पोन्टिङको टोलीमा सन्दिप लामिछाने

Shikharkhabar Shikharkhabar
|
आइतबार, माघ १४, २०७४
|
|
४१ पटक हेरिएको
Shares
पोन्टिङको टोलीमा सन्दिप लामिछाने

सारांश

  • काठमाडौं,१४ माघ ।
  • अस्ट्रेलियाका पुर्व कप्तान रिकी पोन्टिङ प्रशिक्षक रहेको दिल्ली डेयर डेभिल्सले नेपालका युवा स्पिनर सन्दिप लामिछानेलाई इन्डियन प्रिमियर लिग(आईपिएल)का लागि लिएको छ।
  • पोन्टिङ दिल्लीका प्रशिक्षक हुन् ।

काठमाडौं,१४ माघ । अस्ट्रेलियाका पुर्व कप्तान रिकी पोन्टिङ प्रशिक्षक रहेको दिल्ली डेयर डेभिल्सले नेपालका युवा स्पिनर सन्दिप लामिछानेलाई इन्डियन प्रिमियर लिग(आईपिएल)का लागि लिएको छ।

पोन्टिङ दिल्लीका प्रशिक्षक हुन् । अस्ट्रेलियाका अर्का पुर्व कप्तान माइकल क्लार्कले सन्दिपको प्रशंसा गर्दै आएका छन् ।

सन्दिपले क्लार्ककै प्रस्तावमा उनको एकेडेमीमा प्रशिक्षण गर्नुका साथै अस्ट्रेलियन क्लबका लागि पनि केही समय खेलेका थिए ।

अस्ट्रेलियन राष्ट्रिय टोलीमा पोन्टिङ कप्तान रहँदा क्लार्क उपकप्तान थिए । पोन्टिङले सन्याश लिएपछि क्लार्क टोलीको कप्तान थिए ।

सन्दिप आईपिएलको लिलामी हुने खेलाडीको सुचीमा परेपछि क्लार्कले बधाई दिएका थिए ।

आईपिएलको लिलामी सुचीमा पर्ने सन्दिप पहिलो नेपाली खेलाडी पनि हुन् । सन् २००८ देखी सुरु भएको आईपिएलको १० संस्करण सकिदासम्म दिल्ली फाइनलसमेत पुग्‍न सकेको छैन ।

प्रतिक्रिया

2 कमेन्ट

    Comment Author

    Ghanshyam Shrestha

    धेरै धेरै बधाई सन्दिप लामिछानेलाई

    Comment Author

    Rajendra Lamichhane

    ल बदाइ सन्दिप भइ तिमी लाइ

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?