‘छोरीहरुका लागि बाबुहरु मेरुदण्डजस्तो हुनुपर्छ’

Shikharkhabar Shikharkhabar
|
शनिबार, पौष ७, २०८०
|
|
३७ पटक हेरिएको
Shares
‘छोरीहरुका लागि बाबुहरु मेरुदण्डजस्तो हुनुपर्छ’

सारांश

  • ‘मिस नेपाल-२०१२’की सेकेण्ड रनरअप शुभेक्षा खड्काको बुझाइ हो यो।
  • बाबु छोरीका लागि हौसला हुँदा एउटी छोरीले सपना देख्नेमात्र होइन साकार बनाउन सक्छिन् ।
  • नेपाली बाबुहरुले आफ्ना छोरीहरुको अध्ययनमा लगानी गरिदिए उनीहरु आत्मनिर्भर भएर स्वाभिमानी जीवन बाँच्न पाउने उनको बुझाइ छ।

‘मिस नेपाल-२०१२’की सेकेण्ड रनरअप शुभेक्षा खड्काको बुझाइ हो यो। बाबु छोरीका लागि हौसला हुँदा एउटी छोरीले सपना देख्नेमात्र होइन साकार बनाउन सक्छिन् ।

नेपाली बाबुहरुले आफ्ना छोरीहरुको अध्ययनमा लगानी गरिदिए उनीहरु आत्मनिर्भर भएर स्वाभिमानी जीवन बाँच्न पाउने उनको बुझाइ छ। आत्मनिर्भर भएपछि खुम्चिन पर्दैन। आफ्नो आगामी फिल्म ‘चित्रा’का बारेमा गफ्फिदा उनले यस्तो बताएकी हुन्।

बाबुछोरीको सम्बन्धको कथा भन्ने यो सिनेमामा आफू महत्वपूर्ण भूमिकामा रहेको उनको भनाइ छ। फिल्मको विषय सबैका लागि रुचिकर हुने उनी बताउँछिन् । फिल्मलाई लिएर आशावादी उनीसँग गरिएको भलाकुसारी यस्तो छ –

अभिनेत्री शुभेक्षा खड्काले ‘चित्रा’मा अभिनय गरेको पात्र कस्तो हो?

यो एउटा फ्रेस पात्र हो जसले सिनेमामा रमाइलो ल्याउने काम गर्छ, जुन बाबुछोरीको कथा देखाउन खोजिएको छ त्यसमा ‘मसला’को काम गरेको छ । हेर्दा सरल पात्र तर ट्विस्ट लेराउने पात्रका रुपमा फिल्ममा मलाई पाउन सकिन्छ।

यसरी ट्विस्ट र मसला बनेको पात्रलाई आफूले कतिको न्याय गरेछु भनेर पाउनुभयो ?

मैले दुई वटा फिल्म गरिसकें र इमानदारिताका साथ भन्नु पर्दा ‘चित्रा’माचाँहि सुटिङका दिनहरु कम भएपनि राम्रो भूमिकामा गरेकाले खुशी थिएं। अहिले डबिङमा हेर्दा मैले राम्रो गरेको रहेछु भनेर झनै खुशी भएकी छु।

फिल्महरुमा तपाईं कस्तो खाले भूमिकाको पर्खाइमा हुनुहुन्छ?

यस्तो खालको भन्ने छैन तर नयाँ खाले कथा होस्, त्यसमा मेरो मात्रै भूमिका राम्रो होइन कि संमग्रमा नै राम्रो कथा बोकेको फिल्म होस् भन्ने मेरो चाहाना छ। एउटा यस्तो कथा जहाँ दर्शकले फिल्म हेरेर घर पुगिसकेपछि पनि त्यसले दिएको मनोरञ्जनको स्वाद स्मरणीय रहिराखोस् । भूमिका जस्तोसुकै होस् तर दमदार कथा भएको फिल्म होस् ।

‘चित्रा’बाट तपाईंको अपेक्षा के हो?

