पोखरा लेखनाथ महानगरपालिकालाई साउन १ गतेदेखि ‘हर्न निषेधित’ क्षेत्र बनाइने

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आषाढ १६, २०७४
|
|
२२ पटक हेरिएको
Shares
पोखरा लेखनाथ महानगरपालिकालाई साउन १ गतेदेखि ‘हर्न निषेधित’ क्षेत्र बनाइने

सारांश

  • पोखरा लेखनाथ महानगरपालिकालाई आगामी साउन १ गतेदेखि ‘हर्न निषेधित’ क्षेत्र बनाइने भएको छ ।
  • महानगर कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा प्रमुख मानबहादुर जिसीले यस नगरपालिकालाई ध्वनी प्रदूषणबाट मुक्त गर्ने योजनाअनुरुप हर्न निषेधित क्षेत्र बनाउन लागिएको जानकारी दिनुभयो ।
  • ट्राफिक कार्यालयले निर्धारण गरेको स्थानलाई समेटेर हर्न निषेधित योजना तयार पारिएको जानकारी दिँदै उहाँले यसको सफताका लागि सबै पक्षको सहयोग अपरिहार्य भएको बताउनुभयो ।

पोखरा लेखनाथ महानगरपालिकालाई आगामी साउन १ गतेदेखि ‘हर्न निषेधित’ क्षेत्र बनाइने भएको छ । महानगर कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा प्रमुख मानबहादुर जिसीले यस नगरपालिकालाई ध्वनी प्रदूषणबाट मुक्त गर्ने योजनाअनुरुप हर्न निषेधित क्षेत्र बनाउन लागिएको जानकारी दिनुभयो ।

ट्राफिक कार्यालयले निर्धारण गरेको स्थानलाई समेटेर हर्न निषेधित योजना तयार पारिएको जानकारी दिँदै उहाँले यसको सफताका लागि सबै पक्षको सहयोग अपरिहार्य भएको बताउनुभयो । “महानगरलाई कुरुप बनाउने सडकमा रहेका विद्युत्, टेलिफोन र विभिन्न केबुलका पोल र तारलाई क्रमिकरुपमा व्यवस्थित गरिने छ, उहाँले भन्नुभयो, “पहिलोचरणमा पोखराको मुख्य बजार महेन्द्रपुल, पृथ्वीचोक र लेकसाइडबाट काम थाल्ने सोच बनाएका छौं ।”

उहाँका अनुसार राजमार्गबाहेक महानगरभित्र रहेको २७ किलोमिटर पक्की सडक यही असार महिनाभित्र मर्मत गरिने छ भने सहरका विभिन्न चोकमा रहेका आइल्यान्डलाई निकट भविष्यमा पाँच फिटको बनाएर सडकलाई फराकिलो बनाइने योजना छ । सहरमा पशुचौपाया छाडा छोड्ने प्रवृत्तिले समस्या आएकाले यसको तत्काल नियन्त्रणका लागि पहल गरिने उहाँले बताउनुभयो ।

स्थानीय निकायलाई दिएको अधिकार भित्र रहेर भौतिक संरचना तयार पार्ने र महानगरलाई स्मार्ट सिटी घोषणा गर्ने चर्चा गँर्दै उहाँले यसका लागि सञ्चार माध्यमले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो । श्रमजीवी पत्रकारका हक हितका लागि पनि महानगरका तर्फबाट केही सहयोग गर्ने सोच बनाइएको पनि नगरप्रमुख जिसीको भनाइ थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ओलीलाई सात दिनको समय, स्थायी कमिटी २८ गते बस्ने गरी स्थगित
ओलीलाई सात दिनको समय, स्थायी कमिटी २८ गते बस्ने गरी स्थगित
आजको राशिफल
आजको राशिफल
नेपाल बौद्ध संघको तेस्रो वार्षिकोत्सव सम्पन्न
नेपाल बौद्ध संघको तेस्रो वार्षिकोत्सव सम्पन्न
छात्रालाई जिउँदै जलाउने १६ जनालाई बाङ्ग्लादेशमा मृत्युदण्डको फैसला
छात्रालाई जिउँदै जलाउने १६ जनालाई बाङ्ग्लादेशमा मृत्युदण्डको फैसला
म केही महिनाभित्र मर्न सक्छु, मसंग केही शब्द छैनन्, केही माग छैन, केही प्रार्थना पनि छैन: अभिनेता इरफान खान
म केही महिनाभित्र मर्न सक्छु, मसंग केही शब्द छैनन्, केही माग छैन, केही प्रार्थना पनि छैन: अभिनेता इरफान खान
कटरिनाले किन भनिन् ‘सलमान खान असाध्यै राम्रा मान्छे हुन्’
कटरिनाले किन भनिन् ‘सलमान खान असाध्यै राम्रा मान्छे हुन्’
काठमाडौँ र ललितपुरमा राप्रपा र एमालेबीच चुनावी तालमेल : राप्रपा प्रवक्ता – Nepali Online News Media -shikharnews.com
विश्वकप क्रिकेट लिगको पहिलो शृङ्खला नेपालमा हुने
विश्वकप क्रिकेट लिगको पहिलो शृङ्खला नेपालमा हुने
लालबाबु पण्डितका अगाडि टिक्ला त कोईरालाको विरासत ?
लालबाबु पण्डितका अगाडि टिक्ला त कोईरालाको विरासत ?
सबै कम्युनिष्टलाई एक बनाउने मिसन अझै बाँकीः प्रचण्ड
सबै कम्युनिष्टलाई एक बनाउने मिसन अझै बाँकीः प्रचण्ड

तपाईंले छुटाउनुभयो कि?