गाउँघर पनि प्रदूषणको चपेटामा

Shikharkhabar Shikharkhabar
|
बुधबार, बैशाख ६, २०८०
|
|
१९ पटक हेरिएको
Shares
गाउँघर पनि प्रदूषणको चपेटामा

सारांश

  • गलेश्वर ।
  • वसन्त ऋतुको सौन्दर्यमा रमाउन र मधेशको गर्मी छल्न १४ जना साथीसहित म्याग्दीको पुनहिल पुगेका नवलपुर अमरापुरीका सुन्दर सापकोटाले न हिमाल हेर्न पाए न त वनैभरि फूलेका विभिन्न प्रजातिका लालीगुराँस हेर्दै रमाउन ।
  • घोडेपानी, पुनहिललगायत म्याग्दीका पर्यटकीयस्थलको भ्रमणका लागि एक साताको बिदा लिएर म्याग्दी आएका सापकोटा र उनका साथीले प्रकृतिको दृश्यावलोकन गर्न त पाउनु भएन नै आँखा र टाउको दुख्ने, आँखाबाट आँशु र नाकबाट पानी बग्ने शारीरिक समस्याले समेत ग्रस्त भए ।

गलेश्वर । वसन्त ऋतुको सौन्दर्यमा रमाउन र मधेशको गर्मी छल्न १४ जना साथीसहित म्याग्दीको पुनहिल पुगेका नवलपुर अमरापुरीका सुन्दर सापकोटाले न हिमाल हेर्न पाए न त वनैभरि फूलेका विभिन्न प्रजातिका लालीगुराँस हेर्दै रमाउन ।

घोडेपानी, पुनहिललगायत म्याग्दीका पर्यटकीयस्थलको भ्रमणका लागि एक साताको बिदा लिएर म्याग्दी आएका सापकोटा र उनका साथीले प्रकृतिको दृश्यावलोकन गर्न त पाउनु भएन नै आँखा र टाउको दुख्ने, आँखाबाट आँशु र नाकबाट पानी बग्ने शारीरिक समस्याले समेत ग्रस्त भए ।

म्याग्दीका ग्रामीण क्षेत्रमासमेत तुवाँलोले प्रदूषण बढाएपछि वसन्तको मौसममा ग्रामीण क्षेत्रमा पुगेका पर्यटक र स्थानीयवासीको दैनिकीसमेत प्रभावित बनेको छ ।

वायुप्रदूषण र मौसम परिवर्तनका कारण आँखा र नाक पोल्ने, घाँटी दुख्ने, रुघा लाग्ने, ज्वरो आउने जस्ता समस्या देखिन थालेपछि हिउँदेबाली थन्काउने, मकै गोड्ने लगायतका काम छोडेर स्थानीय बासिन्दा स्वास्थ्य संस्था धाउन थालेका छन् । म्याग्दीका पर्यटकीयस्थलमा घुम्न गएका आन्तरिक तथा बाह्य पर्यटक पनि बसाइँ छोट्याएर फर्किन थालेका पर्यटन व्यवसायीले बताएका छन् ।

मङ्गलबार म्याग्दीको बेनी नगरपालिका–३ मा पर्ने पर्यटकीयस्थल बेलढुङ्गा घुम्न आउनुभएका बागलुङ रामरेखाका सतिश घर्तीले तुवाँलोका कारण बेलढुङ्गाबाट नजिकको स्वर्गाश्रम, म्याग्दी नदी, हिमाल र बेनी बजारको दृश्यसमेत देख्न नपाएको बताए । “प्रदूषण सहरमा मात्रै होइन ग्रामीण क्षेत्र र वन जङ्गलमासमेत फैलिइसकेछ, हिमाल पनि प्रदूषणले ढाकिदिएछ , प्रकृति पनि तुवाँलोले छेकिदिएछ”, घर्तीले भने ।

आकाश तुवाँलोले भरिएपछि घाम पनि छेकिएको छ । करिब एक किलोमिटरको दूरीका गाउँसमेत देख्न मुस्किल छ । समुद्री सतहदेखि दुई हजार ६ सय १४ मिटर उचाइमा रहेको बेलढुङ्गाबाट विगत एक सातायता न हिमाल देख्न पाइएको छ न प्राकृतिक सौन्दर्य नै । म्याग्दी र छिमेकी जिल्ला पर्वत तथा बागलुङका विभिन्न ठाउँमा लागेको डढेलोका कारण जिल्लाका ग्रामीण बस्तीसमेत प्रदूषणको चपेटामा परेका बेनी नगरपालिका–२ का वडाअध्यक्ष यामबहादुर कार्कीले बताए ।

डिभिजन वन कार्यालय म्याग्दीका अनुसार वन जङ्गलमा लागेको डढेलोबाट निक्लेको धुवाँले सदरमुकाम बेनीसहित जिल्लाका ग्रामीण भेगमासमेत प्रदूषण बढेको छ ।

बेनी नगरपालिका–३ भकिम्लीको गजुरे सामुदायिक वनमा आइतबार बिहानदेखि लागेको आगो नियन्त्रणमा आइसकेको भए पनि निक्लेको धुँवाले भने वरपरका बस्ती अझै छोपेको छ । वनभित्र ढलेका ठूला रुखका मुढा, रुखमा सल्केको आगो भने अझै देखिन्छ  ।