हामीले प्रेमकथाहरु हेर्दै आइरहेका छौं। अहिले सामाजिक कथामाथि पनि फिल्महरु आइराखेकै छन् । त्यसमा ‘चित्रा’चाँहि पारिवारिक कथा हो, जसले बाबुछोरीको कथा देखाउँछ। मैले पर्दामा बाबुछोरीमाथि नै केन्द्रित भएर बनेको फिल्म नदेखेको धेरै भयो। यसले गर्दा पनि यो फिल्मबाट दर्शकले नयाँ स्वाद पाउनुहुन्छ।

बाबुछोरीको सम्बन्धलाई तपाईं आफू कसरी हेर्नुहुन्छ?

बुबाहरुको साथ छोरीहरुलाई भयो भने त्यो मेरुदण्डका रुपमा नै हुन्छ। आमाले त माया गर्नु नै हुन्छ तर बुबाहरुचाँहि भावनात्मक रुपमा कम उपलब्ध हुन्छन् भनिन्छ। तर उहाँहरुले छोरीको जीवनमा जस्तै पढाइसँगै करियरका हिसाबले सहयोगी हुँदाचाँहि एकदमै ठूलै र महत्वपूर्ण हुनजान्छ, त्यो छोरी अर्कै हुन्छे ।

तपाईंको आफ्नो जीवनमाचाँहि बुबाको भुमिका के छ?

एकदमै सहयोगी। उहाँ त मलाई सुरुसुरुमा यो क्षेत्रमा आएर राम्रो राम्रो फिल्म खेल्नुपर्छ भनेर प्रेरणा र भरोसा दिने व्यक्ति हो । मेरो हरेक सपनामा सहयोग गर्नुभएको छ।

फिल्मबाहेको केही त्यस्ता सम्झनाहरु छन् जसका लागि तपाईं आफ्नो पितालाई उहाँले यो गर्दिनाले म यहाँ छु भनेर सम्झिराख्नु हुन्छ?

धेरै क्षणहरु छन् । विशेष गरी मिस नेपालमा भाग लिदाको कुरा मेरो सम्झनामा छ । सन् २०१२ मा मिस नेपालमा सहभागी हुँदा म भर्खर १८ वर्ष पुगेकी थिएँ। त्यो समयमा म टेलिभिजनमा काम गर्थे तर पारिश्रमिक त्यस्तो राम्रो थिएन ।

मैले महिनाको ६ हजार कमाउँथे, त्यो पनि समयमा आउँथेन र मसँग कुनै बचत पनि थिएन । मिस नेपालको बेलामा तालिम सत्रहरुमा जाँदा आफूलाई अब्बल देखाउन अलिअलि खर्च गर्नुपर्थ्यो। पहिरन, मेकअप तथा गाडी भाडामा पैसा खर्च हुन्थ्यो ।

मलाई याद छ, उहाँले मलाई सजिलो होस्, गाह्राे नहोस् भनेर हातैमा ठूलो रकम थमाउँदै ल तिमीलाई केमा खर्च गर्नुपर्छ मजाले खर्च गर्नु भनेर दिनुहुँदाचाँहि त्यतिबेला म धेरै भावुक बनेकी थिएF। उहाँको पोस्टिङ त्यतिबेला पोखरा ब्यारेकमा थियो। हातमा पैसा दिएर गएपछि म एकछिन अक्क न बक्क परें। पछि कुद्दै ढोकामा पुगेर अँगालो हाल्न पुगें ।

पछि फिर्ता गर्नुभयो त पैसा?

(हास्दै) त्यही पैसा भनेर त फिर्ता गरिन तर अरु प्रकारले गरें। त्यो बेलाको पैसा बराबरको मूल्य त मैले कहाँ चुकाउन सकूँला र?

नेपाली समाजमा बाबुआमाले छोरीको कमाइ खानु हुँदैन भन्ने छ। यो कुराचाँहि तपाईंलाई कस्तो लाग्छ ?

हामी यस्तो बराबरी र समानताको कुरा गर्छौं, अनि छोरी राम्रो कमाउँछिन् अनि पुर्‍याउनसक्ने अवस्थामा छिन् भने किन परिवारलाई सहयोग नगर्ने? त्यसो भन्नु बाबुआमाको एउटा आत्मस्वाभिमानको कुरा होला तर मिल्छ भने आफ्नो बाबुआमालाई गर्नुपर्छ।

मिस नेपालपछि विभिन्न खाले सामाजिक कामहरु गर्ने सिलसिलामा नेपालका विभिन्न ठाउँहरु पुग्नुभएको छ। आम नेपाली छोरीकहरुको जीवन कस्तो पाउनुभयो? उनीहरुका लागि बाबुहरुले के गर्नुपर्छ जस्तो लाग्छ?

