुझेको बुर्तिवाङ इलाका प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक रिनबहादुर बैदवारले जानकारी दिनुभयो । दुर्घटना भएलगत्तै सुरक्षाकर्मी, स्थानीय जनप्रतिनिधि र सर्वसाधारण उद्धारमा खटेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

श्रीमतीसँग झगडा भएपछि १० महिने छोरीलाई बाउले जिउँदै जलाए
श्रीमतीसँग झगडा भएपछि १० महिने छोरीलाई बाउले जिउँदै जलाए
एलपी ग्यासको आपूर्ति नियमित, उपभोक्तालाई आवश्यकताभन्दा बढी सिलिन्डर जगेडा नराख्न सङ्घको आग्रह
एलपी ग्यासको आपूर्ति नियमित, उपभोक्तालाई आवश्यकताभन्दा बढी सिलिन्डर जगेडा नराख्न सङ्घको आग्रह
ताप्लेजुङमा असईसहित ६ जना प्रहरी निलम्बन
ताप्लेजुङमा असईसहित ६ जना प्रहरी निलम्बन
‘हिउँको पृथ्वी यात्रा’ अन्तर्राष्ट्रिय नाट्य महोत्सवमा
‘हिउँको पृथ्वी यात्रा’ अन्तर्राष्ट्रिय नाट्य महोत्सवमा
गायनसङ्गीतमा उज्यालो भविष्य छ ः सदस्य सचिव तमोट
गायनसङ्गीतमा उज्यालो भविष्य छ ः सदस्य सचिव तमोट
भारी वर्षाले मतदान प्रभावित
भारी वर्षाले मतदान प्रभावित
“गोविन्द केसीसँगको सम्झौता पालना नगर्ने हो भने प्रधानमन्त्री ओलीले राजिनामा दिनुपर्छ”
“गोविन्द केसीसँगको सम्झौता पालना नगर्ने हो भने प्रधानमन्त्री ओलीले राजिनामा दिनुपर्छ”
पुवाँर खड्का सेवा समाज उदयपुरको साधारण सभा सम्पन्न
पुवाँर खड्का सेवा समाज उदयपुरको साधारण सभा सम्पन्न
भारतीय पूर्व विदेश सचिवको चेतावनीः सीमा विवादलाई राजनीतिकरण गरे नेपालका राजनीतिक दललाई खतरा
भारतीय पूर्व विदेश सचिवको चेतावनीः सीमा विवादलाई राजनीतिकरण गरे नेपालका राजनीतिक दललाई खतरा
गोदावरी खोला सरसफाई अभियानको १७ औं हप्तामा धान रोपेर उल्लास
गोदावरी खोला सरसफाई अभियानको १७ औं हप्तामा धान रोपेर उल्लास