डढेलोले भकिम्लीका करिब २५ हेक्टर क्षेत्रफलको वन क्षेत्रमा क्षति पुगेको छ । वैशाख लागेसँगै डढेलोमा म्याग्दीको करिब ७० हेक्टर वन क्षेत्रमा क्षति पु–याएको डिभिजन वन कार्यालय म्याग्दीका प्रमुख मनोज रानाभाटले बताए ।

सदरमुकाम वरपरका सामुदायिक वनमा मात्र होइन, माथिल्लो क्षेत्रका राष्ट्रिय वन तथा संरक्षण क्षेत्रका वनमा डढेलो लागेकाले ग्रामीण क्षेत्रमासमेत प्रदूषण बढेको उनको भनाइ छ ।

बढ्दो खडेरीका कारण हिमालमुनिका बुट्यानमासमेत दैनिक डढेलो लागिरहेको छ । कार्यालयका सहायक वन अधिकृत नरबहादुर क्षेत्री खडेरीले गर्दा राष्ट्रिय वनमा दैनिक डढेलो लागिरहेको बताए । बस्तीदेखि धेरै टाढा हिमालमुनिको जङ्गलमा डढेलो लागेकोले चासो कम क्षति बढी भइरहेको उनको भनाइ छ ।

गतवर्ष तीन सय ४१ हेक्टर वन क्षेत्रमा डढेलो लागेको कार्यालयले जनाएको छ । जिल्लाको दुई लाख २९ हजार सात सय ६ हेक्टर क्षेत्रफल छ । त्यसमा ३६.७६ प्रतिशत वन, १.८५ झाडी, २१.२७ प्रतिशत चरन क्षेत्रले ओगटेको छ । ढोरपाटन सिकार आरक्षले एक हजार दुई सय ६० हेक्टर, एक्यापले तीन हजार सात सय ५३ हेक्टर वन क्षेत्र ओगटेको छ  ।

वन कार्यालयले व्यवस्थापन गर्ने ७९ हजार चार सय ३९ हेक्टर वनमध्ये २४ हजार दुई सय दुई हेक्टर वन छन् । जसमा तीन सय १० वटा सामुदायिक वन उपभोक्ता समूहमार्फत व्यवस्थापन हुँदै आएको छ  । यी वन क्षेत्र हिउँदमा डढेलो र वर्षामा भुस्खलनका साथै सडक विस्तारको बहानामा फँडानीको सिकार बन्दै आएका छन् ।

वनमा लागेको डढेलोले उत्पन्न प्रदूषणका कारण मानव स्वास्थ्यमा नकारात्मक असर पर्दै गएको बेनी अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा शङ्कर लामिछानेले बताए । उनका अनुसार दैनिक तीन सय बढी बिरामी आउने गरेको अस्पतालमा अधिकांश रुघाखोकी, एलर्जी, दमलगायत श्वासप्रश्वास तथा निमोनियका बिरामी रहेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

डेढ सय महिला–बालबालिका हराए
डेढ सय महिला–बालबालिका हराए
कृषि उत्पादनको बजार व्यवस्थापन सरकारले गर्छ:  मुख्यमन्त्री शाही
कृषि उत्पादनको बजार व्यवस्थापन सरकारले गर्छ: मुख्यमन्त्री शाही
फेरि अघोषित लोडसेडिङ
फेरि अघोषित लोडसेडिङ
उत्तर कोरियामा रातो रङ्ग ‘पूँजीवादको प्रतिक’, रातो लाली लाउन बन्देज
उत्तर कोरियामा रातो रङ्ग ‘पूँजीवादको प्रतिक’, रातो लाली लाउन बन्देज
सङ्कटग्रस्त लेबनानको केन्द्रीय बैंकका प्रमुखद्वारा राजिनामा
सङ्कटग्रस्त लेबनानको केन्द्रीय बैंकका प्रमुखद्वारा राजिनामा
मोदीसहित भाजपाका नेताले ट्वीटरमा नाम फेरे, नयाँ नाम ‘चौकीदार नरेन्द्र मोदी’
मोदीसहित भाजपाका नेताले ट्वीटरमा नाम फेरे, नयाँ नाम ‘चौकीदार नरेन्द्र मोदी’
पाँचखालमा लिच्छवीकालीन संरचनाका भग्नावशेष
पाँचखालमा लिच्छवीकालीन संरचनाका भग्नावशेष
समृद्धि र विकासको आकाङ्क्षा पूरा गर्न तीनै तहका सरकार प्रतिबद्ध भएर लाग्ने राष्ट्रपतिको विश्वास (पूर्णपाठ)
समृद्धि र विकासको आकाङ्क्षा पूरा गर्न तीनै तहका सरकार प्रतिबद्ध भएर लाग्ने राष्ट्रपतिको विश्वास (पूर्णपाठ)
विश्वासको मतका लागि पेस भएको प्रस्तावमाथि निर्णय प्रक्रिया सुरु
विश्वासको मतका लागि पेस भएको प्रस्तावमाथि निर्णय प्रक्रिया सुरु
ओली–प्रचण्डबीच भेटवार्ता सम्पन्न, प्रदेश सरकार र राष्ट्रिय सभामा कुरा मिल्यो
ओली–प्रचण्डबीच भेटवार्ता सम्पन्न, प्रदेश सरकार र राष्ट्रिय सभामा कुरा मिल्यो

तपाईंले छुटाउनुभयो कि?