१० वर्ष अगाडिको अवस्था र अहिले त धेरै नै परिवर्तनहरु भएका छन् । समाज र मानिसहरुको मानसिक्तामा राम्रै विकास भएको छ। तर मलाई अझै पनि बुबाहरुले छोरीहरुको पढाइमा लगानी गरिदिनुभयो भने उसले जीवनभर आर्थिकरुपमा जीविकापार्जन गर्न सक्छिन्।

एउटा परिवार धान्न सक्ने गराउनुपर्छ। जब उनी आर्थिक रुपमा स्वावलम्बी भएर कुनै परिवारमा जान्छिन्, त्यहाँ उनले कसैको भर पर्नपर्दैन। अहिले यसो हेर्दा त्यही भर पर्ने अवस्थाले त छोरीहरु कमजोर हुने मुख्य कारण देखिएको छ नि ।

पैसा कमाइदैन, उहाँले कमाउनुभएको छ, खुवाउनुभएको छ, लगाइदिनुभएको छ भनेर खुम्चिने गर्नुपरेको छ। आत्मनिर्भर भएपछि आफ्नो निर्णय गर्नसकियो। त्यसैले बाबुहरुले आफ्ना छोरीहरुको पढाइमा लगानी गर्नुपर्छ।

भोलिका दिनमा तपाईं आमा बनेपछि छोराछोरीलाई लैगिंक समानताको कुनचाँहि कुरा नबिर्सी सिकाउनुहुन्छ?

सानोसानो कामहरु गर्नुपर्छ, छोरीमान्छेले मात्र घरको खाना बनाउने, सफाइको काम गर्ने नभइ छोराले पनि गर्नुपर्छ भनेर सिकाउँदै हुर्काउँने गर्नेछु। अर्को कुरा बाहिर निस्कदा सबैलाई सम्मान गर्नुपर्छ, कसैलाई कुना कुराको आधारमा भेदभाव गर्न हुँदैन भनेर सिकाउँछु।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

५४ करोड पर्ने कचौरा, थाहा नपाउँदा सम्म टेनिस बल राख्थे यी दम्पत्ति
५४ करोड पर्ने कचौरा, थाहा नपाउँदा सम्म टेनिस बल राख्थे यी दम्पत्ति
(युवा संघ)त्रिवेणी गाउँपालिका (का संयोजक बिनाेद थापामाथि सांघातिक अाक्रमण,
(युवा संघ)त्रिवेणी गाउँपालिका (का संयोजक बिनाेद थापामाथि सांघातिक अाक्रमण,
“топ 10 Лучших Онлайн Казино России только Украины На подлинные Деньги
अमेरिकी नयाँ सुरक्षा रणनीति ‘आक्रामक’ : पुटिन
अमेरिकी नयाँ सुरक्षा रणनीति ‘आक्रामक’ : पुटिन
इस्लिङटनले शुरु ग¥यो रोजगारसहितको एमबिए
इस्लिङटनले शुरु ग¥यो रोजगारसहितको एमबिए
जाडो मोसममा  हृदयघातको सम्भावना बढी !
जाडो मोसममा हृदयघातको सम्भावना बढी !
अजय देवगनका पिता तथा चर्चित द्वन्द्व निर्देशक वीरु देवगनको निधन
अजय देवगनका पिता तथा चर्चित द्वन्द्व निर्देशक वीरु देवगनको निधन
नक्कली धितोमा ऋण दिने बैंकका पूर्व सिइओ सहित ११ जना पक्राउ
नक्कली धितोमा ऋण दिने बैंकका पूर्व सिइओ सहित ११ जना पक्राउ
भारतीय सेनाध्यक्ष भन्छन् ‘चीनसँग लड्न नेपाललाई हात लिनु जरुरी छ’
भारतीय सेनाध्यक्ष भन्छन् ‘चीनसँग लड्न नेपाललाई हात लिनु जरुरी छ’
अग्नी सापकोटाले खोले ओली र प्रचण्डबीचको कुरा, यस्तो रहेछ सहमति ?
अग्नी सापकोटाले खोले ओली र प्रचण्डबीचको कुरा, यस्तो रहेछ सहमति